Dictionary

All Word

28151 चेत ना. 3. पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति, स्मरण, स्मृति।
28152 चेत ना. ४. मन; चित्त; हृदय।
28153 चेतक वि. १. कुनै घटना वा विषयको पूर्वज्ञान गराउने, काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने, सचेतक।
28154 चेतक वि. ना. २. महाराणा प्रतापको एक प्रसिद्ध घोडाको नाम।
28155 चेतन ना. १. प्राणीमा रहने बुद्धितत्त्व वा चित्तत्त्व, चेतना, चैतन्य।
28156 चेतन ना. २. चेत हुने प्राणी।
28157 चेतन ना. ३. ईश्वर, परमात्मा।
28158 चेतनशील वि. चेतनशक्ति वा ज्ञान सक्रिय र क्रियाशील रहेको; चेतना भएको।
28159 चेतना ना. १. प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन।
28160 चेतना ना. २. सत्-असत् छुट्ट्याउन सक्ने बुद्धि, विवेक।
28161 चेतना ना. ३. कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस।
28162 चेतना ना. ४. जीवनशक्ति।
28163 चेतनामय वि. चेतनाले युक्त, चेतना भएको, चैतन्यमय।
28164 चेतबाबा वि.बो. १. ठक्कर वा हन्डर खाएर चेत्ने व्यक्तिको मुखबाट निस्कने ध्वनि।
28165 चेतबाबा वि.बो. ना. २. हन्डर ठक्कर।
28166 चेतबाबा वि.बो. वि. ३. चेतेको; हन्डर खाएको।
28167 चेतबाबा काशी वि.बो. चेतबाबा; हायलकायल।
28168 चेताइ ना. चेत्ने किसिम वा क्रिया।
28169 चेताइनु क.क्रि. चेत्ने पारिनु, चेन लाइनु।
28170 चेताउनी ना. कुनै विषयमा पूर्वज्ञान दिने काम, सचेत वा होसियार गराउने कार्य, पूर्वजाउ, नसिय।
28171 चेताउनु स.क्रि. कुनै कामकुराको दुष्परिणामबाट कसैलाई सचेत वा सावधान गराउनु, चेतावनी दिनु, चेत्ने बनाउनु।
28172 चेतावनी ना. चेताउनी।
28173 चेताहा वि. चेत्ने खालको, चेत पाइसकेको।
28174 चेतिनु अ.क्रि. चेत्ने होइनु, चेतेको होइनु।
28175 चेतुवा वि. १. चेत्ने खालको, चेत पाएको।
28176 चेतुवा वि. २. अनुभवी।
28177 चेन ना. धातुका ठोसाका मुन्द्राहरू जोडेर बनाइएको डोरी; जन्जिर, सिक्री, साङ्लो।
28178 चेन्जफेन्ज ना. १. यताको उता र उताको यता पार्ने काम, हेरफेर, अदलीबदली, सारसुर, साटसुट परिवर्तन।
28179 चेन्जफेन्ज ना. २. कर्मचारीहरूको स्थानान्तरण; पजनी; परपजनी।
28180 चेप्नु स.क्रि. कुनै दुइटा वस्तुले बिचको वस्तुलाई दुईतिरबाट बेसरी दाब्नु, करेपमा पार्नु, बेसरी थिच्नु।
28181 चेप ना. १. दुई फग्ल्याँटा वा साहा वस्तुका बिचको ठाउँ, दुलो।
28182 चेप ना. २. दुई बाहुपाशका बिचको भाग, काख।
28183 चेप ना. ३. दुई डाँडाका बिचको ठाउँ खोल्सो, खुँज, खोच।
28184 चेपा ना. १. पूर्वपुरुष, च्याप्ज्यू।
28185 चेपा ना. २. भ्यागुताका फुलबाट भरखर निस्केका बच्चा ; चेपागाँडा।
28186 चेपाइ ना. चेप्ने किसिम वा क्रिया।
28187 चेपाइनु क.क्रि. चेप्ने पारिनु; चेप्न लगाइनु।
28188 चेपाउनु प्रे. क्रि. चेप्न लगाउनु, चेप्ने पार्नु।
28189 चेपागाँडा ना. १. खुट्टा नउम्रिएका भ्यागुताका बच्चा।
28190 चेपागाँडा ना. २. भ्यागुताका चेपा (भर्खर फुल फुटेर निस्किएका ) र गाँडा ( अलिक हुर्किएका बच्चाहरू)।
28191 चेपाङ ना. १. नेपालका तल्ला पहाडी भेकहरूमा आदिकालदेखि बस्तै आएका जनजातिहरूमध्ये एक जाति।
28192 चेपाङ ना. २. भ्यागुतो जस्तै देखिने तर पुच्छर भएको कालो रङको घसेर हिँड्ने प्राणी, भानेमुङ्ग्रो जस्तै जन्तु।
28193 चेपाङ्गी ना. १. चेपाङ जातिको, चेपाङसम्बन्धी।
28194 चेपाङ्गी ना. ना. २. चेपाङको भाषा।
28195 चेपारे वि. १. चिप्लो घसेर आफू साखिलो हुने, लोलोपोतो पार्ने, बेसारे।
28196 चेपारे वि. २. नभएको कुरो पनि हो जस्तो पारेर साखुल्ले हुने वा झुटो प्रशंसा गर्ने, बेसारे, चिल्लोघसुवा।
28197 चेपारे वि. ना. ३. चेपारो।
28198 चेपारे ना. धोक्रोजस्तो गुँड बनाएर बस्ने एक प्रकारको चरो; तोपचरो; धोक्रेचरो; दमाईंचरो; बगेडी।
28199 चेपारो ना. १. साँच्चै हो जस्तो पारी पेस गरिएको झुटो प्रशंसा; बेसारे वचन; चेप्य्राइँ चेपारेपन।
28200 चेपारो ना. २. साह्रै साँघुरो ठाउँ।