Dictionary

All Word

29851 छिचलाइनु स.क्रि. छिचल्न लाइनु।
29852 छिचलाउनु प्रे. क्रि. छिचल्न लाउनु।
29853 छिचिन्कोटे ना. बट्टाईभन्दा केही ठुलो, फुस्रो रङको एक जातको चरो।
29854 छिचिमिरे वि. छिचिमिराजस्तो; दुब्लो-पातलो र चञ्चल स्वभावको।
29855 छिचिमिरो ना. प्वाँख उम्रेर दुलाबाट बाहिर निस्की उडेर प्रायः तुरुन्तै समाप्त हुने धमिरो।
29856 छिचिमोटे वि. १. चकचके; छिटो र छरितो; हल्का पाराको।
29857 छिचिमोटे वि. २. दुब्लोपातलो।
29858 छिचिमोट्याइँ ना. छिचिमोटे हुनाको चाल वा अवस्था; छिचिमोटेपन।
29859 छिचोल्नु स.क्रि. १. एकातिरबाट पसेर अर्कातिरबाट निस्कनु; पार गर्नु।
29860 छिचोल्नु स.क्रि. २. एक ठाउँबाट हुलेर अर्का ठाउँबाट निकाल्नु।
29861 छिचोल्नु स.क्रि. ३. टुङ्गो पुऱ्याएर बोल्नु।
29862 छिचोल्नु स.क्रि. ४. आद्योपान्त पढेर सक्नु।
29863 छिचोलाइ ना. छिचोल्ने क्रिया वा भाव।
29864 छिचोलाइनु क.क्रि. छिचोल्न लाइनु।
29865 छिचोलाउनु प्रे. क्रि. छिचोल्न लाउनु।
29866 छिचोलिनु क.क्रि. छिचोल्ने काम गरिनु।
29867 छिट्नु स.क्रि. छम्कनु; छिट्कनु।
29868 छिट ना. विभिन्न रङमा छिपेको धोती वा गुन्यू आदि लगाइने एक थरी कपडा।
29869 छिटाइ ना. छिट्ने क्रिया वा प्रक्रिया।
29870 छिटाइनु क. क्रि. छिट्न लाइनु।
29871 छिटाउनु प्रे. क्रि. छिट्न वा छम्कन लाउनु।
29872 छिटिनु क.क्रि. छम्किनु; छर्किनु।
29873 छिटपुट क्रि.वि. अलिअलि; कहीँकहीँ; कहिलेकाहीँ।
29874 छिटपुट क्रि.वि. २. कुनै यता र कुनै उता; यताउति।
29875 छिटपुट क्रि.वि. ३. फाटफुट।
29876 छिटाछिटी ना. १. परेको वा झरेको पानीको थोप्लाथोप्ली; धेरै छिटहरूको समूह।
29877 छिटाछिटी ना. २. रङ , मसी आदि तरल वस्तुका थोप्लाथोप्ली वा दाग।
29878 छिटुनी ना. बेत, बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनेर तयार गरिएको टोकरीजस्तो घरेलु साधन।
29879 छिटो ना. १. छचल्किएर वा उछिट्टिएर आउने पानीको बिन्दु; जलकण; पानीको थोपो।
29880 छिटो ना. २. दुध, मसी, रङ वा त्यस्तै कुनै तरल वस्तुको थोपो।
29881 छिटो ना. ३. शुद्धिका निम्ति सेचन गर्ने जल; चोख्याउन छम्केको पानीको थोप्ला।
29882 छिटो ना. वि. ४. फुर्तिलो; छिटोछरितो; चलाक।
29883 छिटो ना. क्रि.वि. ५. तुरुन्तै; चाँडो; लगत्तै; झट्टै।
29884 छिटोछरितो वि. १. चाँडचाँडै काम गर्ने; कुशलतापूर्वक छिटै काम गर्ने।
29885 छिटोछरितो वि. २. विचार गर्न वा निर्णयमा पुग्न विलम्ब नगर्ने।
29886 छिटोथोपो ना. नापिने वा भरिने वस्तुको थोरै परिमाण।
29887 छिटोथोपो ना. २. दुध,घिउ, तेल आदि पदार्थ थोरैथोरै गरेर सञ्चय गर्ने काम; फारोतिनो गरिने वस्तुको भाग (छिटोथोपो गरी जम्मा पारेको घिउतेल इ. )।
29888 छिटो हाल्नु दु. छातछुत भएको वा अशुद्ध भएको वस्तुलाई शुद्ध छम्केर चोख्याउनु।
29889 छिट्कनु स.क्रि. १. छम्कनु;छिट्नु; सेचन गर्नु।
29890 छिट्कनु स.क्रि. २. बिउबिजन छर्नु।
29891 छिट्काइ ना. छिट्कने भाव, क्रिया वा प्रक्रिया।
29892 छिट्काइनु क.क्रि. छिट्कन लाइनु।
29893 छिट्काउनु प्रे. क्रि. छिट्कन लाउनु।
29894 छिट्किनु क. क्रि. छम्किनु; छिटिनु; सिञ्चित हुनु।
29895 छिट्ट्याइ ना. पानी छिट्ट्याउने क्रिया वा प्रक्रिया।
29896 छिट्ट्याइनु अ.क्रि. छिटा - छिटा भएर झरिनु।
29897 छिट्ट्याउनु अ.क्रि. आकाशबाट छिटाछिटा परेर पानी खस्नु; पानी पर्न थाल्नु; अलिअलि पानी पर्नु।
29898 छिड्की ना. १. छेस्किनी।
29899 छिड्की ना. २. काम बिगार्ने नियतले हालिने भाँजो; छेका; छिर्की; छिर्के।
29900 छितरबितर क्रि.वि. टिप्नुपर्ने वस्तुहरू परपर पुग्ने गरी छरिने र रेलिने भएर; छिरलिने गरी; छरपस्ट; छरपट्ट।