Dictionary

All Word

29101 छडी ना. ४. कन्चटमा कपाल छोट्याएर गरिने छँटाइ।
29102 छड्कनु अ.क्रि. १. छडछड शब्द गर्दै उम्लनु वा पाक्नु।
29103 छड्कनु अ.क्रि. २. छट्टसँग उम्कनु वा भाग्नु।
29104 छड्काइ ना. छड्कने क्रिया वा प्रक्रिया।
29105 छड्काइनु क.क्रि. छड्कने पारिनु, छड्काउन लाइनु।
29106 छड्काउनु प्रे. क्रि. छड्कने पार्नु, छड्काउन लगाउनु।
29107 छड्काहा वि. छड्काउने खालको, छड्कने।
29108 छड्किनु अ.क्रि. १. हे. छड्कनु।
29109 छड्किनु अ.क्रि. २. उम्लिनु, फत्किनु।
29110 छड्के वि. १. टेढो वा तेर्सो।
29111 छड्के वि. ना. २. टेढो र ठाडो पारेर काटिएका बोटबिरुवाको ठुटो, छट्के।
29112 छड्के वि. 3. अचानक वा बिचबिचमा हुने जाँच, चेक।
29113 छड्के वि. ५. घोच्ने वा बिझ्ने वस्तु।
29114 छड्के वि. ४. छेकारो।
29115 छड्को ना. भात आदि छड्कँदाको शब्द, पकाइको उमाल, छड्काइ।
29116 छड्क्याहट ना. छड्किने भाव, क्रिया वा अवस्था।
29117 छत ना. १. घरको छानु।
29118 छत ना. २ परेवा बसाउनका निम्ति उभ्याइने छाताका आकारको टाँड; परेवा बसाल्ने आडा।
29119 छत ना. ३. ट्रक वालरीको चालक बस्ने ठाउँभन्दा माथिल्लो भाग।
29120 छताछुल्ल क्रि.वि. पन्यालो पदार्थ चारैतिर पोखिने वा छरिने गरी; छ्याल्लब्याल्ल।
29121 छतिउन ना. भेट्नैपिच्छे प्रायः सातसात वटा पात हुने, ससाना सेता फूल र लामालामा कोसा फल्ने, चोट लाग्दा वा काता दुध निस्कने एक जातको रुख छतिवन, सप्तपर्ण।
29122 छतिपति ना. १ इज्जतआबरु, लाजसरम।
29123 छतिपति ना. २. मानमर्यादा।
29124 छतिवन ना. हे. छतिउन।
29125 छ तीन ना. पासाको खेलमा एउटामा छ फुट्टा, दोसामा दुई फुट्टा र तेसामा एक फुट्टा पर्दा हुने एक दाउ, पासाखेलमा 'नौ' को एक दाउ।
29126 छतेर्जे ना. तामाङजातिमा नवजात शिशुको नामकरण संस्कार, न्वारान।
29127 छतौरी ना. १. गाभिनु भइनसकेकी पठेग्री भेडो, भेडाको कुमारी पाठी।
29128 छतौरी ना. २. छाडा बानीबेहोरा भएकी केटी।
29129 छतौरो ना. १. भेडाको पाठो।
29130 छतौरो ना. २. बिउका निम्ति पालिएको भाले भेडो, बियाडे भेडो।
29131 छतौरो ना. ३. छाडा केटो।
29132 छत्त वि. कुनै कुराको पनि भेदभाव नराख्ने, एकाम्मे (जस्तै- एकछत्त)।
29133 छत्तर ना. १. छाता।
29134 छत्तर ना. २. पुरानु शैलीको छाता।
29135 छत्तरे ना. राजा।
29136 छत्ता ना. १. मौरीले मह जम्मा गर्न र छाउराहरू राख्नका निम्ति बनाएको छाताका आकारको चाको।
29137 छत्ता ना. २. छाता, छत्र।
29138 छत्तिस ना. तिस र छ जोड्दा हुने सङ्ख्या ३६ को अङ्क।
29139 छत्तिस जात ना. जयस्थिति मल्ल राजाले वर्ण नछुट्टिएका समाजलाई कामका आधारमा विभाजन गरिएका जातहरू ज्यापू, बनी, मू (मुल्मी), दङ्ग ( डङ्गोल), काहाभुजा, कुमाले, दली, बलहजी ( बुल), नली, युङ्ग्वार, गौको (गौं), चित्रकार (पुं), भाट (भार), छिपा, नकर्मी (कौ), नाऊ, सर्मी (साल्मी), खौसा (खुसः), तिप्पा (तेपे), कल्यार, पुलपुल, कुना (कोना), गयु (गाथा), तत्ती, बल्ला, लमू, पिही, गौवा ( ग्वाला), नन्दगौवा, बलमी, चेउ, आवा, पुमां (भुस्याहा), सुवा, कोयेनासो र सुघाङ ( रजक )।
29140 छत्तिसमासाका दिन ना. सारै लामा दिन, असारको दिन।
29141 छत्तिसा / छत्तिसे वि. १. नानावली दाउपेच जान्ने, खुबै बाठी; छटेली (आइमाई )।
29142 छत्तिसा / छत्तिसे वि. २. नखरमाउली।
29143 छत्तिसौं वि. सङ्ख्याका क्रममा पैतिसपछि आउने, छत्तिसको सङ्ख्यामा पर्ने।
29144 छत्र ना. १. घामपानी छल्न ओढिने साधन, छाता।
29145 छत्र ना. २. सुनको दण्ड भएको र रत्नजडित मोतीको झल्लर लागेको छाता ; एक राजचिह्न।
29146 छत्र ना. ३. चिया आदि बिरुवाको संरक्षणका निम्ति बनाइएको छाप्रो।
29147 छत्रक ना. १. छाताको आकार जस्तो हुने च्याउ।
29148 छत्रक ना. २. मौरीको छत्राकार चाको।
29149 छत्रक ना. ३. छत्राकार पारेर बनाइएको शिवमन्दिर।
29150 छत्रचक्र ना. शुभअशुभ फल बताउने ज्योतिषको एक चक्र।