Dictionary

All Word

29601 छाड्नु स.क्रि. ६. प्राण त्याग्नु; मर्नु।
29602 छाडन ना. १. छाँट; ढर्रा; ढाँचा।
29603 छाडन ना. २. लक्षण; चेष्टा।
29604 छाडन ना. ३. बानी; आचरण।
29605 छाडा वि. १. कुनै बन्धनमा नपरेको, आफूखुसी, फुक्का।
29606 छाडा वि. २. अश्लील कामकुरो गर्दै हिँड्ने; गतिछाडा।
29607 छाडा वि. ३. डामेर छाडेको।
29608 छाडा वि. ४. निर्लज्ज।
29609 छाडा वि. ५. कमाइ नलगाई गाईबस्तु छाडिने छे कथुन नभएको ( ठाउँ वा जग्गाजमिन)।
29610 छाडा वि. ना. ६. छाडा व्यक्ति, वस्तु वा प्राणी।
29611 छाडा कुरा ना. अश्लील गाली वा बोली; लाजभाँड।
29612 छाडि अनु. १. पहिले; अगावै (हिजोछाडि अस्ति )।
29613 छाडि अनु. २. पछि; बितेपछि ( भोलिछाडि पर्सि )।
29614 छाडि अनु. ३. बाहेक; सिवाय।
29615 छाडि अनु. (उदा.- ऊ राम्रोछाडि नराम्रो काम गर्दैन; पिटिछाडि मार्छस् नै भने पनि मेरो के लाग्छ ? मछाडि को होला तिमीलाई मन पराउने ! ) ४. साटो; सट्टामा (उदा.- अरूछाडि मलाई नै बोलाउनुपर्छ र?)।
29616 छाडिनु क.क्रि. छाड्ने काम गरिनु; त्यागिनु।
29617 छाड्या ना. पाहुनाहरूलाई सुताउन तथा बसाउनका लागि बनाइएको वा तयार पारिएको पाली वा कोठो।
29618 छातछुत ना. १. छुइछाइ; स्पर्शास्पर्श।
29619 छातछुत ना. २. लसपस; लाटलुट।
29620 छाता ना. बाँस वा फलामका डन्डीमा आठ वा सोह्रवटा फलामका करङद्वारा वृत्ताकार बनाई वरिपरि कपडाले मोहोरिएको, घामपानीबाट जोगिनका लागि ओढिने साधन; घामपानी छल्ने ओढो; छत्र।
29621 छाताधारी वि. १. छाता लिएर हिँड्ने वा छाता ओढ्ने।
29622 छाताधारी वि. ना. २. उड्दै गरेको विमानबाट जमिनमा झर्ने सैनिक; प्याराट्रूप।
29623 छाती ना. १. शरीरका अगाडिपट्टिको पाकस्थलीदेखि माथि गलासम्मको अवयव; वक्ष।
29624 छाती ना. २. साहस; आँट; हिम्मत; ताग।
29625 छाती ना. ३. दिल; हृदय; हियो।
29626 छाती ना. ४. स्तन; दुध।
29627 छातीदार वि. १. उदार; दयालु; स्नेही; दिलदार।
29628 छातीदार वि. २. आँटिलो; साहसी; हिम्मती; तागतदार।
29629 छाते वि. १. छाता लिने; छाता ओढ्ने।
29630 छाते वि. २. छाता ओढाउने।
29631 छाते वि. ३. छाताका आकारको; छाताजस्तो।
29632 छाते वि. ना. ४. राजामहाराजालाई पिठिउँमा बोकेर यताउति लैजाने अनुचर।
29633 छाते च्याउ ना. जमिनमा उम्रने र छाताको आकारजस्तो देखिने एक थरी च्याउ।
29634 छाते ठेकी ना. छातो भएको सानो ठेकी।
29635 छाते ठेको ना. ठुलो छातो भएको ठेको।
29636 छातो ना. काठको ठेकी, माटाको गाग्रो आदिको फैलिएको बिट; छाताजस्तो भएर घुमेको त्यस्तै कुनै वस्तुको बिट।
29637 छात्र ना. १. गुरु थापेर वा गुरुसँग रहेर अध्ययन गर्ने विद्यार्थी; गुरुको छत्रछायामा रहेको विद्यार्थी; शिष्य; चेलो।
29638 छात्र ना. २. एक जातको माहुरी।
29639 छात्रगण ना. छात्रहरूको समूह; विद्यार्थीसमूह।
29640 छात्रछात्रा ना. छात्र र छात्राहरूको समूह; पुरुष विद्यार्थी र स्त्री विद्यार्थी।
29641 छात्रजीवन ना. छात्र हुँदाको अवस्था वा बेला; विद्यार्थीजीवन।
29642 छात्रनायक ना. कक्षामा अनुशासनको वातावरण सिर्जना गर्न वा विद्यार्थीहरूलाई अनुशासित राख्न सघाउ पुऱ्याउनका निम्ति छानिएको विद्यार्थी; मनिटर।
29643 छात्र परिषद् ना. छात्रसङ्घ; विद्यार्थीसभा।
29644 छात्रवृत्ति ना. अध्ययनअवस्थामा जीवननिर्वाहका निम्ति विद्यार्थीलाई निश्चित समयसम्मका लागि दिइने रकम।
29645 छात्रवृन्द ना. छात्रहरूको समूह; विद्यार्थीहरूको समुदाय।
29646 छात्र सङ्गठन / सङ्घ ना. छात्रहरूको हक र हितका निम्ति गठित संस्था; छात्रछात्राहरूको सङ्घ; विद्यार्थीसङ्गठन।
29647 छात्रा ना. १. छात्रको स्त्रीलिङ्ग।
29648 छात्रा ना. २. विद्यालयमा भर्ना भई औपचारिक रूपले विद्याध्ययनमा लागेकी स्त्री।
29649 छात्रालय/छात्रावास ना. छात्र वा छात्राहरू सामूहिक रूपमा बस्ने घर।
29650 छाद्नु स.क्रि. १. खाएर पेटमा पुगेको वस्तु कुनै कारणवश उल्टिएर बाहिर निकाल्नु; वमन गर्नु; बान्ता गर्नु।