Dictionary

All Word

28901 च्याहाँ ना. क्रि.वि. २. बालक रोएजसरी; बालक रुँदा आवाज आए झैँ।
28902 च्याहाँच्याहाँ क्रि.वि. लगातार बालक रोएको आवाज निस्कने किसिमले।
28903 च्याहान ना. हे. चिहान।
28904 च्याहाने वि. चिहाने।
28905 च्युत वि. १. कुनै वस्तु वा ठाउँबाट चुहेको; झरेको (तरल पदार्थ)।
28906 च्युत वि. २. पतित; भ्रष्ट।
28907 च्युत वि. ३. आफ्नो पद वा स्थानबाट खसेको; स्थानभ्रष्ट; पथभ्रष्ट।
28908 च्युतसंस्कृति ना. व्याकरणले प्रमाणित नगरेका अशुद्ध शब्दहरू प्रयोग गर्दा र साहित्यिक मान्यताका विरुद्ध पदहरूको व्यवहार गर्दा हुन जाने एक दोष।
28909 च्युति ना. १. च्युत हुने काम वा अवस्था, चुहाइ झराइ, खसाइ।
28910 च्युति ना. २. आफ्नो पद वा स्थानबाट भ्रष्ट हुने काम।
28911 च्यूली ना. हे. चिउली।
28912 च्यूलो ना. हे. चिउलो (पाउलो, पालुवा)।
28913 च्यैच्यै ना. हे. चेइचेइ।
28914 च्योत ना. घ्याङ गुम्बा आदिमा दमाहा जस्तै ढ्याङयाङ बजाइने, ढ्याङ्ग्रोभन्दा ठुलो खालको बाजा।
28915 च्वाँक वि. राम्रो, सुन्दर, हिसी परेको।
28916 च्वाँक वि. (विशेषतः केटी )।
28917 च्वाँचे ना. सुँगुर, बँदेल, बङ्गुर।
28918 च्वाँठ वि. १. ज्यादै कालो भए पनि चिल्लो र चम्किलो।
28919 च्वाँठ वि. २. ज्यादै अमिलो; चुक।
28920 च्वाँठे वि. १. ज्यादै अमिलो, चर्को अमिलो।
28921 च्वाँठे वि. २. अति कालो; चुकजस्तो कालो, च्वाँठ।
28922 च्वाइँ क्रि.वि. १. आगामा वा तातेका धातु पत्थर आदिमा पानी हाल्दा आवाज निस्के झैं गरी।
28923 च्वाइँ क्रि.वि. २. तातेका घिउतेलमा तरकारी ओइरँदा आवाज आए जस्तै भवाइँ।
28924 च्वाइँय क्रि.वि. तातेका तेल, घिउ आदिमा चिसो वस्तु पर्दा अफ ठुलो आवाज आउने किसिमले तरकारी ओइरँदा जस्तै भएर।
28925 च्वाक्क क्रि.वि. १. जिब्रो बजाउँदा 'च्वाक्' शब्द उत्पन्न भए जस्तै गरी।
28926 च्वाक्क क्रि.वि. २. गालामा चुम्बन गर्दा आवाज आए झैँ।
28927 च्वाट्ट क्रि.वि. १. मोटो र खिरिलो किसिमको धागो वा डोरी चुँडिए झैं गरी।
28928 च्वाट्ट क्रि.वि. २. भट्ट, तुरुन्त चाँडो।
28929 च्वाप्प क्रि.वि. १. कुनै रसिलो वस्तुको गफा मुखमा हाल्ने किसिमले।
28930 च्वाप्प क्रि.वि. २. गालामा म्वाइँ खाँदा तिखो आवाज आए झैँ गरी।
28931 च्वाफी ना. बाँसका सिन्काहरूको मुठा पारेर बनाइएको एक प्रकारको कुचो।
28932 च्वामच्वाम क्रि.वि. १. चाम्रो वस्तु चपाउँदा शब्द आए झैँ गरी।
28933 च्वामच्वाम क्रि.वि. २. धमाधम म्वाइँ खाँदाको आवाज झैँ।
28934 च्वाम्म क्रि.वि. रसिलो र नरम वस्तुको गाँस मुखमा हाली चपाए झैं गरी।
28935 च्वाम्ल्याड्ड क्रि.वि. पानीमा चोपलिँदा लिंदा आवाज आए झैं गरी; झ्वाम्ल्याड्ड।
28936 च्वार्र क्रि.वि. १. तातेका घिउतेलमा पानीका थोपा पर्दा आवाज निस्के झैं गरी।
28937 च्वार्र क्रि.वि. २. पातलो कपडा, कागत आदि च्यात्ता निस्कने शब्दका किसिमले।
28938 च्वाली ना. हाँस, कुखुरा आदिका अन्डाभित्रको सेतो पदार्।
28939 च्वासच्वास क्रि.वि. बारम्बार आगो, सिस्नु आदिले पोल्ने गरी पटक पटक काँढो आदि बिझे झैँ भएर।
28940 च्वास्स क्रि.वि. १. आगो, सिस्नो आदिले पोले २. किलाकाँटा बिझ्दा वा कुनै वस्तुले घोच्ता तीव्र दुःख आए।
28941 च्वास्स क्रि.वि. ३. कसैको कटु वचन मनमा गड्ने किसिमले।
28942 देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये सातौं वर्ण, तालव्य, स्पर्शसङ्घर्षी, अघोष तथा महाप्राण व्यञ्जन वर्ण, चवर्गको दोस्रो अक्षर लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न, छाते छ।
28943 अ.क्रि. प्रथम पुरुष एकवचन र वर्तमानकालिक अस्तित्व बुझाउने एक शब्द।
28944 छँटनी ना. १. छाँटछुट पार्ने काम, छँटाइ।
28945 छँटनी ना. २. धेरै भएर गाँजिई सेप लाग्ने अवस्थामा पुगेका बोटबिरुवालाई उखेलेर छरितो पार्ने वा ठिक्क राख्ने काम।
28946 छँटनी ना. ३. कुनै पदार्थमा मिसिएको विजातीय पदार्थ वा अनिष्ट वस्तुलाई हटाउने काम।
28947 छँटनी ना. ४. अनावश्यक वा अल्छी र अयोग्य कामदारहरूलाई हटाउने काम पजनी।
28948 छँटनी ना. ५. विभिन्न ठाउँमा लैजाने वस्तुहरूलाई बेग्लाबेग्लै छुट्ट्याउने काम।
28949 छँटनीमटनी ना. छाँट्ने र मिलाउने काम छाँटछुट।
28950 छँटाइ ना. १. छाँट्ने भाव, क्रिया वा प्रक्रिया।