Dictionary

All Word

27351 चौसट्ठी ना. २. साठी र चारको योगबाट बन्ने, सो सङ्ख्यामा पर्ने वा हुने।
27352 चौसट्ठीऔँ वि. हे. चौसट्ठिऔँ।
27353 चौसर वि. १. चारैतिर सुर मिलेको, चारै कुना बराबर भएको। ना.
27354 चौसर वि. २. त्यस्तो वस्तु वा जमिन।
27355 चौसल्ला ना. १. चार पत्र भएको शाल।
27356 चौसल्ला ना. २. राजामहाराजाहरूबाट विशेष उत्सवमा विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाउन ओढाएर दिइने शालका चार पर्दा वा पत्र।
27357 चौसाला वि. १. चार वर्षमा पूरा हुने, चार वर्षका लागि रहने वा रहेको। ना.
27358 चौसाला वि. २. चार वर्षमा पूरा भएको वा चार वर्षका लागि बन्दोबस्त मिलाइएको वस्तु।
27359 चौसाला रकम ना. चार वर्षमा चुक्त्याइने वा बुझाइने रकम वा दस्तुर।
27360 चौहट्टी / चौहट्ठी ना. जग्गाजमिनको चारैतिरको सीमा, जग्गाको चारै किल्ला, निश्चित जमिनको सेरोफोरो।
27361 चौहत्तर ना. १. त्रिहत्तरपछि आउने सङ्ख्या, ७४ को अङ्क। वि.
27362 चौहत्तर ना. २. सत्तरी र चारका योगसङ्ख्याको; सो सङ्ख्यामा पर्ने वा हुने।
27363 चौहत्तरौँ वि. चौहत्तर सङ्ख्यामा पर्ने वा आउने; चौहत्तर नम्बरको।
27364 चौहत्ता / चौहत्ती वि. चार हात लामो, चार हातको नाप भएको, चारहाते।
27365 चौहद्दी ना. चारैतिरको हद वा सीमा; चार किल्ला।
27366 च्च ना. ज्यादै प्रफुल्लित, हर्षित र आश्चर्यचकित हुँदा स्वभावतः जिब्रो बज्ने वा बजाइने ध्वनि।
27367 च्च च्च ना. त्यसरी प्रफुल्लित, हर्षित एवं आश्चर्यचकित हुँदा जिब्रो नेवा बजाइने द्विरुक्त ध्वनि।
27368 च्यवन ना. १. चुहुने काम तप्काइ।
27369 च्यवन ना. २. पुराणअनुसार अश्विनीकुमारले औषधी गरी बुढो अवस्थाबाट जवान बनाइएका प्रसिद्ध एक प्राचीन ऋषि।
27370 च्यवनप्राश ना. चाटेर खाइने एक प्रकारको शक्तिवर्द्धक आयुर्वेदीय औषधी।
27371 च्याँख ना. हे च्याँखु।
27372 च्याँख ना. १. करौंतीले काठ चिरिरहेका बखत करौंती नच्यापियोस् भनेर चिरेका ठाउँमा घुसारिने किलो, फेसो; चुकुल।
27373 च्याँख ना. २. अहङ्कार; अहमत्याइँ, फुइँकी।
27374 च्याँख तोडाइ ना. कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्ने काम मेख मार्ने काम, च्याँख तोड्ने काम।
27375 च्याँखु ना. हिमाली भेकमा पाइने सेतो रङको सिंह, च्याख।
27376 च्याँखे ना. १. जुवामा खाले र खेलाडीबाहेकका व्यक्तिले बल्झाउनका निमित्त थापेको रुपियाँपैसा।
27377 च्याँखे ना. २. त्यस्तो पैसा थाप्ने व्यक्ति।
27378 च्याँखे दाउ ना. आफूले थापेको च्याँखे बल्झियोस् भनी विचार गर्ने दाउ, त्यसरी विचार गरेर च्याँखे राख्ने वा बल्झाउने काम।
27379 च्याँखे धर्ना ना. च्याँखेले जस्तै धर्ना कस्ने काम यताउति डेग नचली आस गरेर बस्ने काम।
27380 च्याँख्ला ना. १. मकै पिँधेर भुस र पिठो छुट्ट्याइएको चामल, मकैको चामल।
27381 च्याँख्ला ना. २. विरक्ति वा झर्को लागेर भन्दा धान, मकै दुवैको चामल।
27382 च्याँगा ना. लोग्नेमान्छेले लगाउने स्वदेशी घरबुना वा सेतो खाँडीको कपडा (दिव्य.)।
27383 च्याँच्या क्रि.वि. १. ससाना बालक रुने किसिमले।
27384 च्याँच्या क्रि.वि. २. चराका बच्चाहरू कराउने छाँटसँग; च्याउँ च्याउँ।
27385 च्याँठ ना. झनक्क उठेको रिस, कोक, फुर्ती।
27386 च्याँठिनु / च्याठिनु अ.क्रि. एक्कासि रिसाएर ठुलो स्वरले बोल्नु, कङ्कनु।
27387 च्याँसे वि. हाडछाला मात्रै भएजस्तो दुब्लो, मरन्च्याँसे, चाउरे, सुकुटे, सिलीखुट्टे।
27388 च्याइँ क्रि.वि. १. तातेका धातुका भाँडाकुँडामा पानी हाल्दा पर्दा आवाज आए झैँ गरी।
27389 च्याइँ क्रि.वि. २. आगाको भुङ्ग्रोमा पानी पर्दा आवाज आए जस्तै। ३ तताएको घिउतेलमा तरकारी ओइरँदा आएको आवाज। ना.
27390 च्याइँ क्रि.वि. ४. त्यस्ता प्रकारको आवाज।
27391 च्याइँ मकै ना. तातेका हाँडीमा च्याइँ पार्दै भुटिएको, तात्तातै खाँदा पनि च्याउँ च्याउँ हुने, राम्ररी दुध सुकिनसकेका, चिसा अलौटा मकै, भुटेका दुधे वा अलौटा मकै।
27392 च्याउँच्याउँ ना. १. चराचुरुङ्गीहरू एकैचोटि कराउँदा सुनिने आवाज।
27393 च्याउँच्याउँ ना. २. दिक्क लाग्ने गरी केटाकेटीहरू कराएको आवाज।
27394 च्याउँच्याउँ ना. ३. कचकच गर्ने काम। क्रि.वि.
27395 च्याउँच्याउँ ना. ४. चराचुरुङ्गी कराए झैँ गरी।
27396 च्याउँच्याउँ ना. ५. केटाकेटीहरू बोलेसरि, क्याउँक्याउँ।
27397 च्याउँमकै/ च्याउमकै ना. हे. च्याइँमकै।
27398 च्याउ ना. बर्खाको याममा भुइँ, काठ, ढुङ्गा, बाँस, गोबर आदिमा उम्रने, विभिन्न रङ र आकारप्रकारको, खान हुने र नहुने एक नरम वनस्पति।
27399 च्याउनु अ.क्रि. हे. चियाउनु।
27400 च्याकुलच्याइँ/च्याकुलझ्याइँ ना. दुई जनाले दुईतिर समाएर झुन्ड्याउँदै ल्याउने वा लैजाने काम, झ्याइँकुटी झ्यानाकुटी।