Dictionary

All Word

27101 चोसेमोसे वि. १. चोसाचोसी परेको।
27102 चोसेमोसे वि. २. हे. चोचेमोचे।
27103 चोसो ना. १. दुई ओठ जोडेर आगाडि तन्काइएको मुख, चुस्स परेको थुतुनु।
27104 चोसो ना. २. त्यस्तो कोण वा कुनु।
27105 चोसोमोसो ना. हे. चोचोमोचो।
27106 चोस्याइ ना. चोसिने भाव, क्रिया वा प्रक्रिया।
27107 चोस्याइनु क.क्रि. चोसो पारिनु।
27108 चोस्याउनु प्रे. क्रि. चोसो पार्नु, चुच्चो तुल्याउनु।
27109 चौ ना. चारको समुदाय बुझाउने गरी समस्त शब्दका अगाडि रहने शब्द, चउ (जस्तै- चौको, चौतारो, चौबन्दी, चौघेरो इ.)।
27110 चौंठाचौठी ना. सानाठुला चौंठाहरूको समूह, चौठा र चौंठी।
27111 चौंठी ना. सानो खालको चौंठो; चौंठाको सानो रूप।
27112 चौंठो ना. तलतिरबाट मास्तिर साँगुरिंदै गई सानो ठेकीको जस्तो मुख हुने, काठ कुँदेर बनाइएको तेल हाल्ने ठेकी, चौथाइ बराबरको परिमाणमा तेल आदि अटाउने भाँडो।
27113 चौडिलो ना. चारैतिर होचो भई बिचमा अग्लो भएर फुकेको सानो ठाउँ वा चौर, ढिस्को, थुम्को।
27114 चौंतिस ना. तेत्तिस र एकको योगबाट बनेको सङ्ख्या; ३४ को अङ्क।
27115 चौंतिस वि. चौतिस सङ्ख्याको।
27116 चौंतीस ना. हे. चौतिस।
27117 चौंतीस वि. हे. चौतिसौं।
27118 चौंरी ना. पुच्छरको फुर्को रौं नै रौंले ढाकिई झुप्प परेको, ठुला, लामा लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर भएको र दुधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेँलो हुने एक जातको हिमाली गाई, चम्री।
27119 चौंरीगाई ना. चौंरी।
27120 चौंरीपाटा ना. पशुहरूका पिठिउँमा सामान राख्ने कामका लागि चौंरीको ऊनबाट तयार भएको थैलो।
27121 चौंरीपाते ना. भेडाका ऊनमा चौंरीको ऊन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल।
27122 चौंरे वि. १. पुच्छर चँवरजस्तो झुप्प परेको हुने (गाईबस्तु)।
27123 चौंरे वि. २. पाखे, कोकली, असभ्य।
27124 चौरे कोदो ना. मर जस्तै झुप्पा बाला लाग्ने एक जातको कोदो।
27125 चौरो ना. १. चौंरीगाईका पुच्छरको झुप्पो, चँवर।
27126 चौरो ना. २. पुच्छरका टुप्पामा वा फुर्कामा हुने सेतो रौंको झुप्पो।
27127 चौक ना. हे. चोक।
27128 चौकडा ना. १. चार युगको समूह, चतुर्युग।
27129 चौकडा ना. २. चारै खुट्टा उफार्दै बुर्कुसी मार्ने खालको दौडाइ।
27130 चौका ना. छोटाछोटा सिङ र खैरो वर्ण हुने एक जातको मृग।
27131 चौका२ ना. १. जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ (चार चित, चार घोप्टो, आठ चित आदि)।
27132 चौका२ ना. २. चारैतिर बराबर गरी माटो वा काठद्वारा बनाइएको, बस्ने ठाउँ वा साधन।
27133 चौका२ ना. ३. भान्साका चुलाको र मझेरीका बिचको अग्लो खण्ड।
27134 चौका२ ना. ४. धर्मकार्यका लागि बनाएको मण्डप।
27135 चौकाचँदुवा ना. यज्ञका वेदीवरिपरि गाडिएका सबै लिङ्गाहरूका बिच भुइँमा उठाइने चौको र त्यसदेखि सीधै माथि टाँगिने चँदुवा।
27136 चौकाचौकी ना. सानाठुला चौकाहरूको समूह, चौका र त्यससमानका अरू वस्तुहरूको समूह।
27137 चौकिल्ला ना. १. चार किल्लाको समूह।
27138 चौकिल्ला ना. २. जग्गाजमिनका चारैतिरको सिमाना साँधसिमाना; चौहद्दी।
27139 चौकी ना. १. सानो खालको वेदी, चौकाको सानो रूप।
27140 चौकी ना. २. सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस।
27141 चौकी ना. ३. छोटी अड्डा।
27142 चौकी ना. ४. बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलैँचा।
27143 चौकी ना. ५. सुरक्षाका निम्ति बसेका मान्छे। (उदा. सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्या )।
27144 चौकी ना. ६. चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ।
27145 चौकी ना. ७. साधारण खाट।
27146 चौकीदार ना. १. चौकीमा बसेर पालोपहरा दिने व्यक्ति; पाले; पहरादार। २ अघिअघिको ग्रामरक्षक।
27147 चौकीदारी ना. चौकीदारको काम वा पद।
27148 चौकुना वि. १. चारैतिर कुना भएको, चारकुने, चतुष्कोण। ना.
27149 चौकुना वि. २. चार कुनाको समूह, चौकुनु।
27150 चौकुने वि. चौकुना भएको; चारचोसे।