Dictionary

All Word

29651 छाद्नु स.क्रि. २. कलमले मसी उकेल्नु।
29652 छाद्नु स.क्रि. ३. भन्न नचाहेको कुरो करकापमा परेर भन्न बाध्य हुनु।
29653 छाद ना. १. खाएर पेटमा पुगिसकेको वस्तु कुनै कारणवश उल्टी भएर निस्कने शारीरिक प्रक्रिया; वमन; बान्ता;वाक।
29654 छाद ना. २. बान्ता गरेको वस्तु; उल्टी।
29655 छादक ना. १. घर छाउने व्यक्ति।
29656 छादक ना. वि. २. ढाक्ने, छोप्ने (वस्तु)।
29657 छादन ना. १. घरको छाउनी; छानो; छ।
29658 छादन ना. २. ढाक्ने वा छोप्ने काम।
29659 छादन ना. ३. पर्दा।
29660 छादित वि . छाइएको; छोपिएको; ढाकिएको।
29661 छादिनु क.क्रि. छाद्ने काम गरिनु।
29662 छान्नु स.क्रि. १. चाहिने वा असल वस्तु छुट्ट्याउनु; बिन्नु;केलाउनु।
29663 छान्नु स.क्रि. २. मन पराउनु; रोज्नु।
29664 छान्नु स.क्रि. ३. खोज्नु; पत्तो लाउनु।
29665 छान्नु स.क्रि. १. कपडा, जाली, चाल्नी आदिद्वारा चाल्ने काम गरेर खस्रो र मसिनु वस्तु छुट्ट्याउने काम गर्नु।
29666 छान्नु स.क्रि. २. त्यसरी नै तरल पदार्थमा परेका थेगर आदि छुट्ट्याउनु।
29667 छानछिन ना. १. लिएको वा खाएको रिन छिनाफाना हुने काम; फर्स्यौट; छिनाफाना।
29668 छानछिन ना. २. परस्परमा भएको झगडा सिद्धिने क्रिया; फैसला; अन्तिम निर्णय।
29669 छानबिन ना. १. छान्ने र बिन्ने काम; रोज्ने र रुचिको वस्तु ग्रहण गर्ने काम।
29670 छानबिन ना. २. खोजतलास गर्ने काम; राम्ररी तथ्य पत्तो लगाउने काम।
29671 छानबिन ना. ३. तलासी लिएर कुनै कुरो बिन्ने अर्थात् केलाउने कार्य।
29672 छाना ना. छानु; छ।
29673 छानिनु क.क्रि. १. छान्ने काम गरिनु; रोजिनु; चुनिनु।
29674 छानिनु क.क्रि. २. केलाइनु।
29675 छानिनु क.क्रि. ३. चालिनु।
29676 छानिनु क.क्रि. ४. खोजिनु।
29677 छानु//छानो ना. घर, कटेरा, गोठ आदिलाई घामपानीबाट सुरक्षित राख्नका निम्ति मास्तिर हालिने खर, टाली वा टायल, टिन आदिको छादन; छाना।
29678 छान्दस वि. छन्दस्नामक उपनिषद्सम्बन्धी; वेदसम्बन्धी; वैदिक।
29679 छान्दोग्य ना. १. सामवेदका ब्राह्मणको एक भाग।
29680 छान्दोग्य ना. २. दश उपनिषद्मध्ये एक।
29681 छान्ना ना. १. दहीमा पानी हालेर मथेको तरल पदार्थ; पखाले।
29682 छान्ना ना. २. राइता।
29683 छान्ना ना. ३. सिकर्नी।
29684 छान्ना ना. ४. लस्सी।
29685 छाप्नु स.क्रि. १. ब्लक, टाइप आदिका सहायताले चित्र वा अक्षर निकाल्नु; पुस्तक, पत्रपत्रिका आदि मुद्रण गर्नु।
29686 छाप्नु स.क्रि. २. छापाद्वारा कपडा आदिमा बुट्टा हाल्नु; छिप्नु।
29687 छाप्नु स.क्रि. १. इँट, ढुङ्गा, फलेक आदि भुइँमा मिलाएर ओछ्‌याउनु; सेलिङ् गर्नु।
29688 छाप्नु स.क्रि. २. रुवालाई कपडा आदिले ढाकेर मोहोर्नु।
29689 छाप्नु स.क्रि. ३. छोप्नु; ढाक्नु।
29690 छाप ना. १. रङमा चोपेर कागत, कपडा आदिमा छाप लगाउनका निम्ति अक्षर काटिएको वा चित्र कुँदिएको साधन।
29691 छाप ना. २. त्यसैबाट छापिएको अक्षर वा चित्र; छापा।
29692 छाप ना. ३. साँचामा ढालेर बनाइएको टिको।
29693 छाप ना. ४. गहिरो प्रभाव; असर।
29694 छाप ना. ५. कुनै काम गरेबापत जुनीभर आयस्ता खान पाउने गरी सरकारबाट दिइएको जमिन; थापाको खान्गी; थपालो (उदा.- दिवानछाप, भोटेछाप, रामेछाप इ.)।
29695 छाप ना. ६. ठाउँ; थलो।
29696 छापाछाप क्रि.वि. प्रत्येक छाप अर्थात् ठाउँ नबिराइने गरी; हरेक ठाउँमा; ठावैँपिच्छे; सर्वत्र।
29697 छापछापती / छापछापी क्रि.वि. अझ छापछाप हुने गरी।
29698 छाप टिकी ना. हे.छापटिको।
29699 छाप टिके वि. छापटिको लगाउने (व्यक्ति)।
29700 छाप टिको ना. निधारमा श्रीखण्ड वा अरू कुनै लेपको काँक्रीबियाँको आकारमा ठाडो त्रिशूलजस्तो पारेर लगाइने टिको।