Dictionary

All Word

27751 छदाइनु प्रे.क्रि. छाद्न लगाइनु, छाद्ने पारिनु।
27752 छदाउनु प्रे.क्रि. छाद्न लगाउनु, छाद्ने पार्नु।
27753 छदाहा वि. छाद्ने खालको, छाद्ने स्वभावको।
27754 छ दुई ना. पासाको खेलमा दुई पासामा एकएक र अर्कोमा छक्क पर्दा हुने एक दाउ, पासाका विभिन्न दाउमध्ये आठ सङ्ख्या हुने एक दाउ, अट्ठा।
27755 छदुवा वि. छादने खालको ओकल्ने स्वभावको। स्त्री. छवी।
27756 छद्म ना. १. एकले अरूका प्रति राख्ने कपटको भावना।
27757 छद्म ना. २. एक विषयलाई ढाकछोप गर्न निकालिने अर्को कुराको प्रसङ्ग, बहाना निहुँ।
27758 छद्म ना. ३. मुख्य रूप छिपाई नक्कली स्वरूप देखाउने काम।
27759 छद्मतापस ना. नक्कली जोगी; बाहिरबाहिर तपस्वी झैँ भएर भित्रभित्र अरूलाई ठग्न पल्केको ढोंगी, पाखण्डी व्यक्ति।
27760 छद्मनाम ना. वास्तविक परिचय लुकाएर अर्कै परिचय दिन बदलिएको नाम गुप्त नाउँ।
27761 छद्मभाषा ना. कुनै विशेष उद्देश्यका लागि बनाइएको कृत्रिम भाषा।
27762 छद्मवेश ना. बनावटी वेश; नक्कली स्वरूप।
27763 छद्मवेशी वि. नक्कली वेश धारण गर्ने, बनावटी वेशमा रहेको।
27764 छद्मी वि. १. छद्मवेश धारण गर्ने; छद्मवेशी।
27765 छद्मी वि. २. भित्र कपट राखेर बाहिर ठिक्क पर्ने, नक्कली।
27766 छन् अ.क्रि. १. 'हुनु' क्रियाका तृतीय पुरुषको बहुवचनको रूप 'छ' क्रियापदका आदरार्थीमा प्रयोग हुने क्रियापद।
27767 छनक ना. १. एक जनालाई भने झैँ पारेर अर्कालाई छेड हान्ने काम, घोचपेच, छेडछाड, व्यङ्ग्योक्ति।
27768 छनक ना. २. आशय इसारा, अभिप्राय, सङ्केत, सुइँको, आभास, प्रतीति, भान।
27769 छनछन ना. १. १ रुपियाँपैसा आदि गन्दा वा चलाउँदा निस्कने शब्द हातमा लगाइएका चुरा बज्दा निस्कने आवाज। क्रि.वि.
27770 छनछन ना. २. त्यसरी शब्द वा आवाज निस्कने गरी।
27771 छनछनाइ ना. छनछन गरी शब्द निस्कने भाव, क्रिया वा प्रक्रिया।
27772 छनछनाइनु अ.क्रि. छनछन गरी शब्द निस्किनु।
27773 छनछनाउँदो वि. १. छनछन शब्द गर्ने।
27774 छनछनाउँदो वि. २. कुनै किसिमको खोट नभएको; चहकिलो।
27775 छनछनाउ वि. सफासुग्घर, स्वच्छ।
27776 छनछनाउनु अ.क्रि. छनछन हुनु, छनछन शब्द निस्कनु।
27777 छनछनाहट ना. छनछन शब्द गर्ने भाव, क्रिया वा अवस्था।
27778 छनछनाहा वि. छनछन शब्द गर्ने।
27779 छनछनिनु अ.क्रि. छनछन शब्द निस्किनु।
27780 छनछनी क्रि.वि. छनछन गरेर।
27781 छनमन ना. केटाकेटीले रमाइलो मानेर टाउको दायाँबायाँ घुमाउने काम।
27782 छनाइ ना. छान्ने भाव, क्रिया वा प्रक्रिया।
27783 छनाइनु क.क्रि. छान्न लगाइनु, छान्ने पारिनु।
27784 छनाउनु प्रे.क्रि. छान्न लाउनु छान्ने पार्नु।
27785 छनाछन क्रि.वि. १. रुपियाँपैसा आदि गन्दा छनछन शब्द आउने गरी लगातारको छनछन।
27786 छनाछन क्रि.वि. २. गनिगनाउ, खनखन।
27787 छनुवा वि. छानेर बाँकी रहेको; छानेर झिकेको; छानिएको।
27788 छनुवा ना. हातीका अगाडिका खुट्टा जोडेर बाँध्ने डोरी वा साङ्लो।
27789 छनोट ना. छान्ने वा रोज्ने काम, केलाउने काम, छनाइ।
27790 छनोटकर्ता ना. विभिन्न ठाउँमा पठाइएका चिठीपत्र आदि छान्ने काम गर्ने व्यक्ति; छान्ने व्यक्ति।
27791 छनौट ना. हे. छनोट।
27792 छनौटो ना. १. छानिएको वस्तु छानेर छाडिएको वा झिकिएको वस्तु।
27793 छनौटो ना. २. छान्ने भाँडो। वि.
27794 छनौटो ना. ३. राम्रो जति छानिएको, छानेर लिई छुट्ट्याइएको वा बचेको।
27795 छन्कनु अ.क्रि. १. प्रतीत हुनु, भान हुनु, आभास हुनु। स.क्रि. [√ छान् + क+नु] २ हे. छिन्कनु।
27796 छन्काइ ना. छन्कने भाव, क्रिया वा प्रक्रिया।
27797 छन्काइनु क.क्रि. छन्कन लाइनु, छन्काउने पारिनु।
27798 छन्काउनु स.क्रि. / प्रे. क्रि. छनक दिनु वा दिलाउनु।
27799 छन्किनु अ.क्रि. १. छन्कनु।
27800 छन्किनु अ.क्रि. २. छन्कने होइनु।