Dictionary

All Word

28201 चेपाहा वि. १. चेप्ने काम गर्ने; चेप्ने गुण भएको।
28202 चेपाहा वि. ना. २. चेपेर तेल पेल्ने कोल; चेपुवा।
28203 चेपिनु क.क्रि. चेपमा पर्नु, चेपाइमा पर्नु।
28204 चेपिलो वि. चेप भएको; चेप हुने।
28205 चेपुवा ना. १. चेपेर तेल पेल्ने कोल।
28206 चेपुवा ना. २. त्यसरी तेल पेल्ने साधन।
28207 चेपुवा ना. ३. गोरु, बोका, घोडा आदिलाई सुमर्दा आँड चेप्ने साधन।
28208 चेपुवा ना. ४. यताउति गर्न वा बोल्न नसक्ने स्थिति।
28209 चेपुवा ना. ५. तीन इन्च जति लामो सानो टाउको र चेप्टो आकारको सेतो माछो।
28210 चेपुवा ना. वि. ६. चेप्ने काम गर्ने।
28211 चेपुवा कोल ना. चेपेर तेल पेल्ने कोल।
28212 चेपे ना. गोरखा जिल्लाको दुधपोखरीबाट लमजुङ जिल्लाको रागिनासटार हुँदै मर्स्याङदी नदीमा मिल्ने एक नदी।
28213 चेपो ना. दुई वस्तुका माझको खाली ठाउँ, चेप, अन्तरकुन्तर।
28214 चेप्टा वि. चेप्टिएका, सतही।
28215 चेप्टा पात्र ना. परिस्थितिअनुसार नबदलिने, कथा, उपन्यास आदिका पात्र यथास्थितिधर्मी पात्र।
28216 चेप्टिनु ना. चेप्टो हुनु, चेप्टो पर्नु।
28217 चेप्टी वि. १. चेप्टो आकारकी।
28218 चेप्टी वि. २. नेप्टी।
28219 चेप्टी वि. ना. ३. कपाल तह लाउन प्रयोग गरिने चेपुवा काँटी, चेपुवा।
28220 चेप्टी वि. ४. तामाको एक वा दुई पैसाको मुद्रा ढ्याकभन्दा सानो मुद्रा।
28221 चेप्टी मकै ना. चेप्टा दाना लाग्ने एक किसिमको मकै।
28222 चेप्टे वि. १. चेप्टो परेको, चेप्टो आकारको।
28223 चेप्टे वि. २. नेप्टे, थेप्चे।
28224 चेप्टे वि. ना. ३. काठ, लुगा, भित्तो आदिका चेप चेपमा चेप्टिएर बस्ने र मौकामा मान्छेको रगत चुस्ने एक किरो, उडुस।
28225 चेप्टे पाङ्ग्रो ना. ठुला रुख्मा झाँगिने लहरामा ठुला ठुला टाटाभित्र एकदेखि आठ- दशवटा गेडासम्म फल्न सक्ने चेप्टो र बाटुलो आकारको पाङ्ग्रो।
28226 चेप्टे मकै ना. चेप्टीमकै।
28227 चेप्टे सिउँडी / स्युँडी ना. चेप्टो पाटा परेको र काँडैकाँडा हुने एक दुधिलो सिउँडी।
28228 चेप्टो वि. थेप्चो परेर अलिअलि फराकिएको; पातलो र सम्म परेको थिचिएर वा दबिएर नेप्टो परेको; च्याप्टो थ्याप्चो।
28229 चेप्ट्याइ ना. १. चेप्टिने क्रिया वा प्रक्रिया।
28230 चेप्ट्याइ ना. [ चेप्ट्याउ + आइ] २. चेप्ट्याउने क्रिया वा प्रक्रिया।
28231 चेप्ट्याइनु क.क्रि. चेप्टो पारिनु; चेप्टिन लाइनु।
28232 चेप्ट्याउनु प्रे. क्रि. चेप्टो पार्न, चेप्टिन लाउनु, थेप्च्याउनु।
28233 चेप्ट्याहट ना. चेप्टिने भाव, क्रिया वा प्रक्रिया।
28234 चेप्रिनु अ.क्रि. चेप्रो हुनु, च्याप्प परेर सुक्नु।
28235 चेप्रे वि. १. चेपारो पार्ने चेपारो घस्ने।
28236 चेप्रे वि. २. चेप्रो आकारको।
28237 चेप्रो वि. मुख चोसो पारी लाडे अभिनय गर्ने, चेपारे, चेप्रे।
28238 चेप्य्राइँ ना. बिनसित्तिको लोलोपोतो, वृथा प्रशंसा।
28239 चेप्य्राइ ना. चेप्य्राउने भाव, क्रिया वा प्रक्रिया।
28240 चेप्य्राइनु क.क्रि. चेप्रो पारिनु चेप्याउने काम गरिनु।
28241 चेप्य्राउनु स.क्रि. / प्रे. क्रि. ओठ लेब्याउनु, चेप्रो पार्नु चेप्रो हुन लगाउनु।
28242 चेप्य्राहट ना. चेप्रो बन्ने वा बनाउने क्रिया वा प्रक्रिया।
28243 चेप्य्राहा वि. १. चेप्रो बन्ने गुण भएको, चेप्रो हुने खालको।
28244 चेप्य्राहा वि. २. चेप्य्राइ पार्ने।
28245 चेभ्रिनु अ.क्रि. चेभ्रे हुनु, चेभ्राइ पार्ने हुनु।
28246 चेभ्रे वि. १. लाडिएजस्तो गरेर अर्काको नचाहिँदो प्रशंसा गर्ने; चेभ्य्राइँ पार्ने।
28247 चेभ्रे वि. २. अर्काको प्यारो हुन लुटपुटिने।
28248 चेभ्रो वि. चेभ्रे, चेप्रो।
28249 चेभ्य्राइँ ना. नचाहिंदो किसिमबाट अर्काको प्रशंसा गरेर आफू साखिलो बन्ने किसिम वा क्रिया।
28250 चेला ना. १. चेलो; शिष्य।