Dictionary

All Word

28351 चोक्रे वि. धेरै दुध नदिने, चोक्रिलो परेको, चोक्रयाइलो।
28352 चोक्र्याइलो वि. चोक्रो होलाजस्तो ; चोक्रिलो।
28353 चोखा ना. १. कसैले मिठो चोखो खाएको देखेर लोभिई अर्को व्यक्तिले लाएको कुदृष्टि, चोखे, नजर।
28354 चोखा ना. २. उक्त कुदृष्टिबाट हुन जाने तथाकथित बिगार।
28355 चोखा ना. १. उसिनेको आलुमा अमिलो, पिरो आदि हालेर साँधिएको वस्तु अचार, चटनी, चाट।
28356 चोखा ना. २. चोखेन।
28357 चोखिनु अ.क्रि. १ चोखो हुनु, अशुद्ध अवस्थाबाट पवित्र हुनु।
28358 चोखिनु अ.क्रि. २. पर सरेकी आइमाईले चारौं दिनमा नुहाइधुवाइ गरेर शुद्ध हुनु।
28359 चोखिनु अ.क्रि. ३. जुठो, फोहर केही नरहनु।
28360 चोखिनु अ.क्रि. ४. राम्रोसँग माझिनु वा पखालिनु।
28361 चोखी ना. १. चोखोको स्त्री रूप।
28362 चोखी ना. वि. २. आफ्नो धर्ममा रहेकी, परपुरुषको संसर्गमा नआएकी, सत्यबाट नडगेकी पवित्र (नारी)।
28363 चोखीनिती / निधी ना. शास्त्रका नियमअनुरूप चल्न वा सफा, शुद्ध रहनाका निम्ति गरिने शारीरिक एवं मानसिक आचरण; लसपस वा बिटुलो नभएको स्थिति।
28364 चोखीमाटी ना. विवाह, व्रतबन्ध आदिमा यज्ञको वेदी बनाउनका निम्ति कन्याहरूद्वारा खनिने, चोखो ठाउँको माटो।
28365 चोखे ना. हे. चोखा।
28366 चोखेन ना. १. पानीमा पकाएको खाने कुरो सामान्य अवस्थामा अशुद्ध हुँदैन भनी भात, पुवा आदिमा हालिने घिउ, चोखो पार्ने घिउ, तेल आदि वस्तु चोख्यान।
28367 चोखेन ना. २. स्त्रीहरूले रजस्वला भएको चौथो दिनमा चोखिँदा नुहाएको कपालमा हाल्ने तेल।
28368 चोखो वि. १. कुनै किसिमको अशुद्ध पदार्थ नपरेको, पवित्र।
28369 चोखो वि. २. कसैले जुठो नहालेको, बिटुलो नपारेको।
28370 चोखो वि. ३. अरू थोक नमिसिएको, कसर नभएको।
28371 चोखो वि. ४. निरपराधी निर्दोष।
28372 चोखो वि. ना. ५. घिउतेल; चोखेन।
28373 चोखोचाँडो वि. १. वास्तविकता लुकाएर साखिलो हुन खोज्ने।
28374 चोखोचाँडो वि. २. चोखो पनि र चाँडो पनि हुने स्वभावको।
28375 चोखोचोखो वि.बो. अशुद्ध ठाउँलाई गउँत आदि छर्केर चोख्याउँदा अथवा छिटो हालेर कुनै व्यक्तिलाई चोख्याउने सामाजिक प्रथाको अनुसरण गर्दा उच्चारण गरिने शब्द, विष्णु विष्णु।
28376 चोख्याइ ना. चोख्याउने वा चोखो पार्ने क्रिया वा प्रक्रिया।
28377 चोख्याइनु क.क्रि. चोखो पारिनु।
28378 चोख्याउनु स.क्रि. / प्रे. क्रि. १ चोखो हुने पार्नु, पवित्र तुल्याउनु।
28379 चोख्याउनु स.क्रि. / प्रे. क्रि. २. गाईभैंसी ब्याएका सात वा एघार दिनका दिन दुध, दही आदि देवपितृलाई चढाउनका निम्ति चलोस् भनी धूपधुवार आदि गरी चोखो वा पवित्र पार्नु।
28380 चोख्याउनु स.क्रि. / प्रे. क्रि. ३. जुठो, सुत्केरो परेको घर वा घरका मानिसलाई धार्मिक विधिअनुसार पवित्र तुल्याउनु।
28381 चोख्यान ना. हे. चोखेन।
28382 चोख्याहा वि. १. चोखो पार्ने, शुद्ध तुल्याउने।
28383 चोख्याहा वि. २. चोखा लाग्ने वा लगाउने।
28384 चोचेमोचे वि. साखिलो हुनका लागि अर्कासँग चोचोमोचो मिलाउने, ज्यादै नजिकको भएर चिप्ल्याइँ घस्ने (व्यक्ति)।
28385 चोचो ना. १. चुच्चो।
28386 चोचो ना. २. मुख।
28387 चोचो ना. ३. चिप्ल्याइँ; चाप्लुसी।
28388 चोचोमोचो ना. १. चिप्ला कुरा गरेर अर्कालाई खुसी पारी आफू साखिलो बन्ने काम।
28389 चोचोमोचो ना. २. मित्र चित्त नबुझे तापनि बाहिर-बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम।
28390 चोचोमोचो ना. ३. मुखले केही मधुर बोलेर गरिने प्रशंसा।
28391 चोचोमोचो ना. ४. मुख र मन।
28392 चोट ना. यो. १ पटक, बाजि, पल्ट चोटि।
28393 चोट ना. यो. ना. २. प्रहार, मार, आघात, पिटाइ।
28394 चोट ना. यो. ३. घाउ, ख।
28395 चोट ना. यो. क्रि.वि. ४ पटक; बाजि।
28396 चोटपटक ना. लडेर, ठोकिएर वा काटेर हुने, शरीरका कुनै अङ्गमा लागेको घाउ, घाउखत; नीलडाम।
28397 चोटा ना. चोटो।
28398 चोटाकोठा ना. चोटा र कोठा ; चोटोकोठो।
28399 चोटि क्रि.वि. खेप; पल्ट, पटक; बाजि, पालि ताल।
28400 चोटि क्रि.वि. (एक चोटि, दुई चोटि, कति चोटि इ.)।