Dictionary

All Word

28801 च्यवनप्राश ना. चाटेर खाइने एक प्रकारको शक्तिवर्द्धक आयुर्वेदीय औषधी।
28802 च्याँख ना. हे च्याँखु।
28803 च्याँख ना. १. करौंतीले काठ चिरिरहेका बखत करौंती नच्यापियोस् भनेर चिरेका ठाउँमा घुसारिने किलो, फेसो; चुकुल।
28804 च्याँख ना. २. अहङ्कार; अहमत्याइँ, फुइँकी।
28805 च्याँख तोडाइ ना. कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्ने काम मेख मार्ने काम, च्याँख तोड्ने काम।
28806 च्याँखु ना. हिमाली भेकमा पाइने सेतो रङको सिंह, च्याख।
28807 च्याँखे ना. १. जुवामा खाले र खेलाडीबाहेकका व्यक्तिले बल्झाउनका निमित्त थापेको रुपियाँपैसा।
28808 च्याँखे ना. २. त्यस्तो पैसा थाप्ने व्यक्ति।
28809 च्याँखे दाउ ना. आफूले थापेको च्याँखे बल्झियोस् भनी विचार गर्ने दाउ, त्यसरी विचार गरेर च्याँखे राख्ने वा बल्झाउने काम।
28810 च्याँखे धर्ना ना. च्याँखेले जस्तै धर्ना कस्ने काम यताउति डेग नचली आस गरेर बस्ने काम।
28811 च्याँख्ला ना. १. मकै पिँधेर भुस र पिठो छुट्ट्याइएको चामल, मकैको चामल।
28812 च्याँख्ला ना. २. विरक्ति वा झर्को लागेर भन्दा धान, मकै दुवैको चामल।
28813 च्याँगा ना. लोग्नेमान्छेले लगाउने स्वदेशी घरबुना वा सेतो खाँडीको कपडा (दिव्य.)।
28814 च्याँच्या क्रि.वि. १. ससाना बालक रुने किसिमले।
28815 च्याँच्या क्रि.वि. २. चराका बच्चाहरू कराउने छाँटसँग; च्याउँ च्याउँ।
28816 च्याँठ ना. झनक्क उठेको रिस, कोक, फुर्ती।
28817 च्याँठिनु / च्याठिनु अ.क्रि. एक्कासि रिसाएर ठुलो स्वरले बोल्नु, कङ्कनु।
28818 च्याँसे वि. हाडछाला मात्रै भएजस्तो दुब्लो, मरन्च्याँसे, चाउरे, सुकुटे, सिलीखुट्टे।
28819 च्याइँ क्रि.वि. १. तातेका धातुका भाँडाकुँडामा पानी हाल्दा पर्दा आवाज आए झैं गरी।
28820 च्याइँ क्रि.वि. २. आगाको भुङ्ग्रोमा पानी पर्दा आवाज आए जस्तै।
28821 च्याइँ क्रि.वि. ३ तताएको घिउतेलमा तरकारी ओइरँदा आएको आवाज।
28822 च्याइँ क्रि.वि. ना. ४. त्यस्ता प्रकारको आवाज।
28823 च्याइँ मकै ना. तातेका हाँडीमा च्याइँ पार्दै भुटिएको, तात्तातै खाँदा पनि च्याउँ च्याउँ हुने, राम्ररी दुध सुकिनसकेका, चिसा अलौटा मकै, भुटेका दुधे वा अलौटा मकै।
28824 च्याउँच्याउँ ना. १. चराचुरुङ्गीहरू एकैचोटि कराउँदा सुनिने आवाज।
28825 च्याउँच्याउँ ना. २. दिक्क लाग्ने गरी केटाकेटीहरू कराएको आवाज।
28826 च्याउँच्याउँ ना. ३. कचकच गर्ने काम।
28827 च्याउँच्याउँ ना. क्रि.वि. ४. चराचुरुङ्गी कराए झैं गरी।
28828 च्याउँच्याउँ ना. ५. केटाकेटीहरू बोलेसरि, क्याउँक्याउँ।
28829 च्याउँमकै/ च्याउमकै ना. हे. च्याइँमकै।
28830 च्याउ ना. बर्खाको याममा भुइँ, काठ, ढुङ्गा, बाँस, गोबर आदिमा उम्रने, विभिन्न रङ र आकारप्रकारको, खान हुने र नहुने एक नरम वनस्पति।
28831 च्याउनु अ.क्रि. हे. चियाउनु।
28832 च्याकुलच्याइँ/च्याकुलझ्याइँ ना. दुई जनाले दुईतिर समाएर झुन्ड्याउँदै ल्याउने वा लैजाने काम, झ्याइँकुटी झ्यानाकुटी।
28833 च्याखुरो ना. १. तित्रा र कुखुरा झैँ लड्नमा प्रसिद्ध, कालिजभन्दा सानो र तित्राभन्दा ठुलो, रातो चुच्चो हुने, खैरो भुइँ भएको, रागे चरो।
28834 च्याखुरो ना. २. कुनै प्रेमीले प्रेमिकालाई हेरे झैं शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयुक्त हुने सोही चरो; चकोर।
28835 च्याङ्ग्रे ना. १. च्याङ्ग्रा बिक्री गर्न ल्याउने व्यक्ति।
28836 च्याङ्ग्रे ना. वि. २. अत्यन्त दुब्लो, सुकुटे, नसे, च्याँसे।
28837 च्याङ्ग्रे धर्ना ना. कहिले सस्तो पाइएला भनी कुरिरहने काम।
28838 च्याङ्ग्रो ना. १. जिउमा लामालामा झ्यापुल्ले भुत्ला हुने र हिमाली इलाकामा पाइने एक जातको बाखो।
28839 च्याङ्ग्रो ना. वि. २. दुब्लो, नसे, च्याँसे, च्याङ्ग्रे।
28840 च्याटच्याट क्रि.वि. १ बराबर टाँसिने गरी लस्सा लागेर।
28841 च्याटच्याट क्रि.वि. २. बराबर डोरी आदि छिन्ने गरी।
28842 च्याट्ट क्रि.वि. १. लस्सादार वस्तु एकैपल्ट टाँसिए झैँ गरी।
28843 च्याट्ट क्रि.वि. २. डोरी आदि छिन्दा चड्का आवाज आए।
28844 च्यात्नु स.क्रि. १. कपडा, कागत, पात आदि वस्तुलाई छुट्टयाउनु वा फार्नु टुक्रा पार्नु नष्ट पार्नु।
28845 च्यात्नु स.क्रि. २. फट्टाउनु, चिर्नु।
28846 च्यात्नु स.क्रि. ३. जबरजस्ती खोस्नु (दिव्य.)।
28847 च्यातचुत ना. च्यात्नेवर्ने काम, कामका लागि वा विनाकाममा पनि कपडा आदि च्यात्ने वा फाड्ने काम।
28848 च्यातचुते ना. १. कामका लागि च्यात्न राखिएको वा ठिक्क पारिएको कपडा; च्यातचुतका निम्ति छुट्ट्याइएको कपडा, कागत आदि।
28849 च्यातचुते ना. वि. २. च्यातिएको, च्यात्न ठिक्क पारिएको।
28850 च्यातच्याती क्रि.वि. कपडा, कागत आदि च्यातिँदा आवाज आए झैँ गरी।