Dictionary

All Word

29351 छयालिसौँ वि. छ्यालिसका क्रममा आउने, छयालिस नम्बरको।
29352 छयालीस वि. / ना. हे. छयालिस।
29353 छ्यालीसौं वि. हे. छयालिसौँ।
29354 छयासि / छ्यासियौं वि. छ्यासीका क्रममा आउने, छयासी सङ्ख्याको।
29355 छयासी वि. १. छ र असीको योग बराबरका सङ्ख्या वा अङ्कको।
29356 छयासी वि. ना. २. छ र असी बराबरको सङ्ख्या, पचासी पछि आउने सङ्ख्या।
29357 छयासी/ छयासीयौँ वि. हे. छ्यासिऔं।
29358 छर्नु स.क्रि. १. यताउति खसाल्नु, अस्तव्यस्त पारेर फिँजाउनु।
29359 छर्नु स.क्रि. २. ब्याडमा धान आदिको बिउ छर्रछर्र पार्दै खसाल्नु, बिउ छर्नु।
29360 छरछर क्रि.वि. १. वेगसँग पानी, रगत आदि निस्कने किसिमले; छहराबाट पानी झर्दा झैं शब्द आउने गरी।
29361 छरछर क्रि.वि. ना. २. त्यस्तो शब्द।
29362 छरछरती क्रि.वि. अझै छरछर गरेर।
29363 छरछराउँदो वि. छरछर गर्दो।
29364 छरछरी क्रि.वि. छरछरती।
29365 छरछरे वि. १. छरछर गर्ने।
29366 छरछरे वि. ना. २. छाँगो।
29367 छरछार ना. १. बिउ आदि छर्ने वा त्यससँग सम्बन्धित काम; छराइपराइ।
29368 छरछार ना. २. छर्ने अन्नका बिउ वा बिजन।
29369 छरछिमेक ना. आफ्ना घरवरिपरि रहेका घरहरू; छेउछाउका गाउँघर; आफ्नो देशप्रदेश।
29370 छरछिमेक वि. १. छिमेकमा बस्ने, छिमेकमा रहेको।
29371 छरछिमेक वि. ना. २. छरछिमेकको निवासी।
29372 छरपस्ट / छरपुस्ट वि. १. यताउति चारैतिर छरिएको; समाल्न कठिन हुने गरी छरिएको।
29373 छरपस्ट / छरपुस्ट वि. क्रि.वि. २. लथालिङ्ग, भताभुङ्ग।
29374 छरपस्ट / छरपुस्ट वि. ३. यताउति चारैतिर छरिए झैं गरी।
29375 छरपस्टिनु / छरपुस्टिनु अ.क्रि. छरपुस्ट हुनु।
29376 छराइ ना. छर्ने किसिम वा क्रिया।
29377 छराइपराइ ना. छर्नेवर्ने काम।
29378 छराइनु क.क्रि. छर्न लगाइनु, छर्ने पारिनु।
29379 छराउनु प्रे. क्रि. छर्न लगाउनु, छर्ने पार्नु।
29380 छरिछट्ट क्रि.वि. छरितो र चाँडो हुने किसिमले छिटोछिटो भए।
29381 छरितो वि. १. कुनै काम गर्दा सरल वा सहज रूपले गर्ने (व्यक्ति)।
29382 छरितो वि. २. व्यवहार गर्दा, लगाउँदा वा बोल्दा अप्ठेरो नभएको (माल, वस्त्र, वाक्रौली इ.)।
29383 छरितो वि. ना ३. छरितो किसिमको कुनै पनि व्यक्ति वा कुरो।
29384 छरित्याइँ ना. छरितो हुनाको गुण वा भाव, छरितोपन।
29385 छरिनु क.क्रि. छराइमा पर्नु, छरिएको हुनु, छर्ने काम गरिनु।
29386 छरिमालो ना. १. खरानी।
29387 छरिमालो ना. २. छारो।
29388 छरी ना. १. निधारमाथि वा कन्चटनेरको लामो कपाललाई छाँटेर छरितो पारिने काम वा अवस्था।
29389 छरी ना. २. खेतबारीका कान्लाकुन्ली एवं डिलआलीहरू छाँटेर चिटिक्क पार्ने क्रिया।
29390 छरी ना. ३. काठ वा बाँसको सानो र छरितो लौरो।
29391 छरी ना. ४. चराहरूका चार नङ्ग्राभन्दा भिन्नै अलि माथि रहेको पाँचौँ नङ्ग्रा।
29392 छरीकटाइ ना. छरीको शैलीमा कपाल काट्ने किसिम वा क्रिया।
29393 छरीदार वि. १. छरी बोकेको लौरो लिएको।
29394 छरीदार वि. २. छरी काटेको कपाल छाँटेको, बुलबुले राखेको, बाबरी पालेको।
29395 छरुवा वि. १. छर्ने; छरिएको, छर्ने काम गरेको।
29396 छरुवा वि. ना. २. कौडा छरेर हान्ने एक खेल।
29397 छरुवा वि. ३. रोप्नाको साटो छरिएको धान, मकै आदि।
29398 छर्कनु स.क्रि. पानी, धुलो आदि भुईंमा छर्नु, छिट्नु, छर्नु छर्किनु।
29399 छर्काइ ना. छर्कने किसिम वा क्रिया।
29400 छर्काइनु क.क्रि. छर्कन लगाइनु।