Dictionary

All Word

28551 चौंरे वि. २. पाखे, कोकली, असभ्य।
28552 चौरे कोदो ना. मर जस्तै झुप्पा बाला लाग्ने एक जातको कोदो।
28553 चौरो ना. १. चौंरीगाईका पुच्छरको झुप्पो, चँवर।
28554 चौरो ना. २. पुच्छरका टुप्पामा वा फुर्कामा हुने सेतो रौंको झुप्पो।
28555 चौक ना. हे. चोक।
28556 चौकडा ना. १. चार युगको समूह, चतुर्युग।
28557 चौकडा ना. २. चारै खुट्टा उफार्दै बुर्कुसी मार्ने खालको दौडाइ।
28558 चौका ना. छोटाछोटा सिङ र खैरो वर्ण हुने एक जातको मृग।
28559 चौका२ ना. १. जुवाका खेलमा कौडा हान्दा पर्ने एक दाउ (चार चित, चार घोप्टो, आठ चित आदि)।
28560 चौका२ ना. २. चारैतिर बराबर गरी माटो वा काठद्वारा बनाइएको, बस्ने ठाउँ वा साधन।
28561 चौका२ ना. ३. भान्साका चुलाको र मझेरीका बिचको अग्लो खण्ड।
28562 चौका२ ना. ४. धर्मकार्यका लागि बनाएको मण्डप।
28563 चौकाचँदुवा ना. यज्ञका वेदीवरिपरि गाडिएका सबै लिङ्गाहरूका बिच भुइँमा उठाइने चौको र त्यसदेखि सीधै माथि टाँगिने चँदुवा।
28564 चौकाचौकी ना. सानाठुला चौकाहरूको समूह, चौका र त्यससमानका अरू वस्तुहरूको समूह।
28565 चौकिल्ला ना. १. चार किल्लाको समूह।
28566 चौकिल्ला ना. २. जग्गाजमिनका चारैतिरको सिमाना साँधसिमाना; चौहद्दी।
28567 चौकी ना. १. सानो खालको वेदी, चौकाको सानो रूप।
28568 चौकी ना. २. सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस।
28569 चौकी ना. ३. छोटी अड्डा।
28570 चौकी ना. ४. बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलैँचा।
28571 चौकी ना. ५. सुरक्षाका निम्ति बसेका मान्छे।
28572 चौकी ना. (उदा. सकल वन उखेल्दै चौकि सम्पूर्ण मार्या )।
28573 चौकी ना. ६. चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ।
28574 चौकी ना. ७. साधारण खाट।
28575 चौकीदार ना. १. चौकीमा बसेर पालोपहरा दिने व्यक्ति; पाले; पहरादार।
28576 चौकीदार ना. २ अघिअघिको ग्रामरक्षक।
28577 चौकीदारी ना. चौकीदारको काम वा पद।
28578 चौकुना वि. १. चारैतिर कुना भएको, चारकुने, चतुष्कोण।
28579 चौकुना वि. ना. २. चार कुनाको समूह, चौकुनु।
28580 चौकुने वि. चौकुना भएको; चारचोसे।
28581 चौके वि. चार गुना बराबर चार दोबर (जस्तो- दुई चौके आठ, चार चौके सोह इ.)।
28582 चौको ना. १. चार पाटा गरी ढुङ्गोमाटोद्वारा उठाइएको सानो ढिस्को।
28583 चौको ना. २. चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन।
28584 चौको ना. ३. खान बस्ने चुलामुनिको अलग्ग ठाउँ।
28585 चौको ना. ४. वि. चौके (तीन चौको बाह्र, चार चौको सोह इ.)।
28586 चौकोस ना. १. झ्याल, ढोका आदिमा काठ, ऐना आदि जनका निमित्त बनाइएको चारपाटे खापा, झ्याल, ढोका आदि जड्न वा लगाउनका निम्ति बनाइएको चार पाटा परेको काठको घेरो फ्रेम।
28587 चौकोस ना. २. चार सुर, चौकोण।
28588 चौकोस ना. वि. ३. चारसुरे।
28589 चौकोसी ना. १. चार कोसको समूह।
28590 चौकोसी ना. २. चार कोसको गिर्दा।
28591 चौकोसे वि. चार सुर भएको, चारसुरे।
28592 चौखण्ड ना. हे. चौखन्ड।
28593 चौखन्ड ना. १. चार खण्डको समूह।
28594 चौखन्ड ना. २. अपहत्ते, ठुलो आग्रह।
28595 चौखन्ड ना. वि. ३. चार गुना बराबर, चार दोबर; चौबर।
28596 चौखुँडा वि. १. चारैतिर कुना परेको; चारपाटे।
28597 चौखुँडा वि. ना. २. चार कुनाको समूह।
28598 चौखुँडे वि. चार खुँडा भएको; चौकुने, चारकुने।
28599 चौखुट ना. १. चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन।
28600 चौखुट ना. २. भयाल, ढोका आदिका निम्ति बनाइएको द्वारमण्डल, चौकोस।