Dictionary

All Word

28101 छाँद्नु स.क्रि. ३. डोका वा ढाकरको भारीमाथि सामान राखेर कसकास पार्नु; बाँधछाँद गर्नु।
28102 छाँद ना. १. पशुका खुट्टा बाँध्ने डोरी।
28103 छाँद ना. २. समर्थ मानिसका खुट्टा पक्डिएर वा खुट्टामा घोप्टिएर अप्ठ्यारो पारिने धर्मबन्धन।
28104 छाँद ना. ३. डोका, ढाकर आदिका बिटभन्दा माथि घाँस वा अन्य वस्तु राखी बाँध्ने काम वा सो बाँध्ने डोरी।
28105 छाँदछुँद ना. छाँद्नेवर्ने काम; बाँध्ने, कस्ने आदि काम।
28106 छाँद हाल्नु टु. १. प्रायः गोडामा हातले फेरो मार्नु।
28107 छाँद हाल्नु टु. २. भुतुक्क भएर अरूपट्टि लहसिनु।
28108 छाँदिनु क.क्रि. छाँद्ने काम गरिनु।
28109 छाँदेगाँठो ना. दाम्लाको एक छेउ पस्यौटामा छिराएर अड्काउनका लागि बनाइएको गाँठो।
28110 छाँदो ना. १. छाँद। २ अङ्कमाल।
28111 छाँस्नु स.क्रि. १. हप्काउनु; झपार्नु; छास्नु।
28112 छाँस्नु स.क्रि. २. छिमल्नु।
28113 छाइँछुइँ ना. १. झरझराउँदो आगाका कोइलामा घिउ हाल्दा निस्कने शब्द। क्रि.वि.
28114 छाइँछुइँ ना. २. त्यस्तो शब्द निस्कने गरी।
28115 छाइछुइ ना. १. छातछुत; स्पर्शास्पर्श।
28116 छाइछुइ ना. २. लसपस; लहसपहस।
28117 छाइनु क.क्रि. छाउने काम गरिनु।
28118 छाइल ना. १. छाया।
28119 छाइल ना. २. छहारी; सियाँल।
28120 छाई ना. १. दही मथेर नौनी झिकी बनाइएको तरल पेय पदार्थ; मही।
28121 छाई ना. २. पत्थरकोइला बलेपछि बचेका ससाना टुक्रा।
28122 छाउ ना. स्त्रीको रजस्वलाको अवस्था वा धर्म।
28123 छाउनु स.क्रि. घामपानीबाट बच्नका निम्ति घरमाथि छानु बनाउनु; खर, पराल, झिँगटी, टिन आदिले घरलाई माथिबाट ढाक्नु।
28124 छाउनी ना. स्थायी रूपले वा अस्थायी रूपले सैनिक बसोबास गर्ने ठाउँ; सैनिक-शिविर।
28125 छाउपडी ना. १. महिलाको मासिक धर्म हुने काम; नछुने हुने काम; परसराइ; रजस्वला; छाउ।
28126 छाउपडी ना. २. नछुने भएकी वा पर सरेकी आइमाई। वि.
28127 छाउपडी ना. ३. रजोवती नारी; नछुने; टक्रेकी; पर सरेकी।
28128 छाउरा ना. हे. छाउरो।
28129 छाउराछाउरी ना. १. साना ठुला छाउरा र छाउरीहरूको समूह; छाउरा र छाउरी।
28130 छाउराछाउरी ना. २. बच्चाबच्ची; छोराछोरी; भुराभुरी।
28131 छाउरी ना. कुकुर, बिरालो आदिको पोथी बच्चो।
28132 छाउरो ना. १. कुकुर, बिरालो आदिको भाले बच्चो।
28133 छाउरो ना. २. डाँगो वा ढाडे।
28134 छाउरो ना. ३. बालक; शिशु।
28135 छाक ना. रात वा दिनको चार भागको एक भाग; साडेसात घडीको समय; पहर।
28136 छाक ना. एकपल्ट अघाउन्जेल खान पुग्ने अन्न वा त्यस्तै खाद्य पदार्थ; एक पटक एक पेट खाइने आहार।
28137 छाक खल्को ना. जुठो परेका समयमा आशौच बस्नुभन्दा पहिले स्नान गर्ने र छाक छाड्ने काम; आशौच परेका बेला छाक छाड्ने र नुहाउने काम।
28138 छाक टार्नु टु. जिनतिनसँग साँझ-बिहानको खाने सर्जाम जुटाउनु।
28139 छाकलो ना. १. छाक टर्ने गरी खाइने खाना; एक छाक खाइने खाना।
28140 छाकलो ना. २. छकालो।
28141 छाके वि . १. छाक पुग्ने।
28142 छाके वि . २. एक छाक पाक्ने।
28143 छाके वि . ३. एक छाकसँग सम्बन्धित।
28144 छाके वि . ४. गाँसे; भतुवा; भाते।
28145 छाको ना. १. बियाएका गाईबस्तुलाई खान दिइने नुन।२. गाईबस्तु चरेर गोठमा आएपछि खान दिइने नुन, पिठो आदि मिलाएको आहार।
28146 छाग / छागल ना. बोको।
28147 छाङ ना. जाँडको पानी; निगार।
28148 छाछट्ट वि. जथाभाबी छरिएको; जताततै फ्याँकिएको (जुठो, फोहर आदि)।
28149 छाटछुट ना. १. छिटोछरितो चाल; चटपट; झटपट।
28150 छाटछुट ना. २. चाटचुट। क्रि.वि.