Dictionary

All Word

26751 चेतुवा वि. २. अनुभवी।
26752 चेन ना. धातुका ठोसाका मुन्द्राहरू जोडेर बनाइएको डोरी; जन्जिर, सिक्री, साङ्लो।
26753 चेन्जफेन्ज ना. १. यताको उता र उताको यता पार्ने काम, हेरफेर, अदलीबदली, सारसुर, साटसुट परिवर्तन।
26754 चेन्जफेन्ज ना. २. कर्मचारीहरूको स्थानान्तरण; पजनी; परपजनी।
26755 चेप्नु स.क्रि. कुनै दुइटा वस्तुले बिचको वस्तुलाई दुईतिरबाट बेसरी दाब्नु, करेपमा पार्नु, बेसरी थिच्नु।
26756 चेप ना. १. दुई फग्ल्याँटा वा साहा वस्तुका बिचको ठाउँ, दुलो।
26757 चेप ना. २. दुई बाहुपाशका बिचको भाग, काख।
26758 चेप ना. ३. दुई डाँडाका बिचको ठाउँ खोल्सो, खुँज, खोच।
26759 चेपा ना. १. पूर्वपुरुष, च्याप्ज्यू।
26760 चेपा ना. २. भ्यागुताका फुलबाट भरखर निस्केका बच्चा ; चेपागाँडा।
26761 चेपाइ ना. चेप्ने किसिम वा क्रिया।
26762 चेपाइनु क.क्रि. चेप्ने पारिनु; चेप्न लगाइनु।
26763 चेपाउनु प्रे. क्रि. चेप्न लगाउनु, चेप्ने पार्नु।
26764 चेपागाँडा ना. १. खुट्टा नउम्रिएका भ्यागुताका बच्चा।
26765 चेपागाँडा ना. २. भ्यागुताका चेपा (भर्खर फुल फुटेर निस्किएका ) र गाँडा ( अलिक हुर्किएका बच्चाहरू)।
26766 चेपाङ ना. १. नेपालका तल्ला पहाडी भेकहरूमा आदिकालदेखि बस्तै आएका जनजातिहरूमध्ये एक जाति।
26767 चेपाङ ना. २. भ्यागुतो जस्तै देखिने तर पुच्छर भएको कालो रङको घसेर हिँड्ने प्राणी, भानेमुङ्ग्रो जस्तै जन्तु।
26768 चेपाङ्गी ना. १. चेपाङ जातिको, चेपाङसम्बन्धी। ना.
26769 चेपाङ्गी ना. २. चेपाङको भाषा।
26770 चेपारे वि. १. चिप्लो घसेर आफू साखिलो हुने, लोलोपोतो पार्ने, बेसारे।
26771 चेपारे वि. २. नभएको कुरो पनि हो जस्तो पारेर साखुल्ले हुने वा झुटो प्रशंसा गर्ने, बेसारे, चिल्लोघसुवा। ना.
26772 चेपारे वि. ३. चेपारो।
26773 चेपारे ना. धोक्रोजस्तो गुँड बनाएर बस्ने एक प्रकारको चरो; तोपचरो; धोक्रेचरो; दमाईंचरो; बगेडी।
26774 चेपारो ना. १. साँच्चै हो जस्तो पारी पेस गरिएको झुटो प्रशंसा; बेसारे वचन; चेप्य्राइँ चेपारेपन।
26775 चेपारो ना. २. साह्रै साँघुरो ठाउँ।
26776 चेपाहा वि. १. चेप्ने काम गर्ने; चेप्ने गुण भएको। ना.
26777 चेपाहा वि. २. चेपेर तेल पेल्ने कोल; चेपुवा।
26778 चेपिनु क.क्रि. चेपमा पर्नु, चेपाइमा पर्नु।
26779 चेपिलो वि. चेप भएको; चेप हुने।
26780 चेपुवा ना. १. चेपेर तेल पेल्ने कोल।
26781 चेपुवा ना. २. त्यसरी तेल पेल्ने साधन।
26782 चेपुवा ना. ३. गोरु, बोका, घोडा आदिलाई सुमर्दा आँड चेप्ने साधन।
26783 चेपुवा ना. ४. यताउति गर्न वा बोल्न नसक्ने स्थिति।
26784 चेपुवा ना. ५. तीन इन्च जति लामो सानो टाउको र चेप्टो आकारको सेतो माछो। वि.
26785 चेपुवा ना. ६. चेप्ने काम गर्ने।
26786 चेपुवा कोल ना. चेपेर तेल पेल्ने कोल।
26787 चेपे ना. गोरखा जिल्लाको दुधपोखरीबाट लमजुङ जिल्लाको रागिनासटार हुँदै मर्स्याङदी नदीमा मिल्ने एक नदी।
26788 चेपो ना. दुई वस्तुका माझको खाली ठाउँ, चेप, अन्तरकुन्तर।
26789 चेप्टा वि. चेप्टिएका, सतही।
26790 चेप्टा पात्र ना. परिस्थितिअनुसार नबदलिने, कथा, उपन्यास आदिका पात्र यथास्थितिधर्मी पात्र।
26791 चेप्टिनु ना. चेप्टो हुनु, चेप्टो पर्नु।
26792 चेप्टी वि. १. चेप्टो आकारकी।
26793 चेप्टी वि. २. नेप्टी। ना.
26794 चेप्टी वि. ३. कपाल तह लाउन प्रयोग गरिने चेपुवा काँटी, चेपुवा।
26795 चेप्टी वि. ४. तामाको एक वा दुई पैसाको मुद्रा ढ्याकभन्दा सानो मुद्रा।
26796 चेप्टी मकै ना. चेप्टा दाना लाग्ने एक किसिमको मकै।
26797 चेप्टे वि. १. चेप्टो परेको, चेप्टो आकारको।
26798 चेप्टे वि. २. नेप्टे, थेप्चे। ना.
26799 चेप्टे वि. ३. काठ, लुगा, भित्तो आदिका चेप चेपमा चेप्टिएर बस्ने र मौकामा मान्छेको रगत चुस्ने एक किरो, उडुस।
26800 चेप्टे पाङ्ग्रो ना. ठुला रुख्मा झाँगिने लहरामा ठुला ठुला टाटाभित्र एकदेखि आठ- दशवटा गेडासम्म फल्न सक्ने चेप्टो र बाटुलो आकारको पाङ्ग्रो।