Dictionary

All Word

27651 छट्के वि. ३. अड्डाखानामा बिचबिचमा वा अचानक हुने जाँच।
27652 छट्के वि. ४. छेकारो।
27653 छट्के वि. ५. घोच्ने वा बिझ्ने वस्तु।
27654 छट्को ना. छट्कने क्रिया वा अवस्था, छट्काइको गति।
27655 छट्क्याहट ना. छट्किने काम, क्रिया वा अवस्था।
27656 छट्ट क्रि.वि. एकै चोटि छिन्ने गरी चट्टसँग 'छट्' शब्द निस्के झैँ गरी।
27657 छट्टु वि. कुनै कुरा अत्यन्त चाँडो गर्न वा गराउन सक्ने, साह्रै बाठो, छटेल, धूर्त, चतुरो।
27658 छट्ट्याइँ ना. छट्टु हुनाको भाव, छटेलपन।
27659 छट्याइनु स.क्रि. छट्टुले झैँ बठ्याइँ देखाइनु।
27660 छट्ट्याउनु स.क्रि. छट्टुले झैँ छकाएर लानु छट्टु पाराले कुनै वस्तु उम्काउनु।
27661 छड ना. फलाम आदि धातुको डोलो डन्डी वा सोठा, डन्डी।
27662 छडछड क्रि.वि. १. भात छड्कँदा आवाज निस्केसरि; छड्कने गरेर। ना.
27663 छडछड क्रि.वि. २. भात छड्कँदाको शब्द।
27664 छडी ना. १. हातमा लिएर कुट्न हुने सानो लौरो, सिर्कनु।
27665 छडी ना. २. दण्ड दिनका लागि वा सुरक्षाका निम्ति हातमा लिइने दरिलो, खिरिलो लट्ठी।
27666 छडी ना. ३. घोडाका जुल्फीको टुप्पोटुप्पो काटेर छोटो पार्ने काम।
27667 छडी ना. ४. कन्चटमा कपाल छोट्याएर गरिने छँटाइ।
27668 छड्कनु अ.क्रि. १. छडछड शब्द गर्दै उम्लनु वा पाक्नु।
27669 छड्कनु अ.क्रि. २. छट्टसँग उम्कनु वा भाग्नु।
27670 छड्काइ ना. छड्कने क्रिया वा प्रक्रिया।
27671 छड्काइनु क.क्रि. छड्कने पारिनु, छड्काउन लाइनु।
27672 छड्काउनु प्रे. क्रि. छड्कने पार्नु, छड्काउन लगाउनु।
27673 छड्काहा वि. छड्काउने खालको, छड्कने।
27674 छड्किनु अ.क्रि. १. हे. छड्कनु।
27675 छड्किनु अ.क्रि. २. उम्लिनु, फत्किनु।
27676 छड्के वि. १. टेढो वा तेर्सो। ना.
27677 छड्के वि. २. टेढो र ठाडो पारेर काटिएका बोटबिरुवाको ठुटो, छट्के।
27678 छड्के वि. 3. अचानक वा बिचबिचमा हुने जाँच, चेक।
27679 छड्के वि. ५. घोच्ने वा बिझ्ने वस्तु।
27680 छड्के वि. ४. छेकारो।
27681 छड्को ना. भात आदि छड्कँदाको शब्द, पकाइको उमाल, छड्काइ।
27682 छड्क्याहट ना. छड्किने भाव, क्रिया वा अवस्था।
27683 छत ना. १. घरको छानु। २ परेवा बसाउनका निम्ति उभ्याइने छाताका आकारको टाँड; परेवा बसाल्ने आडा।
27684 छत ना. ३. ट्रक वालरीको चालक बस्ने ठाउँभन्दा माथिल्लो भाग।
27685 छताछुल्ल क्रि.वि. पन्यालो पदार्थ चारैतिर पोखिने वा छरिने गरी; छ्याल्लब्याल्ल।
27686 छतिउन ना. भेट्नैपिच्छे प्रायः सातसात वटा पात हुने, ससाना सेता फूल र लामालामा कोसा फल्ने, चोट लाग्दा वा काता दुध निस्कने एक जातको रुख छतिवन, सप्तपर्ण।
27687 छतिपति ना. १. १ इज्जतआबरु, लाजसरम।
27688 छतिपति ना. २. मानमर्यादा।
27689 छतिवन ना. हे. छतिउन।
27690 छ तीन ना. पासाको खेलमा एउटामा छ फुट्टा, दोसामा दुई फुट्टा र तेसामा एक फुट्टा पर्दा हुने एक दाउ, पासाखेलमा 'नौ' को एक दाउ।
27691 छतेर्जे ना. तामाङजातिमा नवजात शिशुको नामकरण संस्कार, न्वारान।
27692 छतौरी ना. १. गाभिनु भइनसकेकी पठेग्री भेडो, भेडाको कुमारी पाठी।
27693 छतौरी ना. २. छाडा बानीबेहोरा भएकी केटी।
27694 छतौरो ना. १. भेडाको पाठो।
27695 छतौरो ना. २. बिउका निम्ति पालिएको भाले भेडो, बियाडे भेडो।
27696 छतौरो ना. ३. छाडा केटो।
27697 छत्त वि. कुनै कुराको पनि भेदभाव नराख्ने, एकाम्मे (जस्तै- एकछत्त)।
27698 छत्तर ना. १. छाता।
27699 छत्तर ना. २. पुरानु शैलीको छाता।
27700 छत्तरे ना. राजा।