Dictionary

All Word

27301 चौबीस वि. हे चौबिस।
27302 चौबीसी ना. हे. चौबिसी।
27303 चौबीसे ना. हे. चौबिसे।
27304 चौबीसौं वि. हे. चौबिसौं।
27305 चौमास ना. १. चार महिनाको समूह।
27306 चौमास ना. २. आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको अवधि।
27307 चौमासा ना. १. चौमास।
27308 चौमासा ना. २. चौमासका अवसरमा गरिने धर्म-कर्म।
27309 चौमासे वि. चार महिनामा हुने वा भएको, चारमहिने (पत्र, पत्रिका इ.)।
27310 चौमुखी / चौमुखे वि. १. चारमुखे।
27311 चौमुखी / चौमुखे वि. २. चारतिरबाट गरिने वा हुने।
27312 चौमुहान ना. १. चारैतिरका मुहान एकै ठाउँमा मिल्ने ठाउँ।
27313 चौमुहान ना. २. चार मार्ग वा नदीको सङ्गम (बाटो, गौंडो, नदी, घाट आदि)।
27314 चौमुहाने वि. १. चौमुहान रहेको वा भएको ( ठाउँ)।
27315 चौमुहाने वि. २. चौमुहानका छेउछाउ बस्ने।
27316 चौर ना. दुबो आदि घाँस उम्रिएको खुला मैदान, चउर।
27317 चौर ना. १. चोरीको काम गर्ने व्यक्ति, चोर।
27318 चौर ना. २. संस्कृत भाषाका एक प्राचीन कवि।
27319 चौरकर्म ना. चोर्ने काम, धनसम्पत्ति हरण गर्ने काम; चोरी।
27320 चौरचन ना. १. गणेश चौथीका दिन मनाइने सांस्कृतिक उत्सव, गणेश चौथीका राती फलफूल आदि चोर्ने पर्व।
27321 चौरचन ना. २. लोकधारणाअनुसार उक्त चौथीका दिन चौरदोषबाट लाञ्छित चन्द्रमा, चथा (नेवा)।
27322 चौरस वि. १. चार कुना परेको, चार कुना मिलेको, चारकुने ठाउँ, जमिन, वस्तु इ.)।
27323 चौरस वि. २. फराकिलो र सम्म।
27324 चौरस्ता ना. चारैतिरबाट छुट्ने र मिल्ने ठाउँ, चौबाटो।
27325 चौरानब्बे ना. १. नब्बे र चार जोड्दा हुने सङ्ख्या (४ को अङ्क। वि.
27326 चौरानब्बे ना. २. नब्बेमाथि चार थप्दा हुने सङ्ख्याको त्यति सङ्ख्यामा पर्ने।
27327 चौरानब्बे / चौरानब्बेयौँ वि. चौरानब्बे सङ्ख्यामा आउने वा पर्ने।
27328 चौरानब्बे ना. / वि. हे. चौरानब्बे।
27329 चौरान्नब्बेयौँ वि. चौरानब्बेऔँ।
27330 चौरास ना. १. चढिने घोडाका घाँटीमा लगाइने ससाना घण्टहरूको माला।
27331 चौरास ना. २. जीवले चौरासी योनि घुम्नु पर्छ भन्ने कथन, सबैतिर (जस्तै- चारचौरास )।
27332 चौरासिऔँ / चौरासियौँ वि. चौरासी सङ्ख्याको क्रममा आउने, चौरासी अङ्कको क्रममा रहेको।
27333 चौरासी ना. १. असी र चार जोडिँदा हुने सङ्ख्या बराबरको अङ्क, ८४ को अड्क। वि.
27334 चौरासी ना. २. असी र चार जोड्दा हुने सङ्ख्याको, सो सङ्ख्यामा पर्ने।
27335 चौरासी आसन ना. १. योग-साधना गर्दा बसिने चौरासीवटा मानिएका आसन।
27336 चौरासी आसन ना. २. रतिक्रीडाका विभिन्न आसन।
27337 चौरासी सिद्ध ना. इसाका आठौं शताब्दीका आधाआधीदेखि शताब्दीसम्म भएका प्रधान चौरासी सिद्धालूइपा, लीलापा, विरूपा, डोन्डिपा, शवरपा, सरहपा, कङ्कालीपा, मीनपा, गोरक्षपा, चोरङ्गीपा, वीणापा, शान्तिपा (रत्नाकर शान्ति), तन्तिपा, चमरिपा, खङ्गपा, नागार्जुन, कन्हपा (चर्यपा), कर्णरिपा (आर्यदेव), थगनपा, नारोपा, शलिपा ( शीलपा), तिलोपा ( तिल्लोपा), छत्रपा, भद्रपा, दोखन्धिपा (दिखण्डिपा), अजोगिपा, कानपा, धोम्मिपा, कङ्कणापा, खमरिया (कम्बलपा), डेडिपा, भर्दपा, तन्धेपा (तन्तेपा), कुकुरिपा, कुचिपा (कुसूलिपा), धर्मपा, महीपा (महिलपा), अचिन्तिपा, भलहपा ( भवपा), नलिनपा, भुसुकुपा, इन्द्रभूति, मेकोपा, कुठालिपा ( कुद्दालिपा), कर्मारपा (कम्बरिपा), जालान्धरपा ( जालधारक), राहुलपा धर्वरिपा (धर्मरिपा), भोहरिपा, मेदनीपा, पङ्कजपा, घण्टापा (वज्रपा), जोगीपा, (अजोगिपा ) चेलुकपा, गुण्डरिपा ( गोरुरपा), लुचिकपा, निर्गुणपा, जयानन्त, चर्पटिपा (पचरिपा), चम्पकपा, भिखनपा, भलिपा, कुमरिपा, खरिपा ( जवरि- अजपलिपा ), मणिभद्रा ( योगिनी), मेखलापा ( योगिनी), कनखलपा ( योगिनी), कलकलपा, कन्तलिपा (कन्थालिपा), धहुलिपा (धहुरिपा), उधलिपा ( उधरिपा), कपालपा (कमलपा), किलपा, सागरपा, सर्वभक्षपा, नागबोधिपा, दारिकपा, प्रतुलिपा, पनहपा ( उपानहपा), कोकालिपा, अनङ्गपा, लक्ष्मीकरा ( योगिनी), समुदपा र भलिपा (यालिपा )]।
27338 चौरासी / चौरासीयौँ वि. हे. चौरासियौँ।
27339 चौर्य ना. चोरी, चोरीको काम।
27340 चौर्यरत ना. लुकीछिपी गरिने सम्भोग गुप्त मैथुन।
27341 चौर्यरत ना. चोरीको पेसा, चोरी नै जीविकाको मुख्य आधार हुने व्यवहार।
27342 चौल ना. द्विजजातिले मानिआएका सोह संस्कारमध्ये एक संस्कार, चूडाकर्म, मुण्डन, छेवर।
27343 चौलकर्म ना. छेवर, मुण्डन।
27344 चौलानी ना. चामल भिजाएर निकालेको पानी; चामल पखालेको पानी।
27345 चौलाने ना. १. लँडेको साग।
27346 चौलाने ना. २. चिल्ला र ठुला पात हुने साधारण को रुख। वि.
27347 चौलाने ना. ३. चौलानीजस्तो पातलो (मही आदि)।
27348 चौशाला ना. बिचमा फराकिलो आँगन राखी त्यसवरिपरि घुमाएर बनाइएको घर।
27349 चौसट्ठिऔँ / चौसट्ठियौँ वि. चौसट्ठी सङ्ख्याका क्रममा आउने, चौसट्ठी सङ्ख्याको।
27350 चौसट्ठी ना. १. साठी र चार जोड्दा हुने सङ्ख्या ६४ को अङ्क। वि.