Dictionary

All Word

27251 चौथी ना. १. दुधे बालकलाई घोटीका साथमा मिसाएर खुवाइने मोथे, पिपला, मजिठो र कर्कटशृङ्गीको धुलो।
27252 चौथी ना. २. यसरी तयार गरिएको एक थरी आयुर्वेदिक औषधी।
27253 चौथो वि. १. तेस्रोपछिको चतुर्थ।
27254 चौथो वि. २. गन्दा वा गन्ती गर्दा चारौंमा पर्ने; रोलक्रममा चारौंमा परेको।
27255 चौदण्डी ना. हे चौदन्डी।
27256 चौदन्डी ना. १. चारैतिर दण्डले घेरिएको फराकिलो जग्गा, चारैतिर खुला रहेको ठाउँ।
27257 चौदन्डी ना. २. उदयपुर जिल्लाको प्राचीन नाम।
27258 चौदन्त / चौदन्ता वि. १. चार दाँत वा दाहा भएको। ना.
27259 चौदन्त / चौदन्ता वि. २. चार दाँत वा दाहा भएको हात्ती।
27260 चौध वि. १. दश अङ्क र चार अङ्कका योगसङ्ख्याको। ना.
27261 चौध वि. २. तेहपछिको सङ्ख्या; १४ को अङ्क।
27262 चौधराई ना. १. नेपाल तराईका जिल्ला, मौजामा आबादगुल्जार गराउने र सो मौजाको असुलतहसिल गरी सरकारमा बुझाउने चौधरीले गर्नुपर्ने काम - कर्तव्य।
27263 चौधराई ना. २. सो काम गरेबापत खान पाउने दस्तुर।
27264 चौधरी ना. १. चारै वर्ण वा आश्रममा रहने व्यक्तिहरूको देखभाल गर्ने व्यक्तिलाई दिइने पदविशेष।
27265 चौधरी ना. २. तराईवासी वा तराई मूलका थारूहरूलाई सम्मान गरी बोलाउँदा प्रयोग गरिने शब्द।
27266 चौधुन्द / चौधुन्न क्रि.वि. असाध्यै; चौपट्टै; बिछट्ट।
27267 चौधौं वि. चौध सङ्ख्याको क्रममा आउने, चौध नम्बरमा गनिने, तेह्रपछिका सङ्ख्याको।
27268 चौपट ना. १. कौडा खेलको एक दाउ, चार ठाडा।
27269 चौपट ना. २. सत्यानाश।
27270 चौपट ना. ३. अन्याय, जुलुम। क्रि.वि.
27271 चौपट ना. ४. धेरै, निकै; चौपट्टै। वि.
27272 चौपट ना. ५. नष्ट, छारस्ट, स्वाहा।
27273 चौपट ना. ६. चारैतिरबाट खुला वा छर्लङ ( जमिन आदि)।
27274 चौपट ना. ७. चारपाटे।
27275 चौपट्ट क्रि.वि. १. अत्यन्त बिछट्ट। वि.
27276 चौपट्ट क्रि.वि. २. अति ज्यादा; धेर।
27277 चौपट्टी ना. १. चारैतर्फ सुर मिलेको जमिन।
27278 चौपट्टी ना. २. जग्गाको चौहद्दी।
27279 चौपर्खाल ना. जग्गा जमिन, घर, बगैँचा आदिलाई घेर्न चारैतिरबाट उठाइएको पर्खाल, चारैतिर घेरेर उठाइएको पर्खाल।
27280 चौपाई ना. १. चारोटा खुट्टा भएको काठ आदिको खाट।
27281 चौपाई ना. २. चार पाटा परेको कुनै बिछ्याउना।
27282 चौपाई ना. ३. एक पाउमा सोह मात्रा भएको अन्तिम दुई अक्षर गुरु हुने मात्रिक छन्द।
27283 चौपाया वि. १. चारवटा खुट्टा हुने। ना.
27284 चौपाया वि. २. चारखुट्टे पशु।
27285 चौपाला ना. १. हात्तीको हौदामाथि जडिएको चंदुवा भएको बस्न हुने साधन।
27286 चौपाला ना. २. म्यानाका आकारको सवारीसाधन।
27287 चौपाला २ ना. पूजाका विभिन्न सामान राख्ने, चार खण्ड भएको, धातुको भाँडो, पूजाको भाँडो।
27288 चौबन्दी ना. दाहिने कोखातिर तलमाथि दुई ठाउँ र देब्रे कोखातिर तलमाथि दुई ठाउँ गरी जम्मा चार ठाउँमा बाँधिने तुना भएको वस्त्र (चोलो, भोटो इ.)।
27289 चौबन्दी चोलो ना. चार ठाउँमा तना बाँधिने चोलो।
27290 चौबन्दी भोटो ना. चार ठाउँ तना बाँध्नुपर्ने भोटो।
27291 चौबर वि. १. चार गुना परिमाणको।
27292 चौबर वि. २. चौखण्ड, चार पटकलाई पुग्ने (कुनै वस्तु)।
27293 चौबाटो ना. चारवटा बाटाहरू मिलेको ठाउँ, चारैतिर जाने बाटा भएको खुला ठाउँ।
27294 चौबास ना. १. एकै घरका मानिसहरूले चारतिर बास गर्ने काम; चारतिर बास हुने स्थिति।
27295 चौबास ना. २. चौथो दिनको बास।
27296 चौबिस वि. १. बिस र चार जोडेको सङ्ख्याजति। ना.
27297 चौबिस वि. २. चौबिसको सङ्ख्या २४' को अङ्क।
27298 चौबिसी / चौबिसे ना. १. चौबिसवटा सानासाना राज्यहरू भएको क्षेत्र, गण्डकी - प्रसवण- क्षेत्रका राज्यहरूलाई मध्यकालीन नेपालमा दिइएको सामूहिक नाम (लमजुङ, कास्की, नुवाकोट, सतहुँ, गरहुँ, भिरकोट, ढोर, पैयुँ, तनहुँ, रिसिङ्, घिरिङ, गजरकोट, पाल्पा, गुल्मी, अर्घा, खाँची, पर्वत, गलकोट, मुसिकोट, धुरकोट, इस्मा, प्युठाना, खुमरी विमरी)। वि.
27299 चौबिसी / चौबिसे ना. २. चौबिसको; चौबिससम्बन्धी।
27300 चौबिसौं वि. चौबिस अङ्क वा सङ्ख्यामा पर्ने तेइसपछिको पहिलो।