Dictionary

All Word

27401 च्याखुरो ना. १. तित्रा र कुखुरा झैँ लड्नमा प्रसिद्ध, कालिजभन्दा सानो र तित्राभन्दा ठुलो, रातो चुच्चो हुने, खैरो भुइँ भएको, रागे चरो।
27402 च्याखुरो ना. २. कुनै प्रेमीले प्रेमिकालाई हेरे झैँ शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयुक्त हुने सोही चरो; चकोर।
27403 च्याङ्ग्रे ना. १. च्याङ्ग्रा बिक्री गर्न ल्याउने व्यक्ति। वि.
27404 च्याङ्ग्रे ना. २. अत्यन्त दुब्लो, सुकुटे, नसे, च्याँसे।
27405 च्याङ्ग्रे धर्ना ना. कहिले सस्तो पाइएला भनी कुरिरहने काम।
27406 च्याङ्ग्रो ना. १. जिउमा लामालामा झ्यापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाखो। वि.
27407 च्याङ्ग्रो ना. २. दुब्लो, नसे, च्याँसे, च्याङ्ग्रे।
27408 च्याटच्याट क्रि.वि. १. १ बराबर टाँसिने गरी लस्सा लागेर।
27409 च्याटच्याट क्रि.वि. २. बराबर डोरी आदि छिन्ने गरी।
27410 च्याट्ट क्रि.वि. १. लस्सादार वस्तु एकैपल्ट टाँसिए झैँ गरी।
27411 च्याट्ट क्रि.वि. २. डोरी आदि छिन्दा चड्का आवाज आए।
27412 च्यात्नु स.क्रि. १. कपडा, कागत, पात आदि वस्तुलाई छुट्टयाउनु वा फार्नु टुक्रा पार्नु नष्ट पार्नु।
27413 च्यात्नु स.क्रि. २. फट्टाउनु, चिर्नु।
27414 च्यात्नु स.क्रि. ३. जबरजस्ती खोस्नु (दिव्य.)।
27415 च्यातचुत ना. च्यात्नेवर्ने काम, कामका लागि वा विनाकाममा पनि कपडा आदि च्यात्ने वा फाड्ने काम।
27416 च्यातचुते ना. १. कामका लागि च्यात्न राखिएको वा ठिक्क पारिएको कपडा; च्यातचुतका निम्ति छुट्ट्याइएको कपडा, कागत आदि। वि.
27417 च्यातचुते ना. २. च्यातिएको, च्यात्न ठिक्क पारिएको।
27418 च्यातच्याती क्रि.वि. कपडा, कागत आदि च्यातिँदा आवाज आए झैँ गरी।
27419 च्याताच्यात ना. परस्परमा एक अर्काका लुगाफाटो आदि धमाधम च्यात्ने काम।
27420 च्यातिनु स.क्रि. १. कपडा, कागत आदि टुक्रिनु, फाट्नु, चिथ्रा हुनु। क. क्रि.
27421 च्यातिनु स.क्रि. २. चिरिनु, फारिनु।
27422 च्यान्टा वि. सानो गाँठी वा कदको, छरितो र चट्ट परेको।
27423 च्यान्टा घोडा ना. सानो गाँठीको फुर्तिलो घोडा।
27424 च्यान्टाच्यान्टी ना. सानाठुला धेरै च्यान्टाको समूह।
27425 च्यान्टी वि. सानो गाँठी वा कदकी छिटी - छरिती र चट्ट परेकी (आइमाई )।
27426 च्यान्टे वि. च्यान्टा वा च्यान्टो परेको, सानो गाँठी वा कदको।
27427 च्यान्टेकर्मी वि. कुनै वस्तु जोड्ने साधन वा उपकरण ( ज्वाइनर )।
27428 च्यान्टो वि. १. सानो गाँठीको र छरितो; बलियो र पुड्को, च्यान्टा। ना.
27429 च्यान्टो वि. २. त्यस्तो मानिस वा गाईबस्तु।
27430 च्याप्नु स.क्रि. दुईतिरबाट च्याप्प पारेर दबाउनु दाबिने गरी थिच्नु।
27431 च्यापच्याप क्रि.वि. १. लस्सादार वस्तु टाँसिए झैँ गरी, च्याटच्याट।
27432 च्यापच्याप क्रि.वि. २. गर्मी, परिश्रम वा धकले मुख सुकाएर।
27433 च्यापच्याप क्रि.वि. ३. नरम वस्तु चपाउँदा शब्द निस्के झैँ गरेर।
27434 च्यापिनु क.क्रि. च्याप्ने काम गरिनु।
27435 च्यापु ना. सानो जातको च्याङ्ग्रो, सानो च्याङ्ग्रो।
27436 च्यापु, ना. १. चिउँडादेखि तलतिर र रुद्रघण्टीदेखि मास्तिरको भाग; तल्लापट्टिका गिजा रहने भाग।
27437 च्यापु, ना. २. चिउँडो।
27438 च्यापो ना. दुईतिरबाट च्याप्ने साधन वा यन्त्र, चेपुवा।
27439 च्याप्जु / च्याप्ज्यू ना. धेरै पुस्ता माथिका बाजेबराजु।
27440 च्याप्टिनु अ.क्रि. १. थिचिएर वा ड्याचिएर पातलो हुनु, च्याप्टो हुनु।
27441 च्याप्टिनु अ.क्रि. २. दुईतिरका वस्तुका चेपमा परेर थिचिनु।
27442 च्याप्टी ना. १. कुनै वस्तुलाई च्यापेर झिक्ने वा राख्ने कामका लागि चाहिने साधन, चिम्टी। वि.
27443 च्याप्टी ना. २. च्याप्टो आकार भएकी (आइमाई )।
27444 च्याप्टी काँटी ना. कपाल आदि च्याप्ने काँटा, सेप्टीपिन।
27445 च्याप्टे वि. च्याप्टो परेको; च्याप्टो आकार भएको।
27446 च्याप्टे सिउँडी ना. पहेँला फूल र पहेंलै फल हुने, लामा-लामा काँडैकाँडा भएको, बाक्लो पातका छाँटको एक प्रकारको सिउँडी, मदिसे काँढो।
27447 च्याप्टो वि. चेप्टो परेको, चेप्टो बनेको, चेप्टिएको।
27448 च्याप्प क्रि.वि. १. मुख सुकेर जिब्रो तालुमा जोडिए जस्तै गरी।
27449 च्याप्प क्रि.वि. २. कुनै वस्तुमा टाँसिए झैँ भएर।
27450 च्याप्सो ना. १. च्याप्ने साधन।