Dictionary

All Word

26951 चोखोचोखो वि.बो. अशुद्ध ठाउँलाई गउँत आदि छर्केर चोख्याउँदा अथवा छिटो हालेर कुनै व्यक्तिलाई चोख्याउने सामाजिक प्रथाको अनुसरण गर्दा उच्चारण गरिने शब्द, विष्णु विष्णु।
26952 चोख्याइ ना. चोख्याउने वा चोखो पार्ने क्रिया वा प्रक्रिया।
26953 चोख्याइनु क.क्रि. चोखो पारिनु।
26954 चोख्याउनु स.क्रि. / प्रे. क्रि. १. १ चोखो हुने पार्नु, पवित्र तुल्याउनु।
26955 चोख्याउनु स.क्रि. / प्रे. क्रि. २. गाईभैँसी ब्याएका सात वा एघार दिनका दिन दुध, दही आदि देवपितृलाई चढाउनका निम्ति चलोस् भनी धूपधुवार आदि गरी चोखो वा पवित्र पार्नु।
26956 चोख्याउनु स.क्रि. / प्रे. क्रि. ३. जुठो, सुत्केरो परेको घर वा घरका मानिसलाई धार्मिक विधिअनुसार पवित्र तुल्याउनु।
26957 चोख्यान ना. हे. चोखेन।
26958 चोख्याहा वि. १. चोखो पार्ने, शुद्ध तुल्याउने।
26959 चोख्याहा वि. २. चोखा लाग्ने वा लगाउने।
26960 चोचेमोचे वि. साखिलो हुनका लागि अर्कासँग चोचोमोचो मिलाउने, ज्यादै नजिकको भएर चिप्ल्याइँ घस्ने (व्यक्ति)।
26961 चोचो ना. १. चुच्चो।
26962 चोचो ना. २. मुख।
26963 चोचो ना. ३. चिप्ल्याइँ; चाप्लुसी।
26964 चोचोमोचो ना. १. चिप्ला कुरा गरेर अर्कालाई खुसी पारी आफू साखिलो बन्ने काम।
26965 चोचोमोचो ना. २. मित्र चित्त नबुझे तापनि बाहिर-बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम।
26966 चोचोमोचो ना. ३. मुखले केही मधुर बोलेर गरिने प्रशंसा।
26967 चोचोमोचो ना. ४. मुख र मन।
26968 चोट ना. यो. १. १ पटक, बाजि, पल्ट चोटि। ना.
26969 चोट ना. यो. २. प्रहार, मार, आघात, पिटाइ।
26970 चोट ना. यो. ३. घाउ, खत। क्रि.वि. ४ पटक; बाजि।
26971 चोटपटक ना. लडेर, ठोकिएर वा काटेर हुने, शरीरका कुनै अङ्गमा लागेको घाउ, घाउखत; नीलडाम।
26972 चोटा ना. चोटो।
26973 चोटाकोठा ना. चोटा र कोठा ; चोटोकोठो।
26974 चोटि क्रि.वि. खेप; पल्ट, पटक; बाजि, पालि ताल। (एक चोटि, दुई चोटि, कति चोटि इ.)।
26975 चोटे वि. १. कुनै काम कुरा एक पटकमै भइहाल्ने, एक पटक काममा ल्याउँदैमा सफल हुने, चोट नबिराउने।
26976 चोटे वि. २. दक्ष, सिपालु, प्रवीण।
26977 चोटे चकमक ना. एकै चोट ढुङ्गामा घोट्ता आगो परिहाल्ने खालको पाइनदार चकमक।
26978 चोटो ना. भुइँतलादेखि माथिल्लो तलाको भुइँ, चोटा।
26979 चोटोकोठो ना. १. भुइँतलाभन्दा माथिल्ला तलामा रहेको कोठो।
26980 चोटोकोठो ना. २. चोटो र कोठो।
26981 चोट्टा ना. ठगठाग गरेर अर्काको सम्पत्ति आफ्ना हातमा पार्न खोज्ने व्यक्ति, सानोतिनो चोर, धुर्त; टापटिपे।
26982 चोट्टी ना. ठगठाग गरेर अर्काको मालसामान आफ्ना हात पार्न सिपालु स्त्री, चोर्नी।
26983 चोतो ना. १. डल्लो आकारको एक जातको मुला; डल्ले मुला।
26984 चोतो ना. २. मुला।
26985 चोथ्नु स.क्रि. कुनै फल वा वस्तुका बोक्रा उक्काउनु; कुनै वस्तुलाई आफूतिर तान्नु, लछार्नु, लाछ्नु।
26986 चोथाइ ना. चोथ्ने किसिम वा क्रिया।
26987 चोथाइनु क.क्रि. चोथ्न लगाइनु, चोथ्ने पारिनु।
26988 चोथाउनु प्रे. क्रि. चोथ्न लगाउनु, चोथ्ने पार्नु।
26989 चोथाले वि. छिटोछिटो रिस उठ्तो ढङ्गले जवाफ दिने, मुखाले, बवा, दुर्मुखा।
26990 चोथालो ना. १. अर्कालाई बिझाउने गरी वा रिस उठ्ने गरी कुरा गर्ने वा जवाफ दिने मुख।
26991 चोथालो ना. २. मुख ( निन्दार्थमा ); चोथो, चोसो।
26992 चोथालो ना. ३. दुर्वाच्य बोल्नेको मुख।
26993 चोथिनु क.क्रि. चोथ्ने काम गरिनु, लछारिनु।
26994 चोथो ना. बोल्न नहुने कुरा बोल्ने वा दुर्वचन गर्ने मुख, दुर्मुख, खराब मुख; तित्रे मुख।
26995 चोनाम ना. चेपाङजातिले भदौरे पूर्णिमाका दिन मनाउने एक प्रकारको चाड।
26996 चोप्नु स.क्रि. पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु, चोब्नु, लुगा पानीमा पछार्नु।
26997 चोप ना. कुनै रुख वा लहराका पात, डाँक्ला आदिमा चोट लाग्दा निस्कने चिप्लो रस, चोब, खोटो।
26998 चोपचिनी ना. कफ, पित्त, वातजस्ता त्रिदोषलाई शमन गर्ने र पेटसम्बन्धी रोग निको पार्ने एक प्रकारको जङ्गली बुटी।
26999 चोपल्नु स.क्रि. पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु, चुर्लुम्म पार्नु पानीमा हालेर भिजाउनु।
27000 चोपलचापल ना. कुनै वस्तु वा व्यक्तिलाई पानीमा चोप्ने वा डुबाउने काम; चोपलाइ।