Dictionary

All Word

27801 छन्क्याइ ना. छन्किने भाव, क्रिया वा प्रक्रिया।
27802 छन्चर ना. १. धामीले चिन्ता बस्दा भन्ने शब्द।
27803 छन्चर ना. २. कसैका जिउमा चढ्ने वायवीय वा अलौकिक शक्ति (ज्यादै छटपटिएर यताउति गरिरहने मान्छेलाई छन्चर लागेको ठानिन्छ)।
27804 छन्ती ना. बाँस फुटाएर तयार पारिएको चेप्टो वस्तु भाटो।
27805 छन्तेल ना. नेपालको विशेषगरी धौलागिरि अञ्चलमा बसोबास गर्ने कुनै एक जाति।
27806 छन्द ना. १. यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चत मान वा रूप; त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य वृत्त।
27807 छन्द ना. २. इच्छा, अभिलाषा। ३ छाँट, ढग, चालचलन।
27808 छन्द ना. ४. बन्धन; गाँठो।
27809 छन्दक ना. १. रक्षा गर्ने व्यक्ति, रक्षक।
27810 छन्दक ना. २. वासुदेव।
27811 छन्दक ना. ३. गौतमबुद्धको सारथि।
27812 छन्ददोष ना. छन्दमा वर्ण, मात्रा, यति आदि नमिल्दा भएको दोष, छन्दोभङ्ग।
27813 छन्द न बन्दको वि. छाँटकाँट नमिलेको; रङ्ग न ढङ्गको, छाँटको।
27814 छन्दबन्द वि. आकारप्रकार, रङ्गरोगन आदि राम्ररी मिलेको अवस्था; छाँटकाँट, ढाँचाकाँचा।
27815 छन्दशास्त्र ना. छन्दका नियमहरूको वर्णन भएको शास्त्र; छन्दका लक्षण र उदाहरणहरूको वर्णन भएको विषय।
27816 छन्दानुवृत्ति ना. अरूका इच्छा, अभिलाषालाई पूरा गर्ने काम; अर्कालाई रिझाउने र खुसी पार्ने काम।
27817 छन्देइलो वि. छन्द मिलेको, छाँटकाँट मिलेको; चिटिक्क परेको; राम्रो।
27818 छन्दोबद्ध वि. छन्दमा बाँधिएको; छन्दका नियममा लेखिएको वा रचना गरिएको।
27819 छन्दोभङ्ग ना. छन्दका नियमअनुसार रचना गरिएका पद्यमा रहेको गण, मात्रा आदिको अशुद्धि।
27820 छन्दोमुखी वि. छन्दतर्फ झुकेको, छन्दको रूप लिएको।
27821 छन्न क्रि.वि. १. धातु वा काँचका टुक्राटुक्रामा ठक्कर लाग्दाका झैँ शब्द उत्पन्न गरेर। ना.
27822 छन्न क्रि.वि. २. त्यसरी उत्पन्न भएको शब्द।
27823 छन्न वि. कुनै वस्तुले चारैतिर ढाकिएको; छोपिएको, लुकेको।
27824 छपक्क क्रि.वि. १. धारिला हतियारले केरा आदि कमला वस्तु काट्ता सजिलैसित शब्द निकाल्ने गरी।
27825 छपक्क क्रि.वि. २. विस्तारोसँग छोप्ने वा ढाक्ने किसिमले।
27826 छपक्क क्रि.वि. ३. पानीमा लुगा आदि डुबाउँदा वा तरकारी पखाल्दा शब्द निकाल्ने किसिमले।
27827 छपक्क क्रि.वि. ४. वा छिप्ने ढङ्गले।
27828 छपछप क्रि.वि. १. खास शब्द उत्पन्न हुने गरी कमलो वस्तु काटेर।
27829 छपछप क्रि.वि. २. पानीमा भिजेका लुगा आदि पछार्दा शब्द निस्कने किसिमले।
27830 छपछपती क्रि.वि. छपछपका साथ।
27831 छपछपाइ ना. छपछप गर्ने किसिम वा क्रिया।
27832 छपछपाइनु क.क्रि. छपछप पारिनु।
27833 छपछपाउनु स.क्रि. छपछप पार्नु।
27834 छपछपी क्रि.वि. छपछप गरेर।
27835 छपछपे वि. १. छपछप आवाज गर्ने। ना.
27836 छपछपे वि. २. खेलाडीका सङ्ख्याका अनुपातमा तासहरू घोप्ट्याएर धेरै फुट्टा आउँदा जितिने एक खेल।
27837 छपनी ना. १. चोयाले बुनेको सोलीजस्ता आकारको जाँड छान्ने चाल्नी। २ पर्खाल, चौतारो आदिमा राखिएका सानासाना ढुङ्गाहरू नचटपटाऊन् भनी तिनमाथि राखिने ठुलो ढुङ्गो, घपना, घपनी।
27838 छपनी ना. ३. तेल पेल्दा भुटेको फुलो हालेको चेपुवामा बिस्तारै रसाउने चोयाको भाँडो, पेचा।
27839 छपन्न वि. १. पचासमा छ जोड्दा हुने सङ्ख्या बराबरको। ना.
27840 छपन्न वि. २. पचास र छ जोड्दा निस्कने सङ्ख्या।
27841 छपन्न वि. पचास र छ जोड्दा हुने सङ्ख्याका क्रममा आउने छपन्न नम्बरको।
27842 छपाइ ना. १. छाप्ने किसिम वा क्रिया।
27843 छपाइ ना. २. छाप्ता वा छपाउँदा लाग्ने दस्तुर, छपाउँदाको खर्च।
27844 छपाइनु क.क्रि. छाप्न लगाइनु, छपाउने काम गरिनु।
27845 छपाउनी ना. छाप्ने काम गरेबापत लिइने दस्तुर, छपाउने काम गरेबापत लाग्ने महसुल, छपाइ खर्च।
27846 छपाउनु प्रे. क्रि. छाप्न लगाउनु, मुद्रण गर्न लगाउनु।
27847 छपाछप क्रि.वि. १. लगातारको छपछप; छपछपी।
27848 छपाछप क्रि.वि. २. छुपुछुपु।
27849 छपान ना. निकासी वा बिक्रीका निम्ति वनजङ्गलका रुखहरूमा मारिने टाँचा वा त्यस्तो टाँचा मार्ने काम छपौती।
27850 छपोल ना. १. तुलाका तौलमा धार्नीको छैटौँ भाग। वि.