Dictionary

All Word

29501 छल्याइ ना. बोक्रा उक्काउने वा छाला काढ्ने किसिम वा क्रिया; छोडाउने वा उधार्ने क्रियाप्रक्रिया।
29502 छल्ल क्रि.वि. १. एकै छालमा ( पानी बग्ने किसिम )।
29503 छल्ल क्रि.वि. २. जललहरीका साथमा।
29504 छल्ली ना. १. राखिएका तहमध्येको कुनै एक तह; पत्र; तरेली।
29505 छल्ली ना. २. तर; छाली।
29506 छवाइ ना. छाउने क्रिया वा प्रक्रिया; घरका धुरी, पाखा आदिमा खर, पराल छापेर पानी आदि नछिर्ने पार्ने कार्य।
29507 छवाइनु क.क्रि. छाउन लगाइनु।
29508 छवाउनु प्रे. क्रि. छाउन लगाउनु।
29509 छवि ना. १. सूर्यको किरण; आकर्षक शोभा; तेज; सौन्दर्य; प्रभा।
29510 छवि ना. २. छाया।
29511 छवि ना. ३. तस्विर; फोटो; चित्र।
29512 छवि ना. ४. चलचित्र।
29513 छवि ना. ५. रूप; सौन्दर्य।
29514 छविकार ना. फोटो खिच्ने शिल्पी; फोटोग्राफर; क्यामेराम्यान।
29515 छविदर्शक ना. वृत्तचित्र एवं चलचित्र आदि देखाउने यन्त्र (प्रोजेक्टर)।
29516 छसाइ ना. छास्ने किसिम वा क्रिया।
29517 छसाइनु क. क्रि. छास्न लगाइनु; छास्ने पारिनु।
29518 छसाउनु प्रे. क्रि. छास्न लगाउनु; छास्ने पार्नु।
29519 छस्याङछुसुङ/छ्स्राँङछुस्रुङ ना. १. खत्र्याङखुत्रुङ; जेतेमेते; छासछुस।
29520 छस्याङछुसुङ/छ्स्राँङछुस्रुङ ना. क्रि.वि. २. कागत, किताब,खुजुरा वस्तु आदि चलाउँदा असावधानी गर्ने गरी।
29521 छस्याङछुसुङ/छ्स्राँङछुस्रुङ ना. ३. सुकेका पातपतिङ्गर चलाउँदा आवाज आउने किसिमले।
29522 छहरो ना. १. पहाडका खोँचबाट निस्केर पहरामा ठक्कर खाँदै झरेको पानीको प्रवाह; छाँगो; झरना; झर्ना।
29523 छहरो ना. २. पहिरो जाँदा बग्दै गरेका माटाढुङ्गा आदिको समुदाय।
29524 छहारिलो वि. १. छहारी परेको; ओझेल परेको;छायादार; ओझेलदार ना. २. छाया परेर गर्मीको अभाव भएको स्थिति वा वातावरण।
29525 छहारी ना. १. झ्याम्म परेको रुख आदिले घामको ज्योति छेलेर भुइँमा पर्न गएको ओझेल;रुख आदिको छाया; छाहारी।
29526 छहारी ना. २. सिँयाल; सँयल।
29527 छाँगो ना. पहाडका अग्ला खोँचबाट पहरो हुँदै तल खसेको जलप्रवाह; झर्ना; छहरो।
29528 छाँट्नु स.क्रि. काटेर, खुर्केर वा उखेलेर धेरै वा असुहाउँदो भएका वस्तुलाई छरितो र सुहाउँदो पार्ने काम गर्नु।
29529 छाँट ना. १. कुनै वस्तुका बनावटको ढाँचा; किसिम; ढर्रा; कट।
29530 छाँट ना. २. लक्षण; सङ्केत; पूर्वाभास।
29531 छाँटकाँट ना. १. काटेर, खुर्केर, उखेलेर धेरै भएको वस्तुलाई ठिक्क र सुहाउँदो पार्ने काम।
29532 छाँटकाँट ना. २. वेशभूषा ठिक्क र छरितो पारी मिलाउने काम।
29533 छाँटकाँट ना. ३. हिँडाइ, बोलाइ, चलाइ आदिको ढर्रा।
29534 छाँटकाँट ना. ४. छाँट।
29535 छाँटछुँट ना. १. छाँटेर, काटेर वा खुर्केर ठिक्क मिलाउने काम।
29536 छाँटछुँट ना. वि. २. त्यसरी मिलाइएको (वस्तु)।
29537 छाँटा ना. १. बौलट्टीपना; सनक।
29538 छाँटा ना. २. अर्थ न बर्थको झोक वा रिस; घुर्की।
29539 छाँटा ना. मास भिजाएर बोक्रा छुट्ट्याई तेल र बेसार दलेर सुकाइएको दाल; बोक्रा फालिएको दाल।
29540 छाँटिनु क.क्रि. छाँट्ने काम गरिनु।
29541 छाँद्नु स.क्रि. १. पशुलाई खुट्टामा बाँध्नु।
29542 छाँद्नु स.क्रि. २. मानिसका पाउमा पर्नु।
29543 छाँद्नु स.क्रि. ३. डोका वा ढाकरको भारीमाथि सामान राखेर कसकास पार्नु; बाँधछाँद गर्नु।
29544 छाँद ना. १. पशुका खुट्टा बाँध्ने डोरी।
29545 छाँद ना. २. समर्थ मानिसका खुट्टा पक्डिएर वा खुट्टामा घोप्टिएर अप्ठ्यारो पारिने धर्मबन्धन।
29546 छाँद ना. ३. डोका, ढाकर आदिका बिटभन्दा माथि घाँस वा अन्य वस्तु राखी बाँध्ने काम वा सो बाँध्ने डोरी।
29547 छाँदछुँद ना. छाँद्नेवर्ने काम; बाँध्ने, कस्ने आदि काम।
29548 छाँद हाल्नु टु. १. प्रायः गोडामा हातले फेरो मार्नु।
29549 छाँद हाल्नु टु. २. भुतुक्क भएर अरूपट्टि लहसिनु।
29550 छाँदिनु क.क्रि. छाँद्ने काम गरिनु।