Dictionary

All Word

27601 चिसो वि. ना. ५. सर्दी ओस, ठन्डापन; जाडोपन।
27602 चिसो वि. ६. अल्छी ( दिव्य.)।
27603 चिसो वि. ७. शङ्का, सन्देह।
27604 चिसो छपनी ना. लिम्बू जातिका सभामा चाहिने जाँड छान्नका निम्ति धोईपखाली चिसो पारिएको छपनी।
27605 चिसो ढुड्गो ना. शक्तिहीन हुँदै गएको राज्य, सेलाएको राज्य (दिव्य.)।
27606 चिस्याइ ना. १. चिसिने भाव, क्रिया वा प्रक्रिया।
27607 चिस्याइ ना. [चिस्याउ + आइ] २. चिस्याउने भाव, क्रिया वा प्रक्रिया।
27608 चिस्याइनु क.क्रि. चिसो पारिनु।
27609 चिस्याउनु प्रे. क्रि. १. चिसो पार्नु ठन्डा तुल्याउनु सेलाउनु।
27610 चिस्याउनु प्रे. क्रि. २. शङ्का पैदा गराउनु, डर वा त्रास उब्जाउनु।
27611 चिस्यान ना. सधैंभरि चिसो भइरहने ठाउँ, चिसान।
27612 चिस्याहट ना. चिस्याउने क्रिया, स्वभाव वा अवस्था।
27613 चिहान ना. १. मुर्दा गाड्ने ठाउँ, मरेको मान्छे गाडिएको ठाउँ।
27614 चिहान ना. २. मुर्दा पोल्ने वा जलाउने ठाउँ, मसान।
27615 चिहाने वि. १. चिहान पार्ने लक्षण भएको।
27616 चिहाने वि. २. निधारका बिचमा रहेको सेतो ताराका बिच कालो थोप्लो हुने (गाई-गोरु)।
27617 चिहाने डाँडो ना. चिहान - चिहान भएको डाँडो, मुर्दा लगेर गाड्ने ठाउँ (पाखो)।
27618 चिहिरिनु अ.क्रि. अत्यास परेका बेलामा ठुलो र चर्को स्वरले कराउनु, अतालिएर वा तर्सिएर कराउनु, चिच्च्याउनु।
27619 चिहिऱ्याइ ना. चिहिरिने भाव, क्रिया वा प्रक्रिया।
27620 चिहिऱ्याइनु क.क्रि. चिहिरिने पारिनु।
27621 चिहिऱ्याउनु प्रे. क्रि. चिहिरिने पार्नु।
27622 चिहिऱ्याहट ना. चिहिरिने काम वा प्रक्रिया।
27623 चिलिबिहिल ना. राम्रोसँग लालनपालन र संरक्षण नभएको स्थिति; बिचल्ली, चिल्लीबिल्ली, चिलबिल।
27624 चिह्न ना. १. कुनै वस्तु चिन्न सकिने रूप वा लक्षण, चिनु; चिनो; निसाना।
27625 चिह्न ना. २. ध्वजा।
27626 चिह्न ना. ३. दाग कलङ्क।
27627 चिह्नकारी वि. १. चिह्न लगाउने।
27628 चिह्नकारी वि. २. घाउचोट गराउने।
27629 चिह्नधर / धारी वि. १. कुनै किसिमको चिह्न धारण गर्ने।
27630 चिह्नधर / धारी वि. २. दागी, कलङ्की।
27631 चिह्नित वि. चिह्न लागेको, चिह्नयुक्त, चिनु भएको।
27632 ची प्रत्य. प्रातिपदिक शब्दका अन्तमा लागेर विशेषण पद एक प्रत्यय (कानची, नगर्ची, तबलची इ.)।
27633 चीँ ना. १. साना नानीले आँखा चिम्लने काम, चिउँ; सुताइ, निद।
27634 चीँ ना. २. ससाना नानिलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी।
27635 चीँ चीँ ना. १. मसिना चराचुरुङ्गी कराएको शब्द, चराचुरुङ्गीको कराइ।
27636 चीँ चीँ ना. क्रि.वि. २. दुधे बालक कराए झैं वा बचरा चिरचिराए गरी।
27637 चीँ मुसी ना. केटाकेटीहरूले हातमाथि हात राखी चिम्टिएर खेल्ने बालखेल।
27638 चीज ना. हे चिज।
27639 चीज ना. हे चिज।
27640 चीड ना. हे. चिड।
27641 चीत्कार ना. ठुलो र चर्को स्वरले अताल्लिएर कराउँदाको आवाज; पीडाले भरिएको चिच्याहट।
27642 चीन ना. नेपालदेखि उत्तरतिर रहेको, दक्षिणपूर्व एसियाको एक प्रसिद्ध ठुलो देश।
27643 चीनांशुक ना. चीनमा बनेको रेसमी कपडा, चिनियाँ रेसमी कपडा।
27644 चीना ना. हे चिना१।
27645 चीनी वि. हे. चिनी १।
27646 चीफ वि. हे. चिफ।
27647 चीर ना. १. कपडा, वस्त्र।
27648 चीर ना. २. कपडाको धरो, वस्त्रको टुक्रा।
27649 चीर ना. ३. बौद्ध भिक्षुहरूले लगाउने गेरुवा वस्त्र।
27650 चीर ना. ४ फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको धजा।