Dictionary

All Word

27151 चौके वि. चार गुना बराबर चार दोबर (जस्तो- दुई चौके आठ, चार चौके सोह इ.)।
27152 चौको ना. १. चार पाटा गरी ढुङ्गोमाटोद्वारा उठाइएको सानो ढिस्को।
27153 चौको ना. २. चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन।
27154 चौको ना. ३. खान बस्ने चुलामुनिको अलग्ग ठाउँ।
27155 चौको ना. ४. वि. चौके (तीन चौको बाह्र, चार चौको सोह इ.)।
27156 चौकोस ना. १. झ्याल, ढोका आदिमा काठ, ऐना आदि जनका निमित्त बनाइएको चारपाटे खापा, झ्याल, ढोका आदि जड्न वा लगाउनका निम्ति बनाइएको चार पाटा परेको काठको घेरो फ्रेम।
27157 चौकोस ना. २. चार सुर, चौकोण। वि.
27158 चौकोस ना. ३. चारसुरे।
27159 चौकोसी ना. १. चार कोसको समूह।
27160 चौकोसी ना. २. चार कोसको गिर्दा।
27161 चौकोसे वि. चार सुर भएको, चारसुरे।
27162 चौखण्ड ना. हे. चौखन्ड।
27163 चौखन्ड ना. १. चार खण्डको समूह।
27164 चौखन्ड ना. २. अपहत्ते, ठुलो आग्रह। वि.
27165 चौखन्ड ना. ३. चार गुना बराबर, चार दोबर; चौबर।
27166 चौखुँडा वि. १. चारैतिर कुना परेको; चारपाटे। ना.
27167 चौखुँडा वि. २. चार कुनाको समूह।
27168 चौखुँडे वि. चार खुँडा भएको; चौकुने, चारकुने।
27169 चौखुट ना. १. चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन।
27170 चौखुट ना. २. भयाल, ढोका आदिका निम्ति बनाइएको द्वारमण्डल, चौकोस।
27171 चौखुट ना. 3. बराबर अकलिएका चार अंशमध्ये कुनै एक।
27172 चौखुट्टे वि. १. चार खुट्टा भएको (पशु वा खाट, खटिया, मेच आदि)। ना.
27173 चौखुट्टे वि. २. पशु चौपाया।
27174 चौखुर ना. चार खुरको समूह; चारवटा खुर।
27175 चौखुरिनु ना. १. चार हातखुट्टा एकै ठाउँमा कसेर बाँधिनु।
27176 चौखुरिनु ना. २. हातगोडा नचल्ने अवस्थामा पुग्नु।
27177 चौखुरी ना. पशुका खुरनिर रहेको एक अवयव।
27178 चौखुऱ्याइ ना. चौखुरिने क्रिया वा प्रक्रिया।
27179 चौखुऱ्याइनु क.क्रि. चौखुरिने पारिनु, चौखुऱ्याउने काम गरिनु।
27180 चौखुऱ्याउनु स.क्रि. / प्रे.क्रि. १. चार हातखुट्टा एकै ठाउँमा पारेर बाँध्नु।
27181 चौखुऱ्याउनु स.क्रि. / प्रे.क्रि. २. चौखुरिने पार्नु।
27182 चौखुऱ्याहट ना. चौखुऱ्याउने अवस्था वा क्रियाप्रक्रिया।
27183 चौगडा ना. हे. चौघडा।
27184 चौगरो ना. चारैतिर घुमेको आली भएको खेतको गरो खेतको ठुलो गरो।
27185 चौगाराचौगारी ना. सानाठुला चौगाराहरूको समूह।
27186 चौगारी ना. चौगाराको सानो रूप।
27187 चौगारो ना. १. चार गाराहरूको समूह।
27188 चौगारो ना. २. चारैपट्टिका गारामा टाँसेर बनाइएको पेटी।
27189 चौगिर्द / चौगिर्दा ना. १. घर, जग्गा आदिको चारैतिर बेरिएको पर्खाल। क्रि.वि.
27190 चौगिर्द / चौगिर्दा ना. २. वरिपरि चारैतिर।
27191 चौगुना वि. १. चार गुना बराबरको, चारगुना, चारले गुनिएको, चार दोबर, चौबर। क्रि.वि.
27192 चौगुना वि. २. चारको अनुपातमा (ठुलो वा सानो)।
27193 चौगेडी ना. सुनको घेरा भएको, बिच बिचमा मोती, पन्ना आदि जडिएको ठुलो खालको मुन्द्रोजस्तो गहना।
27194 चौगोडी ना. पलेंटी।
27195 चौघडा ना. राता आँखा र जिउ सेता वा कालो टाटा भएको, घाँस खाने, चारै गोडा उचालेर हिँड्ने, खरायोका जातको घरपाला जन्तु, घरखरायो; चौगडा।
27196 चौघडी ना. चार घडीको समय।
27197 चौघडी ना. चारवटा घोडाद्वारा तानिने बग्गी, चौघोडी।
27198 चौघडे वि. चारवटा घोडा भएको; चौघोडे।
27199 चौघरा ना. १. बिचमा आँगन वा चोक राखी त्यसको चारैतिर बनाइएको घर। वि.
27200 चौघरा ना. २. चौघडे।