Dictionary

All Word

28701 चौपट ना. ३. अन्याय, जुलुम।
28702 चौपट ना. क्रि.वि. ४. धेरै, निकै; चौपट्टै।
28703 चौपट ना. वि. ५. नष्ट, छारस्ट, स्वाहा।
28704 चौपट ना. ६. चारैतिरबाट खुला वा छर्लङ ( जमिन आदि)।
28705 चौपट ना. ७. चारपाटे।
28706 चौपट्ट क्रि.वि. १. अत्यन्त बिछट्ट।
28707 चौपट्ट क्रि.वि. वि. २. अति ज्यादा; धेर।
28708 चौपट्टी ना. १. चारैतर्फ सुर मिलेको जमिन।
28709 चौपट्टी ना. २. जग्गाको चौहद्दी।
28710 चौपर्खाल ना. जग्गा जमिन, घर, बगैँचा आदिलाई घेर्न चारैतिरबाट उठाइएको पर्खाल, चारैतिर घेरेर उठाइएको पर्खाल।
28711 चौपाई ना. १. चारोटा खुट्टा भएको काठ आदिको खाट।
28712 चौपाई ना. २. चार पाटा परेको कुनै बिछ्याउना।
28713 चौपाई ना. ३. एक पाउमा सोह मात्रा भएको अन्तिम दुई अक्षर गुरु हुने मात्रिक छन्द।
28714 चौपाया वि. १. चारवटा खुट्टा हुने।
28715 चौपाया वि. ना. २. चारखुट्टे पशु।
28716 चौपाला ना. १. हात्तीको हौदामाथि जडिएको चंदुवा भएको बस्न हुने साधन।
28717 चौपाला ना. २. म्यानाका आकारको सवारीसाधन।
28718 चौपाला २ ना. पूजाका विभिन्न सामान राख्ने, चार खण्ड भएको, धातुको भाँडो, पूजाको भाँडो।
28719 चौबन्दी ना. दाहिने कोखातिर तलमाथि दुई ठाउँ र देब्रे कोखातिर तलमाथि दुई ठाउँ गरी जम्मा चार ठाउँमा बाँधिने तुना भएको वस्त्र (चोलो, भोटो इ.)।
28720 चौबन्दी चोलो ना. चार ठाउँमा तना बाँधिने चोलो।
28721 चौबन्दी भोटो ना. चार ठाउँ तना बाँध्नुपर्ने भोटो।
28722 चौबर वि. १. चार गुना परिमाणको।
28723 चौबर वि. २. चौखण्ड, चार पटकलाई पुग्ने (कुनै वस्तु)।
28724 चौबाटो ना. चारवटा बाटाहरू मिलेको ठाउँ, चारैतिर जाने बाटा भएको खुला ठाउँ।
28725 चौबास ना. १. एकै घरका मानिसहरूले चारतिर बास गर्ने काम; चारतिर बास हुने स्थिति।
28726 चौबास ना. २. चौथो दिनको बास।
28727 चौबिस वि. १. बिस र चार जोडेको सङ्ख्याजति।
28728 चौबिस वि. ना. २. चौबिसको सङ्ख्या २४' को अङ्क।
28729 चौबिसी / चौबिसे ना. १. चौबिसवटा सानासाना राज्यहरू भएको क्षेत्र, गण्डकी - प्रसवण- क्षेत्रका राज्यहरूलाई मध्यकालीन नेपालमा दिइएको सामूहिक नाम (लमजुङ, कास्की, नुवाकोट, सतहुँ, गरहुँ, भिरकोट, ढोर, पैयुँ, तनहुँ, रिसिङ्, घिरिङ, गजरकोट, पाल्पा, गुल्मी, अर्घा, खाँची, पर्वत, गलकोट, मुसिकोट, धुरकोट, इस्मा, प्युठाना, खुमरी विमरी)।
28730 चौबिसी / चौबिसे ना. वि. २. चौबिसको; चौबिससम्बन्धी।
28731 चौबिसौं वि. चौबिस अङ्क वा सङ्ख्यामा पर्ने तेइसपछिको पहिलो।
28732 चौबीस वि. हे चौबिस।
28733 चौबीसी ना. हे. चौबिसी।
28734 चौबीसे ना. हे. चौबिसे।
28735 चौबीसौं वि. हे. चौबिसौं।
28736 चौमास ना. १. चार महिनाको समूह।
28737 चौमास ना. २. आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको अवधि।
28738 चौमासा ना. १. चौमास।
28739 चौमासा ना. २. चौमासका अवसरमा गरिने धर्म-कर्म।
28740 चौमासे वि. चार महिनामा हुने वा भएको, चारमहिने (पत्र, पत्रिका इ.)।
28741 चौमुखी / चौमुखे वि. १. चारमुखे।
28742 चौमुखी / चौमुखे वि. २. चारतिरबाट गरिने वा हुने।
28743 चौमुहान ना. १. चारैतिरका मुहान एकै ठाउँमा मिल्ने ठाउँ।
28744 चौमुहान ना. २. चार मार्ग वा नदीको सङ्गम (बाटो, गौंडो, नदी, घाट आदि)।
28745 चौमुहाने वि. १. चौमुहान रहेको वा भएको ( ठाउँ)।
28746 चौमुहाने वि. २. चौमुहानका छेउछाउ बस्ने।
28747 चौर ना. दुबो आदि घाँस उम्रिएको खुला मैदान, चउर।
28748 चौर ना. १. चोरीको काम गर्ने व्यक्ति, चोर।
28749 चौर ना. २. संस्कृत भाषाका एक प्राचीन कवि।
28750 चौरकर्म ना. चोर्ने काम, धनसम्पत्ति हरण गर्ने काम; चोरी।