Dictionary

All Word

27501 च्वाम्म क्रि.वि. रसिलो र नरम वस्तुको गाँस मुखमा हाली चपाए झैँ गरी।
27502 च्वाम्ल्याड्ड क्रि.वि. पानीमा चोपलिँदा लिंदा आवाज आए झैँ गरी; झ्वाम्ल्याड्ड।
27503 च्वार्र क्रि.वि. १. तातेका घिउतेलमा पानीका थोपा पर्दा आवाज निस्के झैँ गरी।
27504 च्वार्र क्रि.वि. २. पातलो कपडा, कागत आदि च्यात्ता निस्कने शब्दका किसिमले।
27505 च्वाली ना. हाँस, कुखुरा आदिका अन्डाभित्रको सेतो पदार्थ।
27506 च्वासच्वास क्रि.वि. बारम्बार आगो, सिस्नु आदिले पोल्ने गरी पटक पटक काँढो आदि बिझे झैँ भएर।
27507 च्वास्स क्रि.वि. १. आगो, सिस्नो आदिले पोले
27508 च्वास्स क्रि.वि. २. किलाकाँटा बिझ्दा वा कुनै वस्तुले घोच्ता तीव्र दुःख आए।
27509 च्वास्स क्रि.वि. ३. कसैको कटु वचन मनमा गड्ने किसिमले।
27510 देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये सातौं वर्ण, तालव्य, स्पर्शसङ्घर्षी, अघोष तथा महाप्राण व्यञ्जन वर्ण, चवर्गको दोस्रो अक्षर लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, छाते छ।
27511 अ.क्रि. प्रथम पुरुष एकवचन र वर्तमानकालिक अस्तित्व बुझाउने एक शब्द।
27512 छँटनी ना. १. छाँटछुट पार्ने काम, छँटाइ।
27513 छँटनी ना. २. धेरै भएर गाँजिई सेप लाग्ने अवस्थामा पुगेका बोटबिरुवालाई उखेलेर छरितो पार्ने वा ठिक्क राख्ने काम।
27514 छँटनी ना. ३. कुनै पदार्थमा मिसिएको विजातीय पदार्थ वा अनिष्ट वस्तुलाई हटाउने काम।
27515 छँटनी ना. ४. अनावश्यक वा अल्छी र अयोग्य कामदारहरूलाई हटाउने काम पजनी।
27516 छँटनी ना. ५. विभिन्न ठाउँमा लैजाने वस्तुहरूलाई बेग्लाबेग्लै छुट्ट्याउने काम।
27517 छँटनीमटनी ना. छाँट्ने र मिलाउने काम छाँटछुट।
27518 छँटाइ ना. १. छाँट्ने भाव, क्रिया वा प्रक्रिया।
27519 छँटाइ ना. २. छँटाउने भाव, क्रिया वा प्रक्रिया।
27520 छँटाइनु क. क्रि. १. छाँट्न लगाइनु, छाँट्ने पारिनु। अ.क्रि. छाँटा चढ्ने होइनु; बहुलाइनु।
27521 छँटाउनु प्रे. क्रि. छाँट्न लगाउनु, छाँट्ने पार्नु।
27522 छँटाउनु अ.क्रि. मस्तिष्कले राम्रोसँग काम नगरी सनक चढ्नु, छाँटा चढ्नु, सन्कनु, बहुलाउनु, जङ्गिनु।
27523 छटाहा वि. छाँटा चढेको, सन्काहा हावा खुस्केको।
27524 छँटिछटाउ ना. १. गहना, पोसाक, केश, आदिको सिंगार। वि.
27525 छँटिछटाउ ना. २. त्यस्तो सिँगारद्वारा चिटिक्क परेको, झरिकुट्ट; चिरिच्याट्ट।
27526 छँटुवा वि. छाँट्ने काम गरिएको, छानेको (व्यक्ति वा वस्तु)।
27527 छँडुली वि. छाडा स्वभावकी, उत्ताउली, छाले, बाइफाले (आइमाई )।
27528 छँडुलो वि. छाडा स्वभावको उत्ताउलो रन्डीबाज व्यभिचारी।
27529 छँडुल्याइँ ना. छँडुलो बन्ने भाव वा प्रक्रिया, छँडुलो हुनाको चाल, छालेपन।
27530 छँडुवा वि. छाडा स्वभावको, उत्ताउलो।
27531 छँदाइ ना. छाँद्ने भाव, क्रिया वा प्रक्रिया।
27532 छँदाइनु क. क्रि. छाँट्न लगाइनु, छाँद्ने पारिनु।
27533 छँदाउनु प्रे. क्रि. छाँट्न लगाउनु छाँट्ने पार्नु।
27534 छँदाहा वि. १. छाँद हाल्ने काम गर्ने।
27535 छँदाहा वि. २. छाँदिएको, छाँदछुँद पारिएको।
27536 छँदुवा वि. १. खुट्टामा बाँधिएको, छाँदिएको (पशु)।
27537 छँदुवा वि. २. कसाकस गरेर मिलाइएको छाँदिएको (भारी)।
27538 छँसाइ ना. छाँस्ने क्रिया वा प्रक्रिया।
27539 छँसाइनु क. क्रि. छाँस्न लगाइनु, छाँस्ने पारिनु।
27540 छँसाउनु प्रे. क्रि. छाँस्न लाउनु, छाँस्ने पार्नु।
27541 छइ ना. हात्तीलाई पछि हट्ने पार्नका निम्ति भनिने शब्द।
27542 छक ना. कुनै अनौठो कुरो देखेर वा सुनेर मन औताउने काम, छक्क, आश्चर्य; अचम्म।
27543 छकछक ना. १. रेल हिँड्दा उत्पन्न हुने शब्द। क्रि.वि.
27544 छकछक ना. २. रेल हिँड्दा शब्द आए जस्तै।
27545 छकछके ना. १. भित्र मसिना गेडा हालेर बजाइने एक प्रकारको बाजा वा खेलौना।
27546 छकछके ना. २. रेल ( बालबोलीमा )। वि.
27547 छकछके ना. ३. छकछक गर्ने (रेल, खेलौना, बाजा आदि)।
27548 छकटो वि. १. कतै पनि नमिल्ने स्वभावको; अनौठो तालको।
27549 छकटो वि. २. अपरिपक्व, काँचो।
27550 छकटो वि. ३. छवटा दाँत मात्र उम्रेको; पूरा जवान भइनसकेको (चौपाया)।