Dictionary

All Word

28001 छर्ल्याड्ड क्रि.वि. २. त्यस्तो ध्वनि निकाल्ने गरी झरेर।
28002 छर्ल्यापछुर्लुप ना. १. तह नमिलेका नाना भाँति काम छर्ने वा लिप्ने जस्ता काम; फटाफट सेउला वा लिङ्गुरा काट्ने जस्ता हडबडमा गरिसक्ने कार्य। क्रि.वि.
28003 छर्ल्यापछुर्लुप ना. २. त्यसरी हडबडमा कुनै काम सक्ने गरी।
28004 छर्ल्याप्प क्रि.वि. छर्ने, लिप्ने, फाँड्ने, ओछ्याउने, ढाक्ने आदि कार्य एकै चोटि सजिलैसँग गरिसक्ने गरी।
28005 छर्ल्यामछुर्लुम ना. १. शरीरमा लगाइएका गहनाहरू परस्परमा ठक्कर लाग्दा उत्पन्न हुने ध्वनि; झर्ल्यामझुर्लुम।
28006 छर्ल्यामछुर्लुम ना. २. छर्ल्यापछुर्लुप। क्रि.वि.
28007 छर्ल्यामछुर्लुम ना. ३. त्यस्तो ध्वनि निस्कने गरी।
28008 छर्ल्याम्म क्रि.वि. १. काँच, पातला धातुका पाता आदि एकाएक भुइँमा झर्दा वा फुट्दाको झैँ ध्वनि उत्पन्न हुने किसिमले।
28009 छर्ल्याम्म क्रि.वि. २. त्यस्ता वस्तु त्यसरी झरेर वा फुटेर, झर्ल्याम्म।
28010 छल्नु स.क्रि. १. एकअर्कालाई कुनै विषयमा झुक्याउनु।
28011 छल्नु स.क्रि. २. वास्तविक रूपलाई छिपाएर अर्कै रूप देखाउनु।
28012 छल्नु स.क्रि. ३. निहुँ झिक्नु, बहाना गर्नु।
28013 छल्नु स.क्रि. ४. कपटपूर्ण व्यवहार गर्नु।
28014 छल्नु स.क्रि. ५. हराउनु।
28015 छल्नु स.क्रि. ६. जादु, टुना आदिले एकै छिनपछि अलप हुने गरी कुनै खास रूप देखाएर अचम्म पार्नु।
28016 छल ना. १. झुक्याउने काम, झुक्कल।
28017 छल ना. २. बहाना देखाउने क्रिया निहुँ झिक्ने काम। ३ ठग्ने कार्य ठगी।
28018 छल ना. ४. कुनै अद्भुत शक्तिले खास क्षणका लागि देखाएको अनौठो रूप वा लीला।
28019 छलक ना. छल्को, छाल।
28020 छलकपट ना. कसैलाई कपटपूर्ण किसिमले छल्ने वा धोका दिने काम, झुक्याउने, लुकाउने र ठग्ने क्रिया।
28021 छलकार ना. १. छल्ने चाल, झुक्कल।
28022 छलकार ना. २. बहाना, निहुँ।
28023 छलकारी वि. झुक्कलमा पार्ने, छल गर्ने, छली।
28024 छलक्क क्रि.वि. १. भाँडामा हालेको, पोखरीको र नदीको पानी वा त्यस्तै हालतमा रहेको कुनै तरल पदार्थ छचल्किए झैँ छल्को उत्पन्न हुने गरी।
28025 छलक्क क्रि.वि. २. तरुनी आइमाईको स्तन हल्लिए झैँ गरी।
28026 छलछद्म / छलछन्द ना. १. छलछाम, छलकपट, ठगठाग।
28027 छलछल ना. १. पानी आदि तरल पदार्थ झर्दा वा छचल्किँदाको आवाज।
28028 छलछल ना. २. मस्त युवतीको स्तनको हल्लाइ। क्रि.वि.
28029 छलछल ना. ३. त्यस्तो ध्वनि वा चाल गरेर।
28030 छलछलती / छलछली क्रि.वि. अझ छलछल गरेर।
28031 छलछाम / छलछाल ना. १. छलकपट, जालझेल।
28032 छलछाम / छलछाल ना. २. आलटाल।
28033 छलछिद्र ना. हे. छलकपट।
28034 छलप्रपञ्च ना. कुटिलतापूर्ण व्यवहार, छलछम, छलछाम।
28035 छलफल ना. १. दुई वा दुईभन्दा बढी व्यक्तिहरू बसेर कुनै विषयमा विचारविमर्श गर्ने काम।
28036 छलफल ना. २. सही कुरो पत्तो लगाउन र खास निर्णयमा पुग्न सम्बन्धित व्यक्तिहरू बसेर गरिने विचारविमर्श, तर्कवितर्क।
28037 छलबल ना. १. कार्यसिद्ध गर्नका निम्ति प्रयोग गरिएको छल र शक्ति।
28038 छलबल ना. २. छलरूपी बल।
28039 छलयोजन ना. चलाकीका साथ अयथार्थ वा बनावटी चाल खेल्ने काम; काम पटाउन सक्ने किसिमले गरिने छलछाम।
28040 छलाइ ना. छल्ने क्रिया वा किसिम।
28041 छलाइनु क.क्रि. छल्न लगाइनु; छल्ने पारिनु।
28042 छलाउनु प्रे. क्रि. छल्न लगाउनु; छल्ने पार्नु।
28043 छलाछल ना. १. एकले अर्कालाई छल गर्ने वा छल्ने काम; परस्परको दोहोरो छल।
28044 छलाछल ना. २. छलको अटुट क्रम।
28045 छलाहा वि. छल्ने काम गर्ने; छली; छलुवा।
28046 छलिनु क.क्रि. १. लुकिनु; छिपिनु; हराउनु।
28047 छलिनु क.क्रि. २. जालझेलमा परिनु; ठगिनु।
28048 छलिक ना. छल गर्ने व्यक्ति; इन्द्रजाली; छली व्यक्ति।२. साहित्यमा रूपकको एक भेद।
28049 छलित वि. छल गरिएको; छलिएको; झुक्क्याइएको।
28050 छली वि. छल गर्ने; छलकारी; ठगी; जाली; झेली।