Dictionary

All Word

28951 छँटाइ ना. २. छँटाउने भाव, क्रिया वा प्रक्रिया।
28952 छँटाइनु क. क्रि. १. छाँट्न लगाइनु, छाँट्ने पारिनु।
28953 छँटाइनु क. क्रि. अ.क्रि. छाँटा चढ्ने होइनु; बहुलाइनु।
28954 छँटाउनु प्रे. क्रि. छाँट्न लगाउनु, छाँट्ने पार्नु।
28955 छँटाउनु अ.क्रि. मस्तिष्कले राम्रोसँग काम नगरी सनक चढ्नु, छाँटा चढ्नु, सन्कनु, बहुलाउनु, जङ्गिनु।
28956 छटाहा वि. छाँटा चढेको, सन्काहा हावा खुस्केको।
28957 छँटिछटाउ ना. १. गहना, पोसाक, केश, आदिको सिंगार।
28958 छँटिछटाउ ना. वि. २. त्यस्तो सिँगारद्वारा चिटिक्क परेको, झरिकुट्ट; चिरिच्याट्ट।
28959 छँटुवा वि. छाँट्ने काम गरिएको, छानेको (व्यक्ति वा वस्तु)।
28960 छँडुली वि. छाडा स्वभावकी, उत्ताउली, छाले, बाइफाले (आइमाई )।
28961 छँडुलो वि. छाडा स्वभावको उत्ताउलो रन्डीबाज व्यभिचारी।
28962 छँडुल्याइँ ना. छँडुलो बन्ने भाव वा प्रक्रिया, छँडुलो हुनाको चाल, छालेपन।
28963 छँडुवा वि. छाडा स्वभावको, उत्ताउलो।
28964 छँदाइ ना. छाँद्ने भाव, क्रिया वा प्रक्रिया।
28965 छँदाइनु क. क्रि. छाँट्न लगाइनु, छाँद्ने पारिनु।
28966 छँदाउनु प्रे. क्रि. छाँट्न लगाउनु छाँट्ने पार्नु।
28967 छँदाहा वि. १. छाँद हाल्ने काम गर्ने।
28968 छँदाहा वि. २. छाँदिएको, छाँदछुँद पारिएको।
28969 छँदुवा वि. १. खुट्टामा बाँधिएको, छाँदिएको (पशु)।
28970 छँदुवा वि. २. कसाकस गरेर मिलाइएको छाँदिएको (भारी)।
28971 छँसाइ ना. छाँस्ने क्रिया वा प्रक्रिया।
28972 छँसाइनु क. क्रि. छाँस्न लगाइनु, छाँस्ने पारिनु।
28973 छँसाउनु प्रे. क्रि. छाँस्न लाउनु, छाँस्ने पार्नु।
28974 छइ ना. हात्तीलाई पछि हट्ने पार्नका निम्ति भनिने शब्द।
28975 छक ना. कुनै अनौठो कुरो देखेर वा सुनेर मन औताउने काम, छक्क, आश्चर्य; अचम्म।
28976 छकछक ना. १. रेल हिँड्दा उत्पन्न हुने शब्द।
28977 छकछक ना. क्रि.वि. २. रेल हिँड्दा शब्द आए जस्तै।
28978 छकछके ना. १. भित्र मसिना गेडा हालेर बजाइने एक प्रकारको बाजा वा खेलौना।
28979 छकछके ना. २. रेल ( बालबोलीमा )।
28980 छकछके ना. वि. ३. छकछक गर्ने (रेल, खेलौना, बाजा आदि)।
28981 छकटो वि. १. कतै पनि नमिल्ने स्वभावको; अनौठो तालको।
28982 छकटो वि. २. अपरिपक्व, काँचो।
28983 छकटो वि. ३. छवटा दाँत मात्र उम्रेको; पूरा जवान भइनसकेको (चौपाया)।
28984 छकडा ना. तीनवटै पासामा दुईदुई फुट्टी आएमा पर्ने एक दाउ, छक्का पर्दा मात्र चल्न पाइने पासाको खेलको एक दाउ।
28985 छकडा ना. मानिसले ठेलेर चलाइने, मालसामान ओसार्ने गाडी, ठेलागाडी।
28986 छकल्ली ना. १. छवटा कल्ली मिलाएर बनाइएको ठुलो मुठो।
28987 छकल्ली ना. २. एक विशेष प्रकारको नेपाली टोपी।
28988 छकल्ली ना. वि. छमुठे; छ कल्लीको, छवटा कल्ली जोडेर बनाइएको।
28989 छकाइ ना. छकाउने किसिम वा क्रिया।
28990 छकाइनु क. क्रि. छलमा पारिनु, छकाउने काम गरिनु।
28991 छकाटुट ना. केही पनि नभएको स्थिति, सबै कुराको अभाव, तातो न छारो।
28992 छकार ना. १. चवर्गको दोस्रो व्यञ्जनवर्ण, 'छ' अक्षर।
28993 छ्काल ना. १. मध्याह्नको समय; मध्याह्नकाल।
28994 छ्काल ना. २. बिहानको समय; सखार।
28995 छ्काल ना. ३ सुनसान स्थिति, सन्नाटा; निछ्‌याम।
28996 छकाली ना. छकालमा खाइने खाजा वा चमेना।
28997 छकाले वि. छकालमा खाजा खाने (व्यक्ति)।
28998 छकालो ना. १. छकालमा गरिने काम।
28999 छकालो ना. २. छकाली।
29000 छकावट ना. छकाउने भाव, अवस्था वा क्रिया।