Dictionary

All Word

29751 छायाचित्र ना. २. त्यस्ता फलकबाट उतारिएको चित्र।
29752 छायाचित्र ना. ३. छायाका सहायताले अभिनय गरिएको विषय।
29753 छायाचित्र ना. ४. वर्णनद्वारा विषयवस्तुका बाह्य वा आन्तरिक स्वरूपहरू उतारिएको रचना।
29754 छायाचित्र ना. ५. बाइस्कोप आदिबाट देखिने चित्र।
29755 छायाचित्रण ना. छायाचित्र निकाल्ने शिल्प वा कार्य।
29756 छायाद्रुम ना. छाया दिने रुख; छायाकार वृक्ष; सियाँल ताप्ने रुख।
29757 छायानुवाद ना. एक भाषामा लेखिएका रचनामा पाइने वास्तविक तथ्यलाई अर्को भाषामा जस्ताका तस्तै उतार्ने काम; उल्था।
29758 छायापथ ना. आकाशगङ्गा; नीहारिका; घाङबादल; स्वर्गङ्गा।
29759 छायापुरुष ना. १. घामको विपरीत दिशातर्फ केही बेर आफ्नो छायालाई हेरेका आँखाले तुरुन्तै आकाशतिर हेर्दाखेरि देखिने आफ्नो आकृति।
29760 छायापुरुष ना. २. अदृश्य वा अपरिचित रूपमा रहेर अर्काको रहस्य पत्तो लगाउन पछि लागेको व्यक्ति।
29761 छायामय वि. छाया भएको; छायायुक्।
29762 छायायन्त्र ना. छायाद्वारा समय थाहा पाइने यन्त्रविशेष; धूपघडी।
29763 छायालोक ना. भौतिक आँखाले नदेखिने जगत्; कल्पना गरेर उभ्याइएको संसार; मनोजगत्।
29764 छायावाद ना. भौतिक वस्तु वा मूर्त पदार्थलाई आलम्बन बनाएर अमूर्त रूपमा महत् सत्ताका अस्तित्वको अनुभव गराउने काव्यपद्धति; इन्द्रियजन्य वस्तुलाई आधार बनाएर अमूर्तरूपमा र महत् सत्ताका रूपमा रहेका अस्तित्वको अनुभवलाई अभिव्यक्त गर्ने एक चिन्तन-प्रक्रिया।
29765 छायावादी वि. छायावादसँग सम्बन्धित; छायावादको अनुसरण गर्ने; छायावादलाई अँगाल्ने।
29766 छायासुत ना. नवग्रहमध्येको एउटा ग्रह; शनैश्चर; शनिश्चर।
29767 छार ना. १. खरानी।
29768 छार ना. २. छारो।
29769 छारकाप्रो ना. १. बोक्सी, डाइनी आदि लागेका रोगीलाई रोगबाट मुक्त गराउनका लागि धपधप बलिरहेको अगुल्टामा धामी - झाँक्रीले सालधूपको धुलो हाली झ्वार्र ज्वाला निकाल्दै उसको शरीर सेकेर गर्ने उपचार।
29770 छारकाप्रो ना. २. गोडा आदिमा दम्को परेर वा अन्य कारणबाट भएको पीडा निको पार्नका निम्ति तताएका लोहोरा, खरानी, बालुवा आदिलाई कपडाले बेरेर सेक्न बनाइएको वस्तु।
29771 छारकाप्रो ना. ३. त्यसैले सेक्ने काम।
29772 छारकाप्रो ना. ४. झारा टार्ने काम।
29773 छारतोस ना. वेगसँग दौडने वा भाग्ने काम; सुइँकुच्चा।
29774 छारपन ना. हात्तीका एकापट्टिका पाखामा कडी लगाई हौदा कस्ने डोरी।
29775 छारस्ट वि. १. बिग्रिएको; भताभुङ्ग भएको; क्षतिग्रस्त; नष्ट; स्वाहा; छुट्टी।
29776 छारस्ट वि. ना. २. विनाश, सत्यानाश।
29777 छारे ना. मानसिक विकृतिका कारणले गर्दा आकस्मिक रूपमा मूर्च्छा पर्ने रोग; मृगी; चम्की।
29778 छारे रोग ना. एकाएक मूर्च्छा पर्ने रोग; अपस्मार।
29779 छारो ना. १. माटो आदिको धुलो; उड्दै रहेको मसिनो कसिङ्गर।
29780 छारो ना. २. खरानी।
29781 छाल्नु स.क्रि. रुख, लहरा, पाट आदिबाट बोक्रा उक्काउनु; लोक्ता झक्नु।
29782 छाल्नु स.क्रि. २. छाला काढ्नु।
29783 छाल ना. १. वायुको प्रभावले नदी, तलाउ, समुद्र आदिको पानी वेगले बहँदा वा छचल्किँदा उठेको लहर; तरड्ग; लहरी।
29784 छाल ना. २. रुख आदिको बोक्रो; लोकतो।
29785 छाल ना. ३. सनपाट; पटुवा।
29786 छाला ना. १. शरीरको मासु, नसा आदिलाई ढाकेर रहेको र रोमकूपहरू भएको चाम्रो वस्तु; चर्म; त्वचा; खाला।
29787 छाला ना. २. रुख आदिको बोक्रो; लोकतो।
29788 छाला ना. ३. जग्गा-जमिन; खेतीपाती; पुँजी( बाबुबाजेको छाला, पुर्खाको छाला इ.)।
29789 छाला कमोट ना. विशेष प्रकारका घोलमा डुबाएर वा अरू कुनै प्रक्रियाद्वारा जुत्ता, ब्याग, बाकस आदि बनाउने छालालाई नरम पार्ने वा कमाउने काम।
29790 छालाजुत्ता कारखाना ना. छालाका जुत्ताहरू बनाउने कारखाना (बाँसवारी छालाजुत्ता कारखाना आदि)।
29791 छालिनु अ.क्रि. छाला उक्काइनु; छाला काढ्ने काम गरिनु।
29792 छाली ना. दुध, दही आदिमा मास्तिर लागेको बाक्लो तर।
29793 छाले वि. १. आफैँ अजमाएर साररहित वा तथ्यहीन कुरा गर्ने; मनगढन्त र नभएका कुरा गर्ने।
29794 छाले वि. २. उत्ताउलो स्वभावको; नखरमाउलो।
29795 छाले वि. ३. उत्ताउली; नखरमाउली।
29796 छाल्टिन ना. सनपाट आदिबाट तयार गरिएको धागाले बुनेको चिप्लो कपडा।
29797 छाल्याइँ ना. छाले हुनाको भाव; उत्ताउलोपना; चञ्चलता।
29798 छावा ना. १. हात्तीको बच्चो।
29799 छावा ना. २. डस्ने स्वभावको एक किसिमको किरो।
29800 छास्नु स.क्रि. १. जुक्ति पुऱ्याई बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु।