Dictionary

All Word

28451 चोभलचाभल ना. चोपलचापल।
28452 चोभलाइ ना. चोभल्ने क्रिया वा प्रक्रिया।
28453 चोभलाइनु क.क्रि. चोभल्न लगाइनु।
28454 चोभलाउनु प्रे. क्रि. चोभल्न लाउनु।
28455 चोमलिनु क.क्रि. १. चोभल्ने काम गरिनु।
28456 चोमलिनु क.क्रि. अ.क्रि. २. चोभलिने होइनु।
28457 चोभाइ ना. चोभ्ने भाव, क्रिया वा प्रक्रिया।
28458 चोभाइनु क.क्रि. चोभ्न लगाइनु।
28459 चोभाउनु प्रे. क्रि. चोभ्न लगाउनु।
28460 चोभिनु क.क्रि. चोभ्ने काम गरिनु, डुबिनु।
28461 चोया ना. हे. चोयो।
28462 चोयाचोयी ना. सानाठुला चोयाहरूको समूह, चोया र अरू त्यस्तै वस्तुको समूह।
28463 चोयो ना. बाँस, मालिङ्गो, निगालो आदिको कलिला भाटाबाट गिद्रो की अफ पातलो र जुइनाका रूपमा बटारिन सक्ने पारिएको वस्तु।
28464 चोयोबातो ना. १. चोयो र बातो; साधारण रूपले बाँध्ने चोयो र खिपेर विशेष प्रकारले बाँध्ने बाती।
28465 चोयोबातो ना. २. घरबार आदिलाई चोयाको जुइनाले बाँध्ने कार्य।
28466 चोयोबातो ना. 3 झुप्रो अर्थात् घर बनाउने र मर्मत गर्ने कार्य।
28467 चोर्नु स.क्रि. लुकीछिपी कसैले थाहा नपाउने गरी अर्काको धनमाल हरण गर्नु, अर्काको सम्पत्ति खुसुक्क लैजानु; लामो हात गर्नु; चोरी गर्नु।
28468 चोर ना. १. कसैले पनि थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति; तस्कर।
28469 चोर ना. वि. २. लुकेर रहेको, गुप्।
28470 चोर ना. ३. अरूलाई ठग्ने वा कम्ती माल दिने बेइमान।
28471 चोर ना. ४. चोर्ने।
28472 चोर ना. ५. चुहिएर छिर्ने (चोर घाम, चोर घर आदि)।
28473 चोर ना. ६. मनको कुरा लिने वा चित्त हरण गर्ने।
28474 चोरआँखे वि. १. लुकीछिपीकन आँखा कर्काउने, अरूले नदेख्ने गरी यताउति हेर्ने।
28475 चोरआँखे वि. २. अर्काले देख्न नसक्ने ठाउँमा देख्ने।
28476 चोरआँखो ना. १. बाता वा चोया काड्दा चिरेका बाँसका बिचमा पर्ने आँख्लो, भालुआँखो।
28477 चोरआँखो ना. २. लुकीछिपीकन हेर्ने आँखो; कर्के आँखो।
28478 चोरउद्योग ना. सरकारी नियम कानुनलाई छलेर वा सर्वसाधारण जनतालाई ठग्ने उद्देश्यले गरिने उद्योग कालो उद्योग।
28479 चोरऔँले वि. १. चोरका जस्ता औंला भएको; चोर्ने औँला भएको।
28480 चोरऔँले वि. २. चोर औँला मात्र भएको।
28481 चोरऔँलो ना. बुढी औँलो र माझी औंलाका बिचको औंलो; औँलो, तर्जनी।
28482 चोरकमिलो ना. झुक्याएर वा छलेर ज्यादै असह्य हुने गरी चिल्ने कालो रङको कमिलो।
28483 चोरखर ना. १. पुरानो खरको छानो मकाएर पानी चुहिने ठाउँमा बिचबिचमा घुसारिने नयाँ खर।
28484 चोरखर ना. २. छाएको ठाउँमा त्यान्द्रा पारेर तुर्लुङ झुन्डिएको खर।
28485 चोरगेडे वि. चोर गेडाहरू मिसिएको वा भएको (मास, भटमास, सानो केराउ इ.)।
28486 चोरगेडो ना. भिजाउँदा पनि नभिज्ने र पकाउँदा पनि नपाक्ने मास, केराउ, चना आदिको गेडो, अटेर्न, डाइनु।
28487 चोरचकार ना. १. सानोतिनो चोर, ठिनेमिने चोर; चोट्टा।
28488 चोरचकार ना. २. चोर र चकार।
28489 चोरजुवा ना. जुवा खेल्न नपाइने दिनमा खेलिने जुवा, जतिखेर पायो उतिखेर खेलिने जुवा; बाह्रमासे जुवा।
28490 चोरबजार ना. चोरेर ल्याएका मालसामानहरू किनबेच गर्ने बजार, लुकाईछिपाईकन मालसामान किनबेच गरिने बजार, कालोबजार।
28491 चोरबजारिया वि. चोरबजारमा किनबेच गर्ने; चोरी व्यापार गर्ने (मान्छे)।
28492 चोरबजारी ना. चोरीका मालसामान किनबेच गर्ने काम।
28493 चोरबत्ती ना. १. प्रायः चोरले लिने बत्ती, तुरुन्त बाल्न र निभाउन हुने बत्ती।
28494 चोरबत्ती ना. २. टर्चलाइट।
28495 चोरबाटो ना. खुसुक्क निक्लने र मूलबाटोबाट भन्दा छिटो पुगिने, अन्तरकुन्तरबाट झिकिएको बाटो, छड्के बाटो।
28496 चोरबाली ना. एक जातको बाली लगाएका छेउकुनामा लगाएको अर्को जातको बाली।
28497 चोरबाली ना. ( मकै बालीभित्र धान, धान खेतका आलीमा मास आदि)।
28498 चोराइ ना. चोर्ने प्रवृत्ति, क्रिया वा प्रक्रिया।
28499 चोराइनु क.क्रि. चोर्न लगाइनु।
28500 चोराउनु प्रे. क्रि. चोर्न लगाउनु।