Dictionary

All Word

28601 चौखुट ना. 3. बराबर अकलिएका चार अंशमध्ये कुनै एक।
28602 चौखुट्टे वि. १. चार खुट्टा भएको (पशु वा खाट, खटिया, मेच आदि)।
28603 चौखुट्टे वि. ना. २. पशु चौपाया।
28604 चौखुर ना. चार खुरको समूह; चारवटा खुर।
28605 चौखुरिनु ना. १. चार हातखुट्टा एकै ठाउँमा कसेर बाँधिनु।
28606 चौखुरिनु ना. २. हातगोडा नचल्ने अवस्थामा पुग्नु।
28607 चौखुरी ना. पशुका खुरनिर रहेको एक अवयव।
28608 चौखुऱ्याइ ना. चौखुरिने क्रिया वा प्रक्रिया।
28609 चौखुऱ्याइनु क.क्रि. चौखुरिने पारिनु, चौखुऱ्याउने काम गरिनु।
28610 चौखुऱ्याउनु स.क्रि. / प्रे.क्रि. १. चार हातखुट्टा एकै ठाउँमा पारेर बाँध्नु।
28611 चौखुऱ्याउनु स.क्रि. / प्रे.क्रि. २. चौखुरिने पार्नु।
28612 चौखुऱ्याहट ना. चौखुऱ्याउने अवस्था वा क्रियाप्रक्रिया।
28613 चौगडा ना. हे. चौघडा।
28614 चौगरो ना. चारैतिर घुमेको आली भएको खेतको गरो खेतको ठुलो गरो।
28615 चौगाराचौगारी ना. सानाठुला चौगाराहरूको समूह।
28616 चौगारी ना. चौगाराको सानो रूप।
28617 चौगारो ना. १. चार गाराहरूको समूह।
28618 चौगारो ना. २. चारैपट्टिका गारामा टाँसेर बनाइएको पेटी।
28619 चौगिर्द / चौगिर्दा ना. १. घर, जग्गा आदिको चारैतिर बेरिएको पर्खाल।
28620 चौगिर्द / चौगिर्दा ना. क्रि.वि. २. वरिपरि चारैतिर।
28621 चौगुना वि. १. चार गुना बराबरको, चारगुना, चारले गुनिएको, चार दोबर, चौबर।
28622 चौगुना वि. क्रि.वि. २. चारको अनुपातमा (ठुलो वा सानो)।
28623 चौगेडी ना. सुनको घेरा भएको, बिच बिचमा मोती, पन्ना आदि जडिएको ठुलो खालको मुन्द्रोजस्तो गहना।
28624 चौगोडी ना. पलेंटी।
28625 चौघडा ना. राता आँखा र जिउ सेता वा कालो टाटा भएको, घाँस खाने, चारै गोडा उचालेर हिँड्ने, खरायोका जातको घरपाला जन्तु, घरखरायो; चौगडा।
28626 चौघडी ना. चार घडीको समय।
28627 चौघडी ना. चारवटा घोडाद्वारा तानिने बग्गी, चौघोडी।
28628 चौघडे वि. चारवटा घोडा भएको; चौघोडे।
28629 चौघरा ना. १. बिचमा आँगन वा चोक राखी त्यसको चारैतिर बनाइएको घर।
28630 चौघरा ना. वि. २. चौघडे।
28631 चौघान ना. जिल्ला वा अञ्चल आदिका गाउँ, नगर आदिको बिचमा रहेको वा सरेक (पाहिक) पर्ने गरी तोकिएको मुख्य ठाउँ, सदर मुकाम।
28632 चौघेरा वि. १. चारैतिर घेरा भएको (घर, जमिन आदि)।
28633 चौघेरा वि. ना. २. घरको चारैतिर बनाइएको पेटी।
28634 चौघोडी ना. हे. चौघडी।
28635 चौघोडे वि. चौघडे।
28636 चौचौ ना. लगातारको चाह, उत्कट चाहना।
28637 चौटा ना. हे. चौटो।
28638 चौटामासु ना. हाड, बोसो आदि नभएको मासुको चौटो फलमासु, रातो मासु।
28639 चौटाचौटी ना. १. मासुका सानाठुला चौटाहरूको समूह।
28640 चौटाचौटी ना. २. चौटा र अरू त्यस्तै चिजहरूको समूह।
28641 चौटाचौटी ना. ३. सानाठुला गराहरूको समूह।
28642 चौटालाम्टा ना. १. चौटा र लाम्टाको समूह।
28643 चौटालाम्टा ना. २. काम गर्दा ठुलो सास्ती पाएको स्थिति हैरानी, ठुलो श्रम।
28644 चौटिनु अ.क्रि. चोक्टा हुनु, टुक्रिनु।
28645 चौटो ना. १. मासु आदिको टुक्रो वा आलु, मुला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चपाइने अंश; चोक्टो।
28646 चौटो ना. २. गुन्द्री, कपडा आदिको सानो हिस्सा।
28647 चौटो ना. ३ खेतका गराको सानो फगटो।
28648 चौट्याइ ना. १. चौटिने क्रिया वा प्रक्रिया।
28649 चौट्याइ ना. [चौट्याउ + आइ] २. चौट्याउने क्रिया वा प्रक्रिया।
28650 चौट्याइनु क.क्रि. चौटा पार्ने काम गरिनु।