Dictionary

All Word

29951 छिनेटो ना. ३ प्वाल; दुलो।
29952 छिनोफानो ना. हे. छिनाफाना।
29953 छिन्कनु स.क्रि. मसिनो र खस्रो नछुट्टिएको वस्तुलाई नाङ्लो आदिमा हाली खस्रोजति खसालेर मसिनोजति राख्नु।
29954 छिन्काइ ना. छिन्किने भाव, क्रिया वा प्रक्रिया।
29955 छिन्काइनु क. क्रि. छिन्कन लाइनु।
29956 छिन्काउनु प्रे. क्रि. छिन्कन लगाउनु।
29957 छिन्केटो ना. छिन्कने साधन; नाङ्लो।
29958 छिन्केरो ना. चामल छिन्कँदा नाङ्लैमा रहने ढुटो वा पिठो।
29959 छिन्कौटो ना. १. बियाँ छिन्केर निस्केको चामल।
29960 छिन्कौटो ना. २. छिन्कँदा निस्किएको नाथ्री ।
29961 छिन्कौटो ना. ३. छिन्किसकेपछि निस्किएको बियाँ।
29962 छिन्कौलो ना. १. चामल केलाउँदा छुट्टिने चामल र भुसका अतिरिक्त बच्ने मसिना चामल; कनिका।
29963 छिन्कौलो ना. २. मकैको चामल केलाउँदा भुस, पिठो र चामल छुट्टिइसकेपछि बचेको चामलभन्दा मसिनो र पिठोभन्दा खस्रो चिज; सरौलो।
29964 छिन्न वि. १. छिनाइएको; टुक्रा पारिएको; चुँडिएको।
29965 छिन्न वि. २. बिगारिएको; बिग्रेको; नष्ट।
29966 छिन्न वि. ३. थाकेको; थकि।
29967 छिन्नकर्ण वि. कानको लोती चुँडिएको; पुरै कान काटिएको; कनकट्टा।
29968 छिन्ननासिक वि. नाक काटिएको; नकटो।
29969 छिन्नभिन्न वि. १. काटकुट वा फोरफार गरेर काम नलाग्ने अवस्थामा पुऱ्याइएको; टुटफुट भएर छरिएको; छ्‌यान्नब्यान्न।
29970 छिन्नभिन्न वि. २. नष्टभ्रष्ट।
29971 छिन्नमस्तक वि. घाँटीदेखि माथिको भाग चुँडिएको; टाउको काटिएको; मुड काटिएको; मुर्कट्टा।
29972 छिन्नमस्ता ना. १. घाँटी छिनेको आफ्नै टाउको हातमा लिएर घाँटीबाट निस्किएको रगतको धारा त्यसै टाउकालाई पियाइरहेकी दश महाविद्यामध्ये एक।
29973 छिन्नमस्ता ना. २. नेपालको सप्तरी जिल्लाको सदरमुकाम राजविराजदेखि दक्षिणतर्फ पर्ने सखडा गाउँमा रहेकी एक प्रसिद्ध देवी।
29974 छिन्नमूल वि. १. जरो वा मूल काटिएको; निर्मूल भएको।
29975 छिन्नमूल वि. २. आधार वा आश्रयरहित; मूल स्रोत नभएको।
29976 छिन्नसंशय वि. सन्देहास्पद अवस्था नरहेको; शङ्का बाँकी नरहेको; सन्देहरहि।
29977 छिप्नु स.क्रि. कपडा, कागज आदिमा बुट्टा छाप्नु; बुट्टा पार्नु।
29978 छिप्नु अ.क्रि. लुक्नु; दब्नु।
29979 छिपछिप क्रि.वि. अलिअलि पानी हुने गरी; पानीले जमिनको सतहमात्र छोइने भएर।
29980 छिपछिपाइ ना. छिपछिपाउने भाव, क्रिया वा प्रक्रिया।
29981 छिपछिपाइनु अ.क्रि. छिपछिप होइनु।
29982 छिपछिपाउँदो वि. अलिअलि मात्र पानी भएको; छिपछिप गर्ने अवस्थाको।
29983 छिपछिपाउनु अ.क्रि. छिपछिप हुनु।
29984 छिपछिपे वि. १. तरल वस्तुमा ठोस वस्तुहरू मिसाउँदा तरल वस्तु छिपछिप मात्र र ठोस वस्तु बढी हुन खोजेको।
29985 छिपछिपे वि. २. झोल र चोक्टा परेको वस्तुमा दुवै पक्ष बराबर भएको।
29986 छिपा ना. १. कपडा रँगाउने तथा बुट्टा छाप्ने काम गर्ने एक जाति।
29987 छिपा ना. २. त्यसै जातिले छिपेको कपडा।
29988 छिपाइ ना. १. कपडा आदि छिप्ने क्रिया वा प्रक्रिया।
29989 छिपाइ ना. २. छिप्ने वा लुक्ने क्रियाप्रक्रिया; लुकाइ।
29990 छिपाइनु क.क्रि. १. छिप्न लाइनु; बुट्टा भराइनु।
29991 छिपाइनु क.क्रि. २. लुकाइनु; दबाइनु।
29992 छिपाउनु प्रे. क्रि. १. छिप्न लगाउनु, छिप्ने काम गराउनु।
29993 छिपाउनु प्रे. क्रि. २. लुकाउनु, दबाउनु।
29994 छिपी ना. हे.छिपा (जाति)।
29995 छिपुवा वि . कागज वा कपडा आदिमा रङ्गीचङ्गी बुट्टा छापिएको; छिपिएको; बुट्टा भएको।
29996 छिप्पिनु अ.क्रि. १. फलफूल आदि कलिलो र कमलो अवस्था पार गरेर परिपक्व हुनु।
29997 छिप्पिनु अ.क्रि. २. कलिलो उमेरबाट प्रौढ अवस्थामा पुग्नु; उमेरदार हुनु।
29998 छिप्पिनु अ.क्रि. 3. खस्रिनु; बाउँठिनु।
29999 छिप्पिनु अ.क्रि. ४. पुरानो हुनु; धेरै समयको हुनु (रोग आदि)।
30000 छिप्पिनु अ.क्रि. ५. ठेकीमा राखिएको दही, घैँटामा राखिएको जाँड आदि धेरै दिनको हुनु वा पुरानो बन्नु।