Dictionary

All Word

28251 चेला ना. २. छोरो।
28252 चेलाचपेटा / चाटी ना. चेला र अरू चेलासमानका व्यक्तिहरूको समूह, शिष्यवर्ग।
28253 चेलाचेली ना. १. चेला र चेलीहरूको समूह, चेला र अरू त्यस्तै व्यक्तिहरूको समूह।
28254 चेलाचेली ना. २. छोराछोरी।
28255 चेलियन - मानव ना. १. फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव।
28256 चेलियन - मानव ना. २. चेलेसमा पाइएका मानवसित मिल्दा अरू जुनसुकै ठाउँका मानव।
28257 चेली ना. १. छोरी।
28258 चेली ना. २. शिष्या; छात्रा।
28259 चेली ना. ३. दिदी बहिनी।
28260 चेली ना. ४. अह्राउपहाउ मान्ने आइमाई।
28261 चेली ना. ५. फुपू वा फुपूकी छोरी।
28262 चेली तिहार ना. माघे सग्राँती।
28263 चेली बेटी ना. १ छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली।
28264 चेली बेटी ना. २. दिदीबहिनी र त्यस्तै अरू आइमाई।
28265 चेली बेटी ना. ३. शिष्या र तिनै सरहका अरू नारी।
28266 चेलो ना. १. गुरुसँग पढ्ने वा शिक्षा लिने व्यक्ति; विद्यार्थी।
28267 चेलो ना. २. गुरुसँग गायत्री, दीक्षा आदि मन्त्र सुनेको शिष्य।
28268 चेलो ना. ३. छोरो र छोरासरहको व्यक्ति ४. अनुयायी।
28269 चेवा ना. १. गुप्त किसिमबाट लिइने खबर, चियो, गुप्त निरीक्षण।
28270 चेवा ना. २. गुप्ततवरले खबर लिने व्यक्ति; गुप्तचर, जासुस।
28271 चेवाचर्चा ना. नचाहिंदो कुराको वास्ता वा चर्चा, अनावश्यक कुराको चासो।
28272 चेष्टा ना. १. मनको भाव वा विचार प्रकट गर्न गरिएको सङ्केत; मानसिक सङ्केत प्रकट गर्ने बोलाइचलाइ एवं कामगराइको चालढाल, शारीरिक भावभङ्गी।
28273 चेष्टा ना. २. कोसिस प्रयत्न।
28274 चेष्टा ना. ३. इच्छा, कामना।
28275 चेष्टा ना. ४. हिंडाइ - बोलाइ।
28276 चेहरा ना. मुखको आकृति, घाँटीदेखि माथि र कपालदेखि तलतिरको भाग, मुखमण्डल, अनुहार।
28277 चैँ निपा १. चाहिँ।
28278 चैँ निपा २. कुरा गर्दा अप्रत्याशित रूपबाट उच्चरित हुने एक थेगो, चाइँ, चायने, चाइन्जो।
28279 चैँसो ना. मास आदि दलेर फग्लेंटाजति एकातिर छुट्ट्याइएको मसिनो धुलो, दालको धुलो।
28280 चैत ना. चित्रा नक्षत्रले युक्त पूर्णिमामा चन्द्रमा रहने महिना फागुनपछिको महिना; वर्षको अन्तिम महिना; चैत्र; चइ।
28281 चैत २ ना. नेपालको पश्चिमाञ्चलको डोटी जिल्ला र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य ( राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ.)।
28282 चैतन्य ना. १. प्राणीमा रहेको विचार, विवेक वा छ्यान-विचारको शक्ति; चित्शक्ति; चेतना; चेतन।
28283 चैतन्य ना. २. चेतनशील प्राणी।
28284 चैती ना. पश्चिमभाग विशेषतः डोल्पा जिल्लाका एकथरी मगर जातिले प्रत्येक वर्ष दुईदुई घरको पालोसान्तीका हिसाबले हिउँदका दिनमा एक महिनासम्म मनाउने चाड।
28285 चैते वि. १. चैत महिनामा हुने चैतसम्बन्धी।
28286 चैते वि. २. चैतमा दुब्लाएर हरिटट्टु हुने (बाँदर)।
28287 चैते वि. ना. ३. घोडेजात्राका पर्वमा गाइने विशेष प्रकारको लोकगीत र त्यसको लय।
28288 चैते काङ्ग्रेस वि. १. पछि प्रवेश गरेर रजगज गर्न खोज्ने प्रवृत्तिको मान्छे।
28289 चैते काङ्ग्रेस वि. २. अवसरवादी प्रवृत्तिको काङ्ग्रेस।
28290 चैते चरो ना. प्रायः चैत महिनामा देखापर्ने र बोल्ने वा कराउने एक जातको चरो।
28291 चैतेती ना. १. दमाई, कामी आदि कामदारहरूलाई साउनेतीसम्मका लागि गरिने थमौती।
28292 चैतेती ना. २. त्यस्तै थमौती गर्दा दिइने वस्तु वा दस्तुर।
28293 चैते दसैँ ना. रामनवमीको भोलिपल्टको चैत्रशुक्ल दशमीको तिथि वा उक्त तिथिमा मनाइने उत्सव।
28294 चैते पानी ना. १. छोरीको विवाह भएका वर्षमा पर्ने चैत महिनामा विवाहित छोरीले र छोरीका बाबुले एकै घाट वा पँधेराको पानी नखाने प्रथा।
28295 चैते पानी ना. २. उक्त किसिमले बारिने पानी।
28296 चैते फुल ना. चैतमा फुल्ने टाँकीका जातको फूल, कोइरालो।
28297 चैते बाँदर / वानर ना. १. चैत्र महिनामा वसन्तको प्रभावले गर्दा कामुक भएको बाँदर।
28298 चैते बाँदर / वानर ना. २. उक्त कामुकताले गर्दा धेरै परिश्रम परी चैत्रको अन्त्यमा दुब्लाएको बाँदर।
28299 चैते बाँदर / वानर ना. वि. ३. मरन्च्यासे, साह्रै दुब्लो।
28300 चैते बाँदर / वानर ना. ४. कामुक।