Dictionary

All Word

27901 छयसट्ठी वि. १. साठी र छ बराबर छैसट्ठी। ना.
27902 छयसट्ठी वि. २. साठी रछ जोड्दा हुने सङ्ख्या।
27903 छयसट्ठीऔं / छ्यसट्ठीयौं वि. छयसट्ठीको क्रममा आउने; पैँसट्ठीपछिको पहिलो।
27904 छयहत्तर वि. १. छ र सत्तरी बराबरको सङ्ख्या, अङ्क वा मूल्यको। ना.
27905 छयहत्तर वि. २. छ र सत्तरी जोड्दा हुने सङ्ख्या, पचहत्तरपछिको सङ्ख्या।
27906 छयहत्तरौं वि. छयहत्तरका क्रममा आउने; छयहत्तर सङ्ख्याको।
27907 छयानब्बे वि. १. छ र नब्बे बराबरका सङ्ख्या वा अङ्कको। ना.
27908 छयानब्बे वि. २. छ र नब्बे जोड्दा हुने सङ्ख्या, पन्चान्नब्बेपछिको सङ्ख्या।
27909 छ्यान्नबेऔं / छ्यान्नब्बेयौं- वि. छ्यान्नब्बेका क्रममा आउने; छ्यान्नब्बे सङ्ख्याको।
27910 छयालिस वि. १. छ र चालिस जोड्दा हुने अङ्क बराबरको सङ्ख्या वा मूल्यको। ना.
27911 छयालिस वि. २. छ र चालिस जोड्दा हुन आउने सङ्ख्या, पैंतालिसपछिको सङ्ख्या।
27912 छयालिसौँ वि. छ्यालिसका क्रममा आउने, छयालिस नम्बरको।
27913 छयालीस वि. / ना. हे. छयालिस।
27914 छ्यालीसौं वि. हे. छयालिसौँ।
27915 छयासि / छ्यासियौं वि. छ्यासीका क्रममा आउने, छयासी सङ्ख्याको।
27916 छयासी वि. १. छ र असीको योग बराबरका सङ्ख्या वा अङ्कको। ना.
27917 छयासी वि. २. छ र असी बराबरको सङ्ख्या, पचासी पछि आउने सङ्ख्या।
27918 छयासी/ छयासीयौँ वि. हे. छ्यासिऔं।
27919 छर्नु स.क्रि. १. यताउति खसाल्नु, अस्तव्यस्त पारेर फिँजाउनु।
27920 छर्नु स.क्रि. २. ब्याडमा धान आदिको बिउ छर्रछर्र पार्दै खसाल्नु, बिउ छर्नु।
27921 छरछर क्रि.वि. १. वेगसँग पानी, रगत आदि निस्कने किसिमले; छहराबाट पानी झर्दा झैँ शब्द आउने गरी। ना.
27922 छरछर क्रि.वि. २. त्यस्तो शब्द
27923 छरछरती क्रि.वि. अझै छरछर गरेर।
27924 छरछराउँदो वि. छरछर गर्दो।
27925 छरछरी क्रि.वि. छरछरती।
27926 छरछरे वि. १. छरछर गर्ने। ना.
27927 छरछरे वि. २. छाँगो।
27928 छरछार ना. १. बिउ आदि छर्ने वा त्यससँग सम्बन्धित काम; छराइपराइ।
27929 छरछार ना. २. छर्ने अन्नका बिउ वा बिजन।
27930 छरछिमेक ना. आफ्ना घरवरिपरि रहेका घरहरू; छेउछाउका गाउँघर; आफ्नो देशप्रदेश।
27931 छरछिमेक वि. १. छिमेकमा बस्ने, छिमेकमा रहेको। ना.
27932 छरछिमेक वि. २. छरछिमेकको निवासी।
27933 छरपस्ट / छरपुस्ट वि. १. यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको। क्रि.वि.
27934 छरपस्ट / छरपुस्ट वि. २. लथालिङ्ग, भताभुङ्ग।
27935 छरपस्ट / छरपुस्ट वि. ३. यताउति चारैतिर छरिए झैँ गरी।
27936 छरपस्टिनु / छरपुस्टिनु अ.क्रि. छरपुस्ट हुनु।
27937 छराइ ना. छर्ने किसिम वा क्रिया।
27938 छराइपराइ ना. छर्नेवर्ने काम।
27939 छराइनु क.क्रि. छर्न लगाइनु, छर्ने पारिनु।
27940 छराउनु प्रे. क्रि. छर्न लगाउनु, छर्ने पार्नु।
27941 छरिछट्ट क्रि.वि. छरितो र चाँडो हुने किसिमले छिटोछिटो भए।
27942 छरितो वि. १. कुनै काम गर्दा सरल वा सहज रूपले गर्ने (व्यक्ति)।
27943 छरितो वि. २. व्यवहार गर्दा, लगाउँदा वा बोल्दा अप्ठेरो नभएको (माल, वस्त्र, वाक्रौली इ.)। ना
27944 छरितो वि. ३. छरितो किसिमको कुनै पनि व्यक्ति वा कुरो।
27945 छरित्याइँ ना. छरितो हुनाको गुण वा भाव, छरितोपन।
27946 छरिनु क.क्रि. छराइमा पर्नु, छरिएको हुनु, छर्ने काम गरिनु।
27947 छरिमालो ना. १. खरानी।
27948 छरिमालो ना. २. छारो।
27949 छरी ना. १. निधारमाथि वा कन्चटनेरको लामो कपाललाई छाँटेर छरितो पारिने काम वा अवस्था।
27950 छरी ना. २. खेतबारीका कान्लाकुन्ली एवं डिलआलीहरू छाँटेर चिटिक्क पार्ने क्रिया।