Dictionary

All Word

28651 चौट्याउनु प्रे. क्रि. चौटा-चौटा पार्न, टुक्रा बनाउनु।
28652 चौडा वि. चारैतिर मिलेको र फराक भएको, त्यस्तो आकारको (छाती, नाक इ.)।
28653 चौडाइ ना. चौडापन; फराकिलोपन।
28654 चौतरिया ना. १. चौताराको हेरचाहा गर्ने, राजाका सबैभन्दा नजिकका भाइबन्धु।
28655 चौतरिया ना. २. राजाद्वारा राजकीय सम्मान पाएका बन्धुवर्ग, राजखलक।
28656 चौतर्फ ना. १. चारैतर्फको भाग वा परिधि।
28657 चौतर्फ ना. क्रि.वि. २. चारैतिर, चारैतर्फ।
28658 चौतर्फी वि. चारैतिरका परिधिको; चारैतिरको चारैपट्टिको।
28659 चौतारा ना. १. राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति, राजाको सहकारी।
28660 चौतारा ना. २. प्राचीन कालमा राजसिंहासन राखिने मञ्च।
28661 चौतारा ना. ३. त्यसमा बस्न पाउने सम्मानित व्यक्ति।
28662 चौतारा ना. १. वाग्मती अञ्चलको पूर्वोत्तर भागमा रहेको सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम।
28663 चौतारा ना. २. चौतारो।
28664 चौताराचौतारी ना. सानाठुला चौताराहरूको समूह, चौतारा र अरू त्यस्तै ठाउँको समूह।
28665 चौतारिलो वि. चौतारो जस्तै परेको।
28666 चौतारी ना. चौतारोको सानो रूप; सानो चौतारो।
28667 चौतारो ना. १. चारैतिर ढुङ्गा वा इँटले चिनेको, अग्लो पेटीमा मानिसहरू बस्ने र सुस्ताउने समेत व्यवस्था भएको ठाउँ।
28668 चौतारो ना. २. वर-पीपल आदिका छाहारीमुनि वरिपरि ढुङ्गा वा इँटले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ।
28669 चौताल ना. ताल-वादनको चार एकाइमा विशेष प्रकारको ध्वनन वा गुञ्जन निकाल्ने ताल, तबलाको एक खालको ताल।
28670 चौताले वि. अत्यन्त बाठो अि चतुर; बित्पाते।
28671 चौतिस ना. १. तिस र चार अङ्कको योग भएको सङ्ख्या।
28672 चौतिस ना. २. तेत्तिसपछि आउने सङ्ख्या; ३४ को अङ्क।
28673 चौतिसौं वि. चौतिस सङ्ख्यामा पर्ने तेत्तिसपछिको पहिलो।
28674 चौतीस ना. हे. चौतिस।
28675 चौतीस वि. हे. चौतिसौं।
28676 चौथाइ ना. १. कुनै वस्तु वा विषयका चार भागको एक भाग।
28677 चौथाइ ना. २. एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो।
28678 चौथाइ ना. ३. मानाको चतुर्थांश ( नाप )।
28679 चौथी ना. १. शुक्ल एवं कृष्ण दुवै पक्षको चारौं तिथि।
28680 चौथी ना. वि. २. चारौँ क्रममा गणना हुने (स्त्री)।
28681 चौथी ना. ३. निम्न क्रममा परेकी निम्न सङ्ख्यामा गनिएकी चुत्थी।
28682 चौथी ना. १. दुधे बालकलाई घोटीका साथमा मिसाएर खुवाइने मोथे, पिपला, मजिठो र कर्कटशृङ्गीको धुलो।
28683 चौथी ना. २. यसरी तयार गरिएको एक थरी आयुर्वेदिक औषधी।
28684 चौथो वि. १. तेस्रोपछिको चतुर्।
28685 चौथो वि. २. गन्दा वा गन्ती गर्दा चारौंमा पर्ने; रोलक्रममा चारौंमा परेको।
28686 चौदण्डी ना. हे चौदन्डी।
28687 चौदन्डी ना. १. चारैतिर दण्डले घेरिएको फराकिलो जग्गा, चारैतिर खुला रहेको ठाउँ।
28688 चौदन्डी ना. २. उदयपुर जिल्लाको प्राचीन नाम।
28689 चौदन्त / चौदन्ता वि. १. चार दाँत वा दाहा भएको।
28690 चौदन्त / चौदन्ता वि. ना. २. चार दाँत वा दाहा भएको हात्ती।
28691 चौध वि. १. दश अङ्क र चार अङ्कका योगसङ्ख्याको।
28692 चौध वि. ना. २. तेहपछिको सङ्ख्या; १४ को अङ्क।
28693 चौधराई ना. १. नेपाल तराईका जिल्ला, मौजामा आबादगुल्जार गराउने र सो मौजाको असुलतहसिल गरी सरकारमा बुझाउने चौधरीले गर्नुपर्ने काम - कर्तव्य।
28694 चौधराई ना. २. सो काम गरेबापत खान पाउने दस्तुर।
28695 चौधरी ना. १. चारै वर्ण वा आश्रममा रहने व्यक्तिहरूको देखभाल गर्ने व्यक्तिलाई दिइने पदविशेष।
28696 चौधरी ना. २. तराईवासी वा तराई मूलका थारूहरूलाई सम्मान गरी बोलाउँदा प्रयोग गरिने शब्द।
28697 चौधुन्द / चौधुन्न क्रि.वि. असाध्यै; चौपट्टै; बिछट्ट।
28698 चौधौं वि. चौध सङ्ख्याको क्रममा आउने, चौध नम्बरमा गनिने, तेह्रपछिका सङ्ख्याको।
28699 चौपट ना. १. कौडा खेलको एक दाउ, चार ठाडा।
28700 चौपट ना. २. सत्यानाश।