Dictionary

All Word

27551 चिलिमे ना. विशेष गरी हिमाली भेकमा पाइने तामेढुकुरजस्तो एक जातको चरो।
27552 चिलेसाचिलेसी ना. [सानाठुला धेरै चिलेसाको समूह।
27553 चिसो ना. चामल, पिठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रङको र गहुँको चाहिँ कालो वा रातो रङको पनि हुने सानो किरो; चिल्सो; चिलेसो।
27554 चिलो ना. १. चारैतिर छापिएर रहने जुम्रा, भुसुना आदि किराहरूको गुन्द्रो छापो।
27555 चिलो ना. २. गहुँ, जौ आदि अनाजको भुस।
27556 चिल्के ना. ढुङ्गामा टाँसिएर रहने, ऐना जस्तै चिल्ल टल्कने वस्तु अभ्रक।
27557 चिल्को ना. १. चराचुरुङ्गी आदिको प्वाँख नउम्रेको बच्चो।
27558 चिल्को ना. २. साह्रै सानो आकारको वस्तु।
27559 चिल्थो वि. फाटेर झुत्रो भइसकेको, थोत्रो काममा आउन नसक्ने अवस्थाको।
27560 चिल्थो वि. ना. २. झुत्रो कपडा, कागत आदि वस्तु।
27561 चिल्ल क्रि.वि. बारुलो, अरिङ्गाल, बछ्‌युँ आदि उड्ने किराले चिल्दा दुख्ने, पोल्ने वा डहने गरी।
27562 चिल्लर ना. पसिनाबाट उत्पन्न भई कपालमा वा लगाएका लुगामा टाँसिएर रहने मसिनो किरो; जुम्रो।
27563 चिल्लाइ ना. चिल्लाउने क्रिया वा प्रक्रिया।
27564 चिल्लाइनु क.क्रि. चिच्च्याइनु, ठुलो र चर्को स्वरले कराइनु।
27565 चिल्लाउनु अ.क्रि. ठुलो स्वरले कराउनु, चिच्च्याउनु।
27566 चिल्लाहट ना. चिल्लाउने भाव, क्रिया वा स्थिति।
27567 चिल्ली वि. १. चिल्लो वर्ण भएकी, चिल्लो घसेकी।
27568 चिल्ली वि. २. मुखले मिठा कुरा गर्ने।
27569 चिल्ली वि. ना. [सं. चिल्ल + ई] ३. चिलले जस्तै धेरै केटाकेटी वा गाईबस्तुले घेरेर व्याकुल पारेको स्थिति।
27570 चिल्लीबिल्ली ना. कसैबाट पनि सहायता लिन नसकिने स्थिति के गरूँ, कसो गरूँको अवस्था, बिल्लीबाठ; बिचल्ली; बिजोक।
27571 चिल्ली राँड ना. छोराछोरी भएकी बिधुवा स्त्री।
27572 चिल्लो ना. १. घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ, चिल्लोपन, स्निग्धता।
27573 चिल्लो ना. वि. २. तेल - घिउ आदिको जस्तो चिल्लो भएको, चिप्लो, टल्कने।
27574 चिल्लो घसाइ ना. मुखले ठिक पार्ने कुरा वा परिपाठ, मिठा कुरा गरी आफ्नो हुँदो तुल्याउने काम खुसामद।
27575 चिल्लोचापुल्लो ना. १. घिउ, तेल आदि स्निग्ध पदार्थ, चिल्लो भएको वस्तु।
27576 चिल्लोचापुल्लो ना. २. स्निग्धता।
27577 चिल्लै अपेक्षित वस्तु नपाउने स्थिति।
27578 चिल्लौरी ना. एक हिंसक पक्षी; चिल।
27579 चिल्ल्याइ ना. चिल्लो पार्ने भाव, क्रिया वा प्रक्रिया।
27580 चिल्ल्याइनु क.क्रि. चिल्ल्याउने पारिनु, चिल्लो पार्न लगाइनु।
27581 चिल्ल्याउनु स.क्रि. चिल्लो पार्नु, चिल्लो बनाउनु, चिप्लो बनाउनु।
27582 चिल्ल्याहट ना. चिल्लो पार्ने वा चिल्लो बनाउने काम, भाव वा अवस्था।
27583 चिल्सो ना. हे. चिलेसो।
27584 चिवा ना. १. साना-साना स्तूप, चैत्य, मन्दिर आदि भएको विहार।
27585 चिवा ना. २. ससाना स्तूप आदि।
27586 चिसमिरो वि. अलि-अलि चिसो; ओसिलो परेको।
27587 चिसान ना. १. सधैँ चिसो भइरहने ठाउँ वा जग्गा।
27588 चिसान ना. २. चिसोपनको मात्रा।
27589 चिसापानी ना. चिसो पानी हुने वा पाइने ठाउँ।
27590 चिसापानीगढी ना. १. काठमाडौंबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी।
27591 चिसापानीगढी ना. २. हाल मकवानपुर जिल्लामा पर्ने महाभारत पर्वत-शृङ्खलामा रहेको राणाकालीन एक प्रसिद्ध प्रशासनकेन्द्र।
27592 चिसापानीगढी ना. ३. राजधानी आउने जानेको खान तलासी २००७ सालपूर्व कडिकडाउका साथ र त्यसपछि क्रमशः खुकुलो गरिंदै आएको एक गौंडा।
27593 चिसिनु अ.क्रि. १. चिसो हुनु।
27594 चिसिनु अ.क्रि. २. भिज्नु।
27595 चिसिनु अ.क्रि. ३. ओसिनु।
27596 चिसिनु अ.क्रि. ४. सेलाउनु।
27597 चिसो वि. १. ताताको अंश पटक्कै नभएको, पानी ननिथ्रेको ठन्डा बनेको; नओबाएको।
27598 चिसो वि. २. जाडो हुने खालको; ठिहिऱ्याउँदो।
27599 चिसो वि. ३ तिर्खा मर्ने, शीतल।
27600 चिसो वि. ४. स्वास्थ्यकर।