Dictionary

All Word

27201 चौघान ना. जिल्ला वा अञ्चल आदिका गाउँ, नगर आदिको बिचमा रहेको वा सरेक (पाहिक) पर्ने गरी तोकिएको मुख्य ठाउँ, सदर मुकाम।
27202 चौघेरा वि. १. चारैतिर घेरा भएको (घर, जमिन आदि)। ना.
27203 चौघेरा वि. २. घरको चारैतिर बनाइएको पेटी।
27204 चौघोडी ना. हे. चौघडी।
27205 चौघोडे वि. चौघडे।
27206 चौचौ ना. लगातारको चाह, उत्कट चाहना।
27207 चौटा ना. हे. चौटो।
27208 चौटामासु ना. हाड, बोसो आदि नभएको मासुको चौटो फलमासु, रातो मासु।
27209 चौटाचौटी ना. १. मासुका सानाठुला चौटाहरूको समूह।
27210 चौटाचौटी ना. २. चौटा र अरू त्यस्तै चिजहरूको समूह।
27211 चौटाचौटी ना. ३. सानाठुला गराहरूको समूह।
27212 चौटालाम्टा ना. १. चौटा र लाम्टाको समूह।
27213 चौटालाम्टा ना. २. काम गर्दा ठुलो सास्ती पाएको स्थिति हैरानी, ठुलो श्रम।
27214 चौटिनु अ.क्रि. चोक्टा हुनु, टुक्रिनु।
27215 चौटो ना. १. मासु आदिको टुक्रो वा आलु, मुला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चपाइने अंश; चोक्टो।
27216 चौटो ना. २. गुन्द्री, कपडा आदिको सानो हिस्सा। ३ खेतका गराको सानो फगटो।
27217 चौट्याइ ना. १. चौटिने क्रिया वा प्रक्रिया। [चौट्याउ + आइ]
27218 चौट्याइ ना. २. चौट्याउने क्रिया वा प्रक्रिया।
27219 चौट्याइनु क.क्रि. चौटा पार्ने काम गरिनु।
27220 चौट्याउनु प्रे. क्रि. चौटा-चौटा पार्न, टुक्रा बनाउनु।
27221 चौडा वि. चारैतिर मिलेको र फराक भएको, त्यस्तो आकारको (छाती, नाक इ.)।
27222 चौडाइ ना. चौडापन; फराकिलोपन।
27223 चौतरिया ना. १. चौताराको हेरचाहा गर्ने, राजाका सबैभन्दा नजिकका भाइबन्धु।
27224 चौतरिया ना. २. राजाद्वारा राजकीय सम्मान पाएका बन्धुवर्ग, राजखलक।
27225 चौतर्फ ना. १. चारैतर्फको भाग वा परिधि। क्रि.वि.
27226 चौतर्फ ना. २. चारैतिर, चारैतर्फ।
27227 चौतर्फी वि. चारैतिरका परिधिको; चारैतिरको चारैपट्टिको।
27228 चौतारा ना. १. राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति, राजाको सहकारी।
27229 चौतारा ना. २. प्राचीन कालमा राजसिंहासन राखिने मञ्च।
27230 चौतारा ना. ३. त्यसमा बस्न पाउने सम्मानित व्यक्ति।
27231 चौतारा ना. १. वाग्मती अञ्चलको पूर्वोत्तर भागमा रहेको सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम।
27232 चौतारा ना. २. चौतारो।
27233 चौताराचौतारी ना. सानाठुला चौताराहरूको समूह, चौतारा र अरू त्यस्तै ठाउँको समूह।
27234 चौतारिलो वि. चौतारो जस्तै परेको।
27235 चौतारी ना. चौतारोको सानो रूप; सानो चौतारो।
27236 चौतारो ना. १. चारैतिर ढुङ्गा वा इँटले चिनेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउने समेत व्यवस्था भएको ठाउँ।
27237 चौतारो ना. २. वर-पीपल आदिका छाहारीमुनि वरिपरि ढुङ्गा वा इँटले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ।
27238 चौताल ना. ताल-वादनको चार एकाइमा विशेष प्रकारको ध्वनन वा गुञ्जन निकाल्ने ताल, तबलाको एक खालको ताल।
27239 चौताले वि. अत्यन्त बाठो अि चतुर; बित्पाते।
27240 चौतिस ना. १. तिस र चार अङ्कको योग भएको सङ्ख्या।
27241 चौतिस ना. २. तेत्तिसपछि आउने सङ्ख्या; ३४ को अङ्क।
27242 चौतिसौं वि. चौतिस सङ्ख्यामा पर्ने तेत्तिसपछिको पहिलो।
27243 चौतीस ना. हे. चौतिस।
27244 चौतीस वि. हे. चौतिसौं।
27245 चौथाइ ना. १. कुनै वस्तु वा विषयका चार भागको एक भाग।
27246 चौथाइ ना. २. एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो।
27247 चौथाइ ना. ३. मानाको चतुर्थांश ( नाप )।
27248 चौथी ना. १. शुक्ल एवं कृष्ण दुवै पक्षको चारौं तिथि। वि.
27249 चौथी ना. २. चारौँ क्रममा गणना हुने (स्त्री)।
27250 चौथी ना. ३. निम्न क्रममा परेकी निम्न सङ्ख्यामा गनिएकी चुत्थी।