Dictionary

All Word

29901 छितरिनु अ.क्रि. १. कुनै वस्तु जताततै छरिनु; छरपुस्ट हुनु।
29902 छितरिनु अ.क्रि. २. छिल्लिनु; इत्रिनु;असभ्य तरिकाले जिस्किनु।
29903 छितऱ्याइ ना. छितरिने भाव; क्रिया वा प्रक्रिया।
29904 छितऱ्याहट ना. छितरिने भाव, क्रिया वा अवस्था।
29905 छिताहारी ना. सनातनी विश्वासअनुसार तथाकथित निम्न जाति।
29906 छिद्र ना. १. प्वाल; दुलो; छिँड।
29907 छिद्र ना. २. धाँजो, अन्तर।
29908 छिद्र ना. ३. कमजोरी; फितलोपन।
29909 छिद्र ना. ४. दोष; त्रुटि।
29910 छिद्रता ना. छिद्र हुनाको भाव वा अवस्था।
29911 छिद्रदर्शी वि. अर्काको दोष र खोट मात्र देख्ने; छिद्रान्वेषी।
29912 छिद्रानुसरण ना. अर्कामा रहेका दोषहरूको बारेमा गरिने खोजीनिती; छिद्रान्वेषण।
29913 छिद्रान्वेषी वि. अर्काको दोष खोजेर खोट लगाउने; छिद्रहरूको अन्वेषण गर्ने।
29914 छिद्रित वि. छिद्र पारिएको; प्वाल परेको।
29915 छिन्नु स.क्रि. १. कुनै कामकुराको टुङ्गो लाउनु; मुद्दामामिलाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु।
29916 छिन्नु स.क्रि. २ बाँकीबक्यौता, ऋण आदिको हरहिसाब चुक्ता गर्नु; फछ्याउनु।
29917 छिन्नु स.क्रि. ३. वस्तुको कुनै अवयव टुक्रिनु; टुट्नु; चुँडिनु।
29918 छिन्नु स.क्रि. अ.क्रि. ४. बर्कत घट्नु; दुब्लाउनु; शारीरिक अवस्था कमजोर हुनु।
29919 छिन्नु स.क्रि. ५. घरव्यवहारको आर्थिक अवस्था गिर्नु; ऋणले सताउनु।
29920 छिन ना. १. साह्रै थोरै समय; क्षण।
29921 छिन ना. २. अहोरात्रमात्र साठी घडी हुने पानीघडीको नापोप्रणालीमा एक घडीको छैटौँ भाग; दश पला।
29922 छिनछान ना. १. हरहिसाब चुक्ता गर्ने काम; छिनाफाना; फर्छ्योट।
29923 छिनछान ना. २. सरसल्लाह मिलाउने काम।
29924 छिनछिन क्रि.वि. १. सुकेका कोसाहरू हल्लँदा बजे झैँ भएर।
29925 छिनछिन क्रि.वि. २ घुँगुरा वा मुजुरा बजेसरि; त्यस्तो आवाजका सा।
29926 छिनछिने ना. १. पहेँलो रङको फूल फुल्ने, केराउका आकारका केही मोटा कोसा फल्ने, दुर्भिक्षमा ती कोसाका फल भुटेर खाइने र बोक्राको पाट निकालिने एक जातको वनस्पति।
29927 छिनछिने ना. २. छिकछके।
29928 छिनफान ना. चुक्ताचुक्ती; छिनछान।
29929 छिनाइ ना. छिन्ने भाव, क्रिया वा प्रक्रिया।
29930 छिनाइनु क.क्रि. छिन्न लाइनु।
29931 छिनाउनु प्रे. क्रि. छिन्न लाउनु; छिन्ने पार्नु।
29932 छिनिनु क.क्रि. छिन्ने काम गरिनु।
29933 छिनाझपट ना. छिनाइ र झपटाइ; लुछाचुँडी; खोसाखोस।
29934 छिनाझपटी ना. छिनाझपट।
29935 छिनाफाना ना. १. हरहिसाब मिलाउने र चुक्ता गर्ने काम; चुक्ती; फछ्र्यौट; छिनुफानु।
29936 छिनाफाना ना. २. किनारा लगाउने काम निधो वा टुङ्गो लाउने काम; निर्णय; निधो।
29937 छिनार ना. १. गुप्त रूपबाट यौनवृत्ति गर्ने आइमाई; रन्डी; वेश्या; पातर।
29938 छिनार ना. वि. २. छिहिलिएकी; पात्तिएकी (स्त्री)।
29939 छिनार ना. ३. व्यभिचारी।
29940 छिनाल्नु स.क्रि. धागो, डोरी आदि चुँडाउनु; काटेर छिनाउनु।
29941 छिनालाइ ना. छिनाल्ने वा चुँडाल्ने क्रिया वा भाव।
29942 छिनालिनु क.क्रि. चुँडालिनु; छिनाइनु।
29943 छिनासिम ना. नेपालको कर्णाली अञ्चलअन्तर्गत जुम्ला जिल्लाको सदर मुकाम।
29944 छिनिक ना. अचार खान हुने ससाना दाना फल्ने, झाडीदार एक वनस्पति।
29945 छिनु ना. ढुङ्गा कुँद्ने वा धातुहरू काट्ने काम गरिने फलामे हतियार।
29946 छिनुफानु ना. हे. छिनाफाना।
29947 छिनुवा वि. १. छिनिएको; चुँडिएको; छिन्ने वा चुँडिने खालको।
29948 छिनुवा वि. २. अदालतबाट छिनिएको; अन्तिम टुङ्गो लागेको; फैसला भएको (मुद्दा)।
29949 छिनेटो ना. १. सानो छिनो।
29950 छिनेटो ना. २. छिनोबाट बनाइएको प्वाल; छिँड; छेड।