Dictionary

All Word

28501 चोराचोर ना. एकले अर्काको चोरी गर्ने काम; परस्परमा चोरी हुने काम।
28502 चोरिनु क.क्रि. १. चोर्ने काम गरिनु।
28503 चोरिनु क.क्रि. अ.क्रि. २. चोरी हुनु।
28504 चोरी ना. मालधनीले थाहा नपाउने गरी माल चोर्ने काम, अर्काका हकदाबीको चलअचल सम्पत्ति खुसुक्क आफ्नो हकदाबीभित्रको बनाउने क्रिया; चोर्ने काम।
28505 चोरीचकारी ना. चोरचकारको काम सानोतिनो वा ठिनेमिने चोरी।
28506 चोरीजुवा ना. हे. चोरजुवा।
28507 चोरीनिकासी ना. एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को देशमा लान रोक्का गरिएका वस्तु लुकाईछिपाई ती ठाउँमा पठाउने काम; सरकारको भन्सार, चौकी आदि छली बाहिरफेर मालसामान निकासी गर्ने काम।
28508 चोरीपैठारी ना. १. स्वदेशमा ल्याउन मनाही गरिएका सामानहरू लुकीछिपी वा सिमानाका भन्सारलाई छलेर अबाटाबाट ल्याउने काम।
28509 चोरीपैठारी ना. २. नियमअनुसार भन्सारमहसुल नतिरी मालसामान भित्र्याउने वा ल्याउने काम।
28510 चोलक ना. १. सानो किसिमको चोलो; चोली।
28511 चोलक ना. २. सुरक्षाका निम्ति लगाइने साधन; कवच।
28512 चोला ना. १. शरीर, जिउ।
28513 चोला ना. २. जन्म, जुनी।
28514 चोला ना. ३. चोलो।
28515 चोलाचोली ना. सानाठुला चोलाहरूको समूह, चोला र अरू त्यस्तै वस्तुको समूह।
28516 चोली ना. १. चोलाको सानो रूप, सानो चोलो।
28517 चोली ना. २. जामा, घाँगर आदिको कम्मरमाथिको अवयव।
28518 चोले वि. १. चोलोजस्तो; चोलाको आकारको; चोलोको।
28519 चोले वि. २. चोलो लगाउने।
28520 चोलो ना. स्वास्नीमानिसले घाँटीदेखि कम्मरका भागसम्म लगाउने भोटाका आकारको वस्त्र, स्त्रीजातिले लगाउने चौबन्दी (चार ठाउँमा तुना भएको ) चोला।
28521 चोसाकार ना. चोसो भएको वा परेको, सुर मिलेको लम्बाइ तथा चौडाइका हरेक कुना चोसादार बनेको।
28522 चोसाकार वन ना. त्यस्तो चोसाकार वन वा जङ्गल।
28523 चोसाचोसी ना. १. चोसाहरूको समूह, चोसा र अरू त्यस्तै वस्तुको समूह।
28524 चोसाचोसी ना. २. चोसो र चोसी।
28525 चोसिनु अ.क्रि. चोसो पर्नु, चोसो हुनु।
28526 चोसी वि. चोसो भएकी, मुख चुच्चो परेकी, मुखचुच्चे (आइमाई )।
28527 चोसे वि. १. चोसो निस्केको थुतुनु भएको।
28528 चोसे वि. २. चोसो परेको, चुस्स परेको, चुच्चे।
28529 चोसेमोसे वि. १. चोसाचोसी परेको।
28530 चोसेमोसे वि. २. हे. चोचेमोचे।
28531 चोसो ना. १. दुई ओठ जोडेर आगाडि तन्काइएको मुख, चुस्स परेको थुतुनु।
28532 चोसो ना. २. त्यस्तो कोण वा कुनु।
28533 चोसोमोसो ना. हे. चोचोमोचो।
28534 चोस्याइ ना. चोसिने भाव, क्रिया वा प्रक्रिया।
28535 चोस्याइनु क.क्रि. चोसो पारिनु।
28536 चोस्याउनु प्रे. क्रि. चोसो पार्नु, चुच्चो तुल्याउनु।
28537 चौ ना. चारको समुदाय बुझाउने गरी समस्त शब्दका अगाडि रहने शब्द, चउ (जस्तै- चौको, चौतारो, चौबन्दी, चौघेरो इ.)।
28538 चौंठाचौठी ना. सानाठुला चौंठाहरूको समूह, चौठा र चौंठी।
28539 चौंठी ना. सानो खालको चौंठो; चौंठाको सानो रूप।
28540 चौंठो ना. तलतिरबाट मास्तिर साँगुरिंदै गई सानो ठेकीको जस्तो मुख हुने, काठ कुँदेर बनाइएको तेल हाल्ने ठेकी, चौथाइ बराबरको परिमाणमा तेल आदि अटाउने भाँडो।
28541 चौडिलो ना. चारैतिर होचो भई बिचमा अग्लो भएर फुकेको सानो ठाउँ वा चौर, ढिस्को, थुम्को।
28542 चौंतिस ना. तेत्तिस र एकको योगबाट बनेको सङ्ख्या; ३४ को अङ्क।
28543 चौंतिस वि. चौतिस सङ्ख्याको।
28544 चौंतीस ना. हे. चौतिस।
28545 चौंतीस वि. हे. चौतिसौं।
28546 चौंरी ना. पुच्छरको फुर्को रौं नै रौंले ढाकिई झुप्प परेको, ठुला, लामा लामा र तिखा सिङ भएको, होचा खुट्टा र ठुलो शरीर भएको र दुधचाहिँ सामान्य गाईको भन्दा विशेष पहेँलो हुने एक जातको हिमाली गाई, चम्री।
28547 चौंरीगाई ना. चौंरी।
28548 चौंरीपाटा ना. पशुहरूका पिठिउँमा सामान राख्ने कामका लागि चौंरीको ऊनबाट तयार भएको थैलो।
28549 चौंरीपाते ना. भेडाका ऊनमा चौंरीको ऊन मिलाई पाटैपाटाजस्तो पारेर बुनेको कम्बल।
28550 चौंरे वि. १. पुच्छर चँवरजस्तो झुप्प परेको हुने (गाईबस्तु)।