Dictionary

All Word

29551 छाँदेगाँठो ना. दाम्लाको एक छेउ पस्यौटामा छिराएर अड्काउनका लागि बनाइएको गाँठो।
29552 छाँदो ना. १. छाँद।
29553 छाँदो ना. २ अङ्कमाल।
29554 छाँस्नु स.क्रि. १. हप्काउनु; झपार्नु; छास्नु।
29555 छाँस्नु स.क्रि. २. छिमल्नु।
29556 छाइँछुइँ ना. १. झरझराउँदो आगाका कोइलामा घिउ हाल्दा निस्कने शब्द।
29557 छाइँछुइँ ना. क्रि.वि. २. त्यस्तो शब्द निस्कने गरी।
29558 छाइछुइ ना. १. छातछुत; स्पर्शास्पर्श।
29559 छाइछुइ ना. २. लसपस; लहसपहस।
29560 छाइनु क.क्रि. छाउने काम गरिनु।
29561 छाइल ना. १. छाया।
29562 छाइल ना. २. छहारी; सियाँल।
29563 छाई ना. १. दही मथेर नौनी झिकी बनाइएको तरल पेय पदार्थ; मही।
29564 छाई ना. २. पत्थरकोइला बलेपछि बचेका ससाना टुक्रा।
29565 छाउ ना. स्त्रीको रजस्वलाको अवस्था वा धर्म।
29566 छाउनु स.क्रि. घामपानीबाट बच्नका निम्ति घरमाथि छानु बनाउनु; खर, पराल, झिँगटी, टिन आदिले घरलाई माथिबाट ढाक्नु।
29567 छाउनी ना. स्थायी रूपले वा अस्थायी रूपले सैनिक बसोबास गर्ने ठाउँ; सैनिक-शिविर।
29568 छाउपडी ना. १. महिलाको मासिक धर्म हुने काम; नछुने हुने काम; परसराइ; रजस्वला; छाउ।
29569 छाउपडी ना. २. नछुने भएकी वा पर सरेकी आइमाई।
29570 छाउपडी ना. वि. ३. रजोवती नारी; नछुने; टक्रेकी; पर सरेकी।
29571 छाउरा ना. हे. छाउरो।
29572 छाउराछाउरी ना. १. साना ठुला छाउरा र छाउरीहरूको समूह; छाउरा र छाउरी।
29573 छाउराछाउरी ना. २. बच्चाबच्ची; छोराछोरी; भुराभुरी।
29574 छाउरी ना. कुकुर, बिरालो आदिको पोथी बच्चो।
29575 छाउरो ना. १. कुकुर, बिरालो आदिको भाले बच्चो।
29576 छाउरो ना. २. डाँगो वा ढाडे।
29577 छाउरो ना. ३. बालक; शिशु।
29578 छाक ना. रात वा दिनको चार भागको एक भाग; साडेसात घडीको समय; पहर।
29579 छाक ना. एकपल्ट अघाउन्जेल खान पुग्ने अन्न वा त्यस्तै खाद्य पदार्थ; एक पटक एक पेट खाइने आहार।
29580 छाक खल्को ना. जुठो परेका समयमा आशौच बस्नुभन्दा पहिले स्नान गर्ने र छाक छाड्ने काम; आशौच परेका बेला छाक छाड्ने र नुहाउने काम।
29581 छाक टार्नु टु. जिनतिनसँग साँझ-बिहानको खाने सर्जाम जुटाउनु।
29582 छाकलो ना. १. छाक टर्ने गरी खाइने खाना; एक छाक खाइने खाना।
29583 छाकलो ना. २. छकालो।
29584 छाके वि . १. छाक पुग्ने।
29585 छाके वि . २. एक छाक पाक्ने।
29586 छाके वि . ३. एक छाकसँग सम्बन्धि।
29587 छाके वि . ४. गाँसे; भतुवा; भाते।
29588 छाको ना. १. बियाएका गाईबस्तुलाई खान दिइने नुन।
29589 छाको ना. २. गाईबस्तु चरेर गोठमा आएपछि खान दिइने नुन, पिठो आदि मिलाएको आहार।
29590 छाग / छागल ना. बोको।
29591 छाङ ना. जाँडको पानी; निगार।
29592 छाछट्ट वि. जथाभाबी छरिएको; जताततै फ्याँकिएको (जुठो, फोहर आदि)।
29593 छाटछुट ना. १. छिटोछरितो चाल; चटपट; झटपट।
29594 छाटछुट ना. २. चाटचुट।
29595 छाटछुट ना. क्रि.वि. ३. चटपटसँग; छट्ट।
29596 छाड्नु स.क्रि. १. त्याग गर्नु; छोड्नु।
29597 छाड्नु स.क्रि. २. बन्धनबाट मुक्त गर्नु।
29598 छाड्नु स.क्रि. ३. खाने गरेको वस्तु खान बन्द गर्नु; गर्ने गरेको काम गर्न छाड्नु।
29599 छाड्नु स.क्रि. ४. छुट्टी दिनु; अवकाश दिनु।
29600 छाड्नु स.क्रि. ५ बसेको ठाउँ परिवर्तन गर्नु; सर्नु।