Dictionary

All Word

28751 चौरचन ना. १. गणेश चौथीका दिन मनाइने सांस्कृतिक उत्सव, गणेश चौथीका राती फलफूल आदि चोर्ने पर्व।
28752 चौरचन ना. २. लोकधारणाअनुसार उक्त चौथीका दिन चौरदोषबाट लाञ्छित चन्द्रमा, चथा (नेवा)।
28753 चौरस वि. १. चार कुना परेको, चार कुना मिलेको, चारकुने ठाउँ, जमिन, वस्तु इ.)।
28754 चौरस वि. २. फराकिलो र सम्म।
28755 चौरस्ता ना. चारैतिरबाट छुट्ने र मिल्ने ठाउँ, चौबाटो।
28756 चौरानब्बे ना. १. नब्बे र चार जोड्दा हुने सङ्ख्या (४ को अङ्क।
28757 चौरानब्बे ना. वि. २. नब्बेमाथि चार थप्दा हुने सङ्ख्याको त्यति सङ्ख्यामा पर्ने।
28758 चौरानब्बे / चौरानब्बेयौँ वि. चौरानब्बे सङ्ख्यामा आउने वा पर्ने।
28759 चौरानब्बे ना. / वि. हे. चौरानब्बे।
28760 चौरान्नब्बेयौँ वि. चौरानब्बेऔँ।
28761 चौरास ना. १. चढिने घोडाका घाँटीमा लगाइने ससाना घण्टहरूको माला।
28762 चौरास ना. २. जीवले चौरासी योनि घुम्नु पर्छ भन्ने कथन, सबैतिर (जस्तै- चारचौरास )।
28763 चौरासिऔँ / चौरासियौँ वि. चौरासी सङ्ख्याको क्रममा आउने, चौरासी अङ्कको क्रममा रहेको।
28764 चौरासी ना. १. असी र चार जोडिँदा हुने सङ्ख्या बराबरको अङ्क, ८४ को अड्क।
28765 चौरासी ना. वि. २. असी र चार जोड्दा हुने सङ्ख्याको, सो सङ्ख्यामा पर्ने।
28766 चौरासी आसन ना. १. योग-साधना गर्दा बसिने चौरासीवटा मानिएका आसन।
28767 चौरासी आसन ना. २. रतिक्रीडाका विभिन्न आसन।
28768 चौरासी सिद्ध ना. इसाका आठौं शताब्दीका आधाआधीदेखि शताब्दीसम्म भएका प्रधान चौरासी सिद्धालूइपा, लीलापा, विरूपा, डोन्डिपा, शवरपा, सरहपा, कङ्कालीपा, मीनपा, गोरक्षपा, चोरङ्गीपा, वीणापा, शान्तिपा (रत्नाकर शान्ति), तन्तिपा, चमरिपा, खङ्गपा, नागार्जुन, कन्हपा (चर्यपा), कर्णरिपा (आर्यदेव), थगनपा, नारोपा, शलिपा ( शीलपा), तिलोपा ( तिल्लोपा), छत्रपा, भद्रपा, दोखन्धिपा (दिखण्डिपा), अजोगिपा, कानपा, धोम्मिपा, कङ्कणापा, खमरिया (कम्बलपा), डेडिपा, भर्दपा, तन्धेपा (तन्तेपा), कुकुरिपा, कुचिपा (कुसूलिपा), धर्मपा, महीपा (महिलपा), अचिन्तिपा, भलहपा ( भवपा), नलिनपा, भुसुकुपा, इन्द्रभूति, मेकोपा, कुठालिपा ( कुद्दालिपा), कर्मारपा (कम्बरिपा), जालान्धरपा ( जालधारक), राहुलपा धर्वरिपा (धर्मरिपा), भोहरिपा, मेदनीपा, पङ्कजपा, घण्टापा (वज्रपा), जोगीपा, (अजोगिपा ) चेलुकपा, गुण्डरिपा ( गोरुरपा), लुचिकपा, निर्गुणपा, जयानन्त, चर्पटिपा (पचरिपा), चम्पकपा, भिखनपा, भलिपा, कुमरिपा, खरिपा ( जवरि- अजपलिपा ), मणिभद्रा ( योगिनी), मेखलापा ( योगिनी), कनखलपा ( योगिनी), कलकलपा, कन्तलिपा (कन्थालिपा), धहुलिपा (धहुरिपा), उधलिपा ( उधरिपा), कपालपा (कमलपा), किलपा, सागरपा, सर्वभक्षपा, नागबोधिपा, दारिकपा, प्रतुलिपा, पनहपा ( उपानहपा), कोकालिपा, अनङ्गपा, लक्ष्मीकरा ( योगिनी), समुदपा र भलिपा (यालिपा )]।
28769 चौरासी / चौरासीयौँ वि. हे. चौरासियौँ।
28770 चौर्य ना. चोरी, चोरीको काम।
28771 चौर्यरत ना. लुकीछिपी गरिने सम्भोग गुप्त मैथुन।
28772 चौर्यरत ना. चोरीको पेसा, चोरी नै जीविकाको मुख्य आधार हुने व्यवहार।
28773 चौल ना. द्विजजातिले मानिआएका सोह संस्कारमध्ये एक संस्कार, चूडाकर्म, मुण्डन, छेवर।
28774 चौलकर्म ना. छेवर, मुण्डन।
28775 चौलानी ना. चामल भिजाएर निकालेको पानी; चामल पखालेको पानी।
28776 चौलाने ना. १. लँडेको साग।
28777 चौलाने ना. २. चिल्ला र ठुला पात हुने साधारण को रुख।
28778 चौलाने ना. वि. ३. चौलानीजस्तो पातलो (मही आदि)।
28779 चौशाला ना. बिचमा फराकिलो आँगन राखी त्यसवरिपरि घुमाएर बनाइएको घर।
28780 चौसट्ठिऔँ / चौसट्ठियौँ वि. चौसट्ठी सङ्ख्याका क्रममा आउने, चौसट्ठी सङ्ख्याको।
28781 चौसट्ठी ना. साठी र चार जोड्दा हुने सङ्ख्या ६४ को अङ्क।
28782 चौसट्ठी ना. वि. २. साठी र चारको योगबाट बन्ने, सो सङ्ख्यामा पर्ने वा हुने।
28783 चौसट्ठीऔँ वि. हे. चौसट्ठिऔँ।
28784 चौसर वि. १. चारैतिर सुर मिलेको, चारै कुना बराबर भएको।
28785 चौसर वि. ना. २. त्यस्तो वस्तु वा जमिन।
28786 चौसल्ला ना. १. चार पत्र भएको शाल।
28787 चौसल्ला ना. २. राजामहाराजाहरूबाट विशेष उत्सवमा विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाउन ओढाएर दिइने शालका चार पर्दा वा पत्र।
28788 चौसाला वि. १. चार वर्षमा पूरा हुने, चार वर्षका लागि रहने वा रहेको।
28789 चौसाला वि. ना. २. चार वर्षमा पूरा भएको वा चार वर्षका लागि बन्दोबस्त मिलाइएको वस्तु।
28790 चौसाला रकम ना. चार वर्षमा चुक्त्याइने वा बुझाइने रकम वा दस्तुर।
28791 चौहट्टी / चौहट्ठी ना. जग्गाजमिनको चारैतिरको सीमा, जग्गाको चारै किल्ला, निश्चित जमिनको सेरोफोरो।
28792 चौहत्तर ना. १. त्रिहत्तरपछि आउने सङ्ख्या, ७४ को अङ्क।
28793 चौहत्तर ना. वि. २. सत्तरी र चारका योगसङ्ख्याको; सो सङ्ख्यामा पर्ने वा हुने।
28794 चौहत्तरौँ वि. चौहत्तर सङ्ख्यामा पर्ने वा आउने; चौहत्तर नम्बरको।
28795 चौहत्ता / चौहत्ती वि. चार हात लामो, चार हातको नाप भएको, चारहाते।
28796 चौहद्दी ना. चारैतिरको हद वा सीमा; चार किल्ला।
28797 च्च ना. ज्यादै प्रफुल्लित, हर्षित र आश्चर्यचकित हुँदा स्वभावतः जिब्रो बज्ने वा बजाइने ध्वनि।
28798 च्च च्च ना. त्यसरी प्रफुल्लित, हर्षित एवं आश्चर्यचकित हुँदा जिब्रो नेवा बजाइने द्विरुक्त ध्वनि।
28799 च्यवन ना. १. चुहुने काम तप्काइ।
28800 च्यवन ना. २. पुराणअनुसार अश्विनीकुमारले औषधी गरी बुढो अवस्थाबाट जवान बनाइएका प्रसिद्ध एक प्राचीन ऋषि।