Dictionary

All Word

27851 चुनारो ना. काठ कुँदेर त्यसका भाँडा कुँडाहरू बनाउने काम गर्ने जाति, चँदारो, चनारो।
27852 चुनाव ना. चुनाउ; निर्वाचन।
27853 चुनिलो वि. चुनको जस्तो स्वाद भएको, चर्को, तिक्खर।
27854 चुनी वि. चुनिएको, चुन्ने काम भएको।
27855 चुनी उखु ना. हरियो डाँठ हुने विशेष प्रकारको रसदार उखु।
27856 चुनीचुनाउ वि. घोट, कलप लगाएर चुनोट गरी तयार पारिएको, चुनीवरी ठिक बनाइएको।
27857 चुने ढुड्गो ना. १. चुन बनाउने काममा आउने ढुङ्गो, चुनको अंश रहेको ढुड्गो।
27858 चुने ढुड्गो ना. २. चुनजस्तो सेतो ढुड्गो।
27859 चुनेरी ना. रातो, कलेजी र पहेँलो फूल फुल्ने एक "जातको बोट, सोही बोटको फूल।
27860 चुनोट ना. १. आफ्नो अभिरुचिको विषय छान्ने काम छनोट।
27861 चुनोट ना. २. चुन्ने काम वा प्रक्रिया, निर्वाचन।
27862 चुनोट ना. १. घर, मन्दिर आदिमा चुन पोत्ने काम, चुना लगाउने काम।
27863 चुनोट ना. २. चुनले पोतेको घर।
27864 चुनौटो ना. चुन राख्ने भाँडो वा बट्टा।
27865 चुनौती ना. कसैलाई कुनै विषयमा दिइने उत्तेजक आह्वान, हाँक; ललकार।
27866 चुन्याइ ना. चुना पार्ने क्रिया वा प्रक्रिया।
27867 चुन्याइनु क.क्रि. चुना पारिनु, मुज्याइनु।
27868 चुन्याउनु स.क्रि. चुना पर्ने काम गर्नु, मुजा पार्नु; मुज्याउनु, खुम्चा पार्नु।
27869 चुप ना. बोल्दै नबोली बस्ने स्थिति मौन धारण गर्ने क्रिया; मौन।
27870 चुपचाप ना. १. केही पनि नबोलीकन रहने स्थिति, चापचुप।
27871 चुपचाप ना. क्रि.वि. चालचुल केही नगरी मौनतासित; नबोलीकन।
27872 चुपार ना. १. शिरमा तेल हालेर हत्केलाले थपथप ठोक्ने काम।
27873 चुपार ना. २. जिउमा तेल घस्ने काम तेल लगाउने काम।
27874 चुपार्नु स.क्रि. तालुमा तेल हालेर हत्केलाले ठोक्दै चुपचुप शब्द निकाल्नु, तालुमा तेल ठोक्नु।
27875 चुपाराइ ना. चुपार्ने क्रिया वा प्रक्रिया।
27876 चुपारिनु क.क्रि. चुपार्ने काम गरिनु।
27877 चुपिचण्डाल वि. धुर्त, चम्बु, घट्ट, ज्यादै चलाख, चतुर, कपटी।
27878 चुपिचल्लो ना. १. कागको जस्तो रङ र बनोट परेको तर सानो आकारको एक चञ्चल पक्षी; चिबे।
27879 चुपिचल्लो ना. वि. २. शरीरमा तेल लगाउँदा लचेप्रो बनेको, तेलले जिउ भिजेको, तेल बढी भएर च्यापच्याप भएको।
27880 चुपी ना. १. कर्दका आकारको तर केही पातलिएर लामो हुँदै गएको धारिलो हतियार।
27881 चुपी ना. २. काठ आदि काट्ने टुप्पाको पछिल्लो भाग नुहेको फलामे साधन।
27882 चुप्प क्रि.वि. १. चुम्बन गर्दा शब्द आउने गरी।
27883 चुप्प क्रि.वि. ना. २. म्वाइँ, चुप्पा।
27884 चुप्रनु स.क्रि. बालकलाई शरीर लचेप्रो हुन्जेल तेल लगाउनु।
27885 चुप्राइ ना. चुप्रने क्रिया वा प्रक्रिया।
27886 चुप्राइनु क.क्रि. चुप्रने पारिनु।
27887 चुप्राउनु प्रे. क्रि. चुप्रने पार्नु।
27888 चुप्रिनु अ.क्रि. चुप्रने हुनु, तेल लगाउने काम हुनु।
27889 चुबुरचुबुर ना. / क्रि.वि. हे. चुभुरभुर।
27890 बुर्के ना. पेटमा अकासे रङको भुवादार छाती हुने, सानो र ख्याउटे एक जातको चरो।
27891 चुबुर्को ना. हे. चुभुर्को।
27892 चुभुरचुभुर ना. १. धेरै नदिई अल्प मात्रामा दिने कार्य, चुबुरचुबुर।
27893 चुभुरचुभुर ना. क्रि.वि. २. थोरथोरै मात्रामा अलि अलि छास्सछुस्स।
27894 चुभुरचुभुर ना. ३. घरीघरी, बारम्बार।
27895 चुभुर्किनु अ.क्रि. १. थोरैथोरै हुनु।
27896 चुभुर्किनु अ.क्रि. २. धेरै भाँडामा थोरथोरै अन्न हालिएको हुनु।
27897 चुभुर्को ना. १. दिँदा बाँड्दा वा राख्दाको अल्प मात्रा, चुबुक।
27898 चुभुर्को ना. २. सबै भाँडा उपयोगी वस्तुहरूले भरिई, राख्ने अरू भाँडो नपाइनाले त्यसै उपेक्षित अल्प-उपयोगी वस्तु।
27899 चुभुर्को ना. ३. फाल्न माया लागेकाले मात्र राखिएको तर फाले पनि हुने कुनै वस्तु।
27900 चुभुर्को ना. ४. भाँडा पर्याप्त भएकाले छुट्टै राखिएको नभए मिसाएर राखे पनि हुने वस्तु।