Dictionary

All Word

28851 च्याताच्यात ना. परस्परमा एक अर्काका लुगाफाटो आदि धमाधम च्यात्ने काम।
28852 च्यातिनु स.क्रि. १. कपडा, कागत आदि टुक्रिनु, फाट्नु, चिथ्रा हुनु।
28853 च्यातिनु स.क्रि. क. क्रि. २. चिरिनु, फारिनु।
28854 च्यान्टा वि. सानो गाँठी वा कदको, छरितो र चट्ट परेको।
28855 च्यान्टा घोडा ना. सानो गाँठीको फुर्तिलो घोडा।
28856 च्यान्टाच्यान्टी ना. सानाठुला धेरै च्यान्टाको समूह।
28857 च्यान्टी वि. सानो गाँठी वा कदकी छिटी - छरिती र चट्ट परेकी (आइमाई )।
28858 च्यान्टे वि. च्यान्टा वा च्यान्टो परेको, सानो गाँठी वा कदको।
28859 च्यान्टेकर्मी वि. कुनै वस्तु जोड्ने साधन वा उपकरण ( ज्वाइनर )।
28860 च्यान्टो वि. १. सानो गाँठीको र छरितो; बलियो र पुड्को, च्यान्टा।
28861 च्यान्टो वि. ना. २. त्यस्तो मानिस वा गाईबस्तु।
28862 च्याप्नु स.क्रि. दुईतिरबाट च्याप्प पारेर दबाउनु दाबिने गरी थिच्नु।
28863 च्यापच्याप क्रि.वि. १. लस्सादार वस्तु टाँसिए झैँ गरी, च्याटच्याट।
28864 च्यापच्याप क्रि.वि. २. गर्मी, परिश्रम वा धकले मुख सुकाएर।
28865 च्यापच्याप क्रि.वि. ३. नरम वस्तु चपाउँदा शब्द निस्के झैं गरेर।
28866 च्यापिनु क.क्रि. च्याप्ने काम गरिनु।
28867 च्यापु ना. सानो जातको च्याङ्ग्रो, सानो च्याङ्ग्रो।
28868 च्यापु, ना. १. चिउँडादेखि तलतिर र रुद्रघण्टीदेखि मास्तिरको भाग; तल्लापट्टिका गिजा रहने भाग।
28869 च्यापु, ना. २. चिउँडो।
28870 च्यापो ना. दुईतिरबाट च्याप्ने साधन वा यन्त्र, चेपुवा।
28871 च्याप्जु / च्याप्ज्यू ना. धेरै पुस्ता माथिका बाजेबराजु।
28872 च्याप्टिनु अ.क्रि. १. थिचिएर वा ड्याचिएर पातलो हुनु, च्याप्टो हुनु।
28873 च्याप्टिनु अ.क्रि. २. दुईतिरका वस्तुका चेपमा परेर थिचिनु।
28874 च्याप्टी ना. १. कुनै वस्तुलाई च्यापेर झिक्ने वा राख्ने कामका लागि चाहिने साधन, चिम्टी।
28875 च्याप्टी ना. वि. २. च्याप्टो आकार भएकी (आइमाई )।
28876 च्याप्टी काँटी ना. कपाल आदि च्याप्ने काँटा, सेप्टीपिन।
28877 च्याप्टे वि. च्याप्टो परेको; च्याप्टो आकार भएको।
28878 च्याप्टे सिउँडी ना. पहेँला फूल र पहेंलै फल हुने, लामा-लामा काँडैकाँडा भएको, बाक्लो पातका छाँटको एक प्रकारको सिउँडी, मदिसे काँढो।
28879 च्याप्टो वि. चेप्टो परेको, चेप्टो बनेको, चेप्टिएको।
28880 च्याप्प क्रि.वि. १. मुख सुकेर जिब्रो तालुमा जोडिए जस्तै गरी।
28881 च्याप्प क्रि.वि. २. कुनै वस्तुमा टाँसिए झैं भएर।
28882 च्याप्सो ना. १. च्याप्ने साधन।
28883 च्याप्सो ना. २. एउटै फल्याक चिरेर बिचमा कब्जा जस्तै बनाई उघार्न र लाउन हुने तथा पुस्तक राख्ने काम गरिने काठको साधन खटिया।
28884 च्याप्सो ना. 3. रेखैरेखा परेर घुमेको अनि तिखो टुप्पो भएको काठ आदि छेड्ने फलामे साधन।
28885 च्याप्सो ना. वि. ४. दुब्लो, च्याँसे; पातलो।
28886 च्याब्रुङ ना. १. लिम्बूजातिमा प्रचलित एक लोकनृत्य।
28887 च्याब्रुङ ना. २. राईलिम्बूमा प्रचलित, खरी नलगाएको ढोलजस्तो, ठुलो तालबाजा।
28888 च्याब्रुङ नाच ना. च्याब्रुङ बजाएर नाचिने लिम्बू जातिको एक लोकनृत्य।
28889 च्यामलाङ ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ७,२७६ मिटर अग्लो एक हिमाली चुचुरो।
28890 च्यामुठी ना. हे. चाममुठी।
28891 च्यामे ना. सरसफाइको काम गरेर जीविका गर्ने व्यक्ति।
28892 च्याम्पटी ना. लप्सीको बियाँ।
28893 च्याम्पियन ना. अत्यन्त दक्षताका साथ खेल आदि खेल्ने, काम गर्ने, सफलता प्राप्त गर्ने व्यक्ति।
28894 च्याम्म क्रि.वि. बेसरी च्याप्ने किसिमले दह्रोसँग अँठ्याएझैँ गरी।
28895 च्यारच्यार क्रि.वि. कपडा, कागत आदि खुरुखुरु च्यातिए झैं गरी।
28896 च्यारच्यारी / च्यारच्यार्ती क्रि.वि. अझ छिटो च्यारच्यार भएर।
28897 च्यार क्रि.वि. कपडा, कागत आदि च्यात्ता आवाज निस्के झैं गरी; ध्यार्र।
28898 च्यास्स क्रि.वि. १. हल्कासँग छोएर।
28899 च्यास्स क्रि.वि. २. काँडा आदि बिस्तारै बिझे झैं गरी।
28900 च्याहाँ ना. १. सानो बालक रुँदाखेरि निस्कने शब्द।