Dictionary

All Word

27451 च्याप्सो ना. २. एउटै फल्याक चिरेर बिचमा कब्जा जस्तै बनाई उघार्न र लाउन हुने तथा पुस्तक राख्ने काम गरिने काठको साधन खटिया।
27452 च्याप्सो ना. 3. रेखैरेखा परेर घुमेको अनि तिखो टुप्पो भएको काठ आदि छेड्ने फलामे साधन। वि.
27453 च्याप्सो ना. ४. दुब्लो, च्याँसे; पातलो।
27454 च्याब्रुङ ना. १. लिम्बूजातिमा प्रचलित एक लोकनृत्य।
27455 च्याब्रुङ ना. २. राईलिम्बूमा प्रचलित, खरी नलगाएको ढोलजस्तो, ठुलो तालबाजा।
27456 च्याब्रुङ नाच ना. च्याब्रुङ बजाएर नाचिने लिम्बू जातिको एक लोकनृत्य।
27457 च्यामलाङ ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ७,२७६ मिटर अग्लो एक हिमाली चुचुरो।
27458 च्यामुठी ना. हे. चाममुठी।
27459 च्यामे ना. सरसफाइको काम गरेर जीविका गर्ने व्यक्ति।
27460 च्याम्पटी ना. लप्सीको बियाँ।
27461 च्याम्पियन ना. अत्यन्त दक्षताका साथ खेल आदि खेल्ने, काम गर्ने, सफलता प्राप्त गर्ने व्यक्ति।
27462 च्याम्म क्रि.वि. बेसरी च्याप्ने किसिमले दह्रोसँग अँठ्याएझैँ गरी।
27463 च्यारच्यार क्रि.वि. कपडा, कागत आदि खुरुखुरु च्यातिए झैँ गरी।
27464 च्यारच्यारी / च्यारच्यार्ती क्रि.वि. अझ छिटो च्यारच्यार भएर।
27465 च्यार क्रि.वि. कपडा, कागत आदि च्यात्ता आवाज निस्के झैँ गरी; ध्यार्र।
27466 च्यास्स क्रि.वि. १. हल्कासँग छोएर।
27467 च्यास्स क्रि.वि. २. काँडा आदि बिस्तारै बिझे झैँ गरी।
27468 च्याहाँ ना. १. सानो बालक रुँदाखेरि निस्कने शब्द। क्रि.वि.
27469 च्याहाँ ना. २. बालक रोएजसरी; बालक रुँदा आवाज आए झैँ ।
27470 च्याहाँच्याहाँ क्रि.वि. लगातार बालक रोएको आवाज निस्कने किसिमले।
27471 च्याहान ना. हे. चिहान।
27472 च्याहाने वि. चिहाने।
27473 च्युत वि. १. कुनै वस्तु वा ठाउँबाट चुहेको; झरेको (तरल पदार्थ)।
27474 च्युत वि. २. पतित; भ्रष्ट।
27475 च्युत वि. ३. आफ्नो पद वा स्थानबाट खसेको; स्थानभ्रष्ट; पथभ्रष्ट।
27476 च्युतसंस्कृति ना. व्याकरणले प्रमाणित नगरेका अशुद्ध शब्दहरू प्रयोग गर्दा र साहित्यिक मान्यताका विरुद्ध पदहरूको व्यवहार गर्दा हुन जाने एक दोष।
27477 च्युति ना. १. च्युत हुने काम वा अवस्था, चुहाइ झराइ, खसाइ।
27478 च्युति ना. २. आफ्नो पद वा स्थानबाट भ्रष्ट हुने काम।
27479 च्यूली ना. हे. चिउली।
27480 च्यूलो ना. हे. चिउलो (पाउलो, पालुवा)।
27481 च्यैच्यै ना. हे. चेइचेइ।
27482 च्योत ना. घ्याङ गुम्बा आदिमा दमाहा जस्तै ढ्याङयाङ बजाइने, ढ्याङ्ग्रोभन्दा ठुलो खालको बाजा।
27483 च्वाँक वि. राम्रो, सुन्दर, हिसी परेको। (विशेषतः केटी )
27484 च्वाँचे ना. सुँगुर, बँदेल, बङ्गुर।
27485 च्वाँठ वि. १. ज्यादै कालो भए पनि चिल्लो र चम्किलो।
27486 च्वाँठ वि. २. ज्यादै अमिलो; चुक।
27487 च्वाँठे वि. १. ज्यादै अमिलो, चर्को अमिलो।
27488 च्वाँठे वि. २. अति कालो; चुकजस्तो कालो, च्वाँठ।
27489 च्वाइँ क्रि.वि. १. आगामा वा तातेका धातु पत्थर आदिमा पानी हाल्दा आवाज निस्के झैँ गरी।
27490 च्वाइँ क्रि.वि. २. तातेका घिउतेलमा तरकारी ओइरँदा आवाज आए जस्तै भवाइँ।
27491 च्वाइँय क्रि.वि. तातेका तेल, घिउ आदिमा चिसो वस्तु पर्दा अफ ठुलो आवाज आउने किसिमले तरकारी ओइरँदा जस्तै भएर।
27492 च्वाक्क क्रि.वि. १. जिब्रो बजाउँदा 'च्वाक्' शब्द उत्पन्न भए जस्तै गरी।
27493 च्वाक्क क्रि.वि. २. गालामा चुम्बन गर्दा आवाज आए झैँ ।
27494 च्वाट्ट क्रि.वि. १. मोटो र खिरिलो किसिमको धागो वा डोरी चुँडिए झैँ गरी।
27495 च्वाट्ट क्रि.वि. २. भट्ट, तुरुन्त चाँडो।
27496 च्वाप्प क्रि.वि. १. कुनै रसिलो वस्तुको गफा मुखमा हाल्ने किसिमले।
27497 च्वाप्प क्रि.वि. २. गालामा म्वाइँ खाँदा तिखो आवाज आए झैँ गरी।
27498 च्वाफी ना. बाँसका सिन्काहरूको मुठा पारेर बनाइएको एक प्रकारको कुचो।
27499 च्वामच्वाम क्रि.वि. १. चाम्रो वस्तु चपाउँदा शब्द आए झैँ गरी।
27500 च्वामच्वाम क्रि.वि. २. धमाधम म्वाइँ खाँदाको आवाज झैँ ।