Dictionary

All Word

29251 छन्द न बन्दको वि. छाँटकाँट नमिलेको; रङ्ग न ढङ्गको, छाँटको।
29252 छन्दबन्द वि. आकारप्रकार, रङ्गरोगन आदि राम्ररी मिलेको अवस्था; छाँटकाँट, ढाँचाकाँचा।
29253 छन्दशास्त्र ना. छन्दका नियमहरूको वर्णन भएको शास्त्र; छन्दका लक्षण र उदाहरणहरूको वर्णन भएको विषय।
29254 छन्दानुवृत्ति ना. अरूका इच्छा, अभिलाषालाई पूरा गर्ने काम; अर्कालाई रिझाउने र खुसी पार्ने काम।
29255 छन्देइलो वि. छन्द मिलेको, छाँटकाँट मिलेको; चिटिक्क परेको; राम्रो।
29256 छन्दोबद्ध वि. छन्दमा बाँधिएको; छन्दका नियममा लेखिएको वा रचना गरिएको।
29257 छन्दोभङ्ग ना. छन्दका नियमअनुसार रचना गरिएका पद्यमा रहेको गण, मात्रा आदिको अशुद्धि।
29258 छन्दोमुखी वि. छन्दतर्फ झुकेको, छन्दको रूप लिएको।
29259 छन्न क्रि.वि. १. धातु वा काँचका टुक्राटुक्रामा ठक्कर लाग्दाका झैँ शब्द उत्पन्न गरेर।
29260 छन्न क्रि.वि. ना. २. त्यसरी उत्पन्न भएको शब्द।
29261 छन्न वि. कुनै वस्तुले चारैतिर ढाकिएको; छोपिएको, लुकेको।
29262 छपक्क क्रि.वि. १. धारिला हतियारले केरा आदि कमला वस्तु काट्ता सजिलैसित शब्द निकाल्ने गरी।
29263 छपक्क क्रि.वि. २. विस्तारोसँग छोप्ने वा ढाक्ने किसिमले।
29264 छपक्क क्रि.वि. ३. पानीमा लुगा आदि डुबाउँदा वा तरकारी पखाल्दा शब्द निकाल्ने किसिमले।
29265 छपक्क क्रि.वि. ४. वा छिप्ने ढङ्गले।
29266 छपछप क्रि.वि. १. खास शब्द उत्पन्न हुने गरी कमलो वस्तु काटेर।
29267 छपछप क्रि.वि. २. पानीमा भिजेका लुगा आदि पछार्दा शब्द निस्कने किसिमले।
29268 छपछपती क्रि.वि. छपछपका सा।
29269 छपछपाइ ना. छपछप गर्ने किसिम वा क्रिया।
29270 छपछपाइनु क.क्रि. छपछप पारिनु।
29271 छपछपाउनु स.क्रि. छपछप पार्नु।
29272 छपछपी क्रि.वि. छपछप गरेर।
29273 छपछपे वि. १. छपछप आवाज गर्ने।
29274 छपछपे वि. ना. २. खेलाडीका सङ्ख्याका अनुपातमा तासहरू घोप्ट्याएर धेरै फुट्टा आउँदा जितिने एक खेल।
29275 छपनी ना. १. चोयाले बुनेको सोलीजस्ता आकारको जाँड छान्ने चाल्नी।
29276 छपनी ना. २ पर्खाल, चौतारो आदिमा राखिएका सानासाना ढुङ्गाहरू नचटपटाऊन् भनी तिनमाथि राखिने ठुलो ढुङ्गो, घपना, घपनी।
29277 छपनी ना. ३. तेल पेल्दा भुटेको फुलो हालेको चेपुवामा बिस्तारै रसाउने चोयाको भाँडो, पेचा।
29278 छपन्न वि. १. पचासमा छ जोड्दा हुने सङ्ख्या बराबरको।
29279 छपन्न वि. ना. २. पचास र छ जोड्दा निस्कने सङ्ख्या।
29280 छपन्न वि. पचास र छ जोड्दा हुने सङ्ख्याका क्रममा आउने छपन्न नम्बरको।
29281 छपाइ ना. १. छाप्ने किसिम वा क्रिया।
29282 छपाइ ना. २. छाप्ता वा छपाउँदा लाग्ने दस्तुर, छपाउँदाको खर्च।
29283 छपाइनु क.क्रि. छाप्न लगाइनु, छपाउने काम गरिनु।
29284 छपाउनी ना. छाप्ने काम गरेबापत लिइने दस्तुर, छपाउने काम गरेबापत लाग्ने महसुल, छपाइ खर्च।
29285 छपाउनु प्रे. क्रि. छाप्न लगाउनु, मुद्रण गर्न लगाउनु।
29286 छपाछप क्रि.वि. १. लगातारको छपछप; छपछपी।
29287 छपाछप क्रि.वि. २. छुपुछुपु।
29288 छपान ना. निकासी वा बिक्रीका निम्ति वनजङ्गलका रुखहरूमा मारिने टाँचा वा त्यस्तो टाँचा मार्ने काम छपौती।
29289 छपोल ना. १. तुलाका तौलमा धार्नीको छैटौँ भाग।
29290 छपोल ना. वि. २. त्यति नै तौलको।
29291 छपौती ना. हे छपान।
29292 छप्काइ ना. छप्काउने किसिम वा क्रिया।
29293 छप्काइनु क.क्रि. छप्काउने पारिनु, छप्काउन लगाइनु।
29294 छप्काउनु प्रे. क्रि. / स.क्रि. कोमल वस्तु काट्ता छप' आवाज निकाल्नु, मुला काटे झैँ सजिलोसित काट्नु।
29295 छप्को ना. १. कोमल वस्तु काट्ताको आवाज।
29296 छप्को ना. २. धान आदिको रोपाइँ।
29297 छप्को ना. ३. धान रोप्ताको आवाज।
29298 छप्को ना. ४. चिसा लुगा पछार्दाको आवाज।
29299 छप्प क्रि.वि. हे. छपक्क।
29300 छप्पड / छप्पर क्रि.वि. सेउला, पराल, खर आदिले छाइएको सानो घर वा गोठ, झुपडी, छप्पर, छाप्रो।