Dictionary

All Word

27701 चुइँक्याइनु क.क्रि. चुइँक्याउने काम गरिनु।
27702 चुइँक्याउनु स.क्रि. १. बेसरी कस्नु वा बाँध्नु।
27703 चुइँक्याउनु स.क्रि. २. करमा पार्नु।
27704 चुइँक्याउनु स.क्रि. ३. गह्रौं भारी बोक्नु।
27705 चुइँचुइँ क्रि.वि. १. चुइँ आवाज बराबर आउने गरी।
27706 चुइँचुइँ क्रि.वि. २. मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर।
27707 चुइँठो ना. १. चामल र पिठो मिसाई फत्काएर पकाइएको मकैको भा।
27708 चुइँठो ना. २. मकैको भा।
27709 चुइयाँ वि. आफ्नो चाहिँ केही निकाल्न नपरोस् भन्ने अत्यन्त लोभी, कन्जुस, कृपण, किरन्टोकी।
27710 चुक्नु स.क्रि. १. कुनै काम कुरा गर्दा भुल गर्नु, बिराउनु, गल्ती गर्नु।
27711 चुक्नु स.क्रि. २. मौका गुमाउनु।
27712 चुक्नु स.क्रि. ३. अपराध गर्नु।
27713 चुक्नु स.क्रि. ४. बिर्सनु।
27714 चुक ना. गल्ती हुन जाने काम, बिराम, भुल।
27715 चुक ना. अमिला जातका फल निचोरेर रस पकाई बाक्लो पारिएको वस्तु, चुक अमिलो।
27716 चुक अमिलो ना. चुकजस्तो अमिलो, ज्यादै अमिलो।
27717 चुक घोप्टिए जस्तो वि. कतै केही नदेखिने, बाक्लो, गाढा (अँध्यारो)।
27718 चुकचुक क्रि.वि. १. भुल वा पछुतो हुँदा मुखबाट शब्द निस्के झैं गरी चुकचुकाउने किसिमले।
27719 चुकचुक क्रि.वि. ना. २. झुकझुक सन्देह।
27720 चुकचुकाइ ना. चुकचुक गर्ने भाव, क्रिया वा प्रक्रिया।
27721 चुकचुकाइनु क.क्रि. चुकचुक लाग्ने हुनु।
27722 चुकचुकाउँदो वि. १. कलकल परेको कलिलो।
27723 चुकचुकाउँदो वि. २. मायालाग्दो, रहरलाग्दो, कलपर्दो।
27724 चुकचुकाउनु स.क्रि. १. चुकचुक गर्नु, थकथकी मान्नु पछुतो लाग्नु।
27725 चुकचुकाउनु स.क्रि. २. प्रशंसा गर्नु, सहाउनु।
27726 चुकचुकी ना. पछुतो; पश्चात्ताप, थकथकी।
27727 चुकन्दर ना. गाजर वा मुलाका ढबको, काँचै वा पकाएर खाइने, एक प्रकारको गुलियो, प्रायः रातो कन्दमूल।
27728 चुकाइ ना. १. चुक्ने भाव, क्रिया वा प्रक्रिया।
27729 चुकाइ ना. [चुकाउ + आइ] २. चुकाउने भाव, क्रिया वा प्रक्रिया।
27730 चुकाइनु क.क्रि. १. चुक्ने वा भुल गर्ने पारिनु।
27731 चुकाइनु क.क्रि. २. चुक्ता पारिनु; तिरिनु।
27732 चुकाउनी ना. १. दही, मही आदिमा बारा, फुरौला आदि र मसलासमेत हालेर पकाइएको अमिलो खाद्य वस्तु।
27733 चुकाउनी ना. २. दही हालेर बनाइएको आलुको अमिलो अचार।
27734 चुकाउनु स.क्रि. १. चुक्ता गर्नु, रिन फच्छे गर्नु, समाप्त गर्नु, टुङ्ग्याउनु।
27735 चुकाउनु स.क्रि. [चुक् + आउ + नु] प्रे. क्रि. २. चुक्ने पार्नु, चुक्न लाउनु, झुक्क्याउनु।
27736 चुकानी ना. चुकाउनी।
27737 चुकिनु क.क्रि. भुलमा परिनु भुल गरिनु।
27738 चुकिलो वि. चुकजस्तो अमिलो, चुकका स्वादको।
27739 चुकुल ना. १. कुनै वस्तुलाई प्वालमा हाल्दा खाली रहेका भागमा दह्रो र कसिलोसँग ठोकिने काठ।
27740 चुकुल ना. २. झ्यालढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन।
27741 चुकुल ना. ३. प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टुक्रो प्वाल टाल्ने वस्तु; ठिंको।
27742 चुकेमुसो ना. छुचुन्द्रो, चुँक्क गर्ने मुसो।
27743 चुक्किनु अ.क्रि. काठ, ईंट, सिमेन्ट आदिका वस्तु चर्कनु, चिरिनु, फुट्नु।
27744 चुक्क्याइ ना. चुक्किने क्रिया वा प्रक्रिया।
27745 चुक्ता ना. फछ्र्यौट फच्चे; चुक्ती।
27746 चुक्ताचुक्ती ना. सबै फछ्र्योट राम्रै छिनाफाना।
27747 चुक्तिनु अ.क्रि. १. चुक्ती हुनु, फर्छिनु, तिरिनु।
27748 चुक्तिनु अ.क्रि. २. पूरा हुनु, टुङ्गिनु।
27749 चुक्ती ना. १. कसैसँग लिएको वा कसैलाई दिनुपर्ने रुपियाँ - पैसा आदिको भुक्तानी भएको अवस्था, रिन फर्छिने वा फछ्र्याउने काम, फछ्र्यौट, फच्चे।
27750 चुक्ती ना. २. समाप्ति, खतम।