Dictionary

All Word

30101 छुचो / छुच्चो वि. ३. साथीभाइलाई नसहने; अमिल्दो।
30102 छुचो / छुच्चो वि. ४. अरूका नचाहिँदा कुरा गर्ने; छुल्याहा; छुस्कर।
30103 छुच्याइँ ना. छुचो हुनाको भाव वा अवस्था; छुचो हुने खालको काम वा व्यवहार।
30104 छुट्नु अ.क्रि. १. कुनै वस्तु वा काम बाँकी रहनु; छुट हुनु।
30105 छुट्नु अ.क्रि. २. कुनै कामकुरो बिरिनु; गल्ती हुनु; भुल्नु।
30106 छुट्नु अ.क्रि. ३. बन्धन वा सजाय, कैद आदिबाट मुक्त हुनु; फुर्सद पाउनु।
30107 छुट्नु अ.क्रि. ४. बाँधेको बन्धन छोड्नु; फुक्नु।
30108 छुट ना. १. कुनै काम गर्दा भुलबाट भएको छुटाइ; छुट्ने काम।
30109 छुट ना. २. गल्ती; छुटपुट।
30110 छुट ना. ३. बाँकी; रहल।
30111 छुटकारा ना. १. दण्डसजाय आदिबाट हुने मुक्ति; छुट्ने काम; मुक्।
30112 छुटकारा ना. २. अवकाश; बिदा; छुट्टी; फुर्सद।
30113 छुटगुठी ना. देवदेवालय, पाटीपौवा आदि धार्मिक वस्तु वा पूजाआजा आदिको कार्यसञ्चालन गर्न तोकिएका जग्गाको आयस्ताबाट खर्च गरी बचत भएको आयस्ता सञ्चालन गर्नेले खान पाउने रकम।
30114 छुटछाट ना. कुनै काम गर्दा थाहा पाई वा नपाई रहन गएको काम;बाँकी; रहलपहल; छुटपुट।
30115 छुटनाम ना. पतिपत्नीले कानुनी रूपबाट पाउने छोडपत्र; पारपाचुके; पारपत्र; छुटानाम; सिन्कोपाङ्ग्रो।
30116 छुटपुट / फुट ना. १. कुनै काम गर्दा कारणवश छुट्न गएको काम वा वस्तु; रहलपहल; बाँकीबचोट; छुटछाट।
30117 छुटपुट / फुट ना. वि. २. बचेखुचेको; रहलपहल; छुट भएको।
30118 छुटाइ ना. छुट्ने भाव, क्रिया वा प्रक्रिया।
30119 छुटाइनु क.क्रि. छुट्नेछुटाउने काम गरिनु।
30120 छुटाउनु प्रे. क्रि. १. बन्धनबाट मुक्त गराउनु; छुटकारा दिलाउनु; अलग गराउनु।
30121 छुटाउनु प्रे. क्रि. स.क्रि. २. भुल गर्नु; कामकुरो बिराउनु; गल्ती गर्नु।
30122 छुटानाम ना. १. वियोग; छुटनाम।
30123 छुटानाम ना. २. पतिपत्नीको सम्बन्धविच्छेद जनाउने कानुनी लिखत; पारपत्र; सम्बन्धविच्छेद पत्र।
30124 छुट्टा वि. १.आफ्नो समूह वा ठाउँभन्दा अलग्गै रहेको; भिन्नै बसेको; छुट्टिएको; बेग्लै भएको।
30125 छुट्टा वि. २. अलग; भिन्न; छुट्टो; छुट्ट।
30126 छुट्टाछुट्टै क्रि.वि. भिन्नाभिन्नै; बेग्लाबेग्लै; अलगअलगै।
30127 छुट्टिनु अ.क्रि. १. आफ्नो समूह, परिवार वा सहभागिताबाट अलग्गिनु; भिन्नै हुनु।
30128 छुट्टिनु अ.क्रि. २. दाजुभाइहरू अंशबन्डा गरी अलगअलग हुनु।
30129 छुट्टी ना. १. आफ्नो दैनिक काममा हाजिर हुन नपर्ने दिन; बिदा; अवकाश।
30130 छुट्टी ना. २. छुटकारा; मुक्ति।
30131 छुट्टी ना. ३. नाश; बर्बादी।
30132 छुट्टी ना. वि. ४. धेरै मात्रामा; अति नै; अचाक्ली।
30133 छुट्टीछाट्टी ना. १. बिदा वा फुर्सद भएको अवस्था; त्यस्तो समय वा दिन।
30134 छुट्टीछाट्टी ना. २. बिलकुल नाश; चौपट्टै खतम; नष्टभ्रष्ट; बिगार; उपध्रो;सत्यानाश; बर्बादी।
30135 छुट्टीछाट्टी ना. क्रि.वि. ३. बिग्रने गरी; बर्बाद हुने गरी।
30136 छुट्टीभिन्न वि. अंशबन्डा गरी छुट्टिएको; मानो छुट्टिएको।
30137 छुट्टीसाह्रो वि. १. कुनै कामले वा बेकामले कसैलाई सताउने; खुरन्धार गर्ने; बारबार त्यही कुरा दोहोऱ्याइरहने।
30138 छुट्टीसाह्रो वि. २. ज्यादै अप्ठ्यारो ;असाध्यै असजिलो।
30139 छुट्टीसाह्रो वि. क्रि.वि. ३. झर्को लाग्ने गरी; वाक्क पार्ने किसिमसँग।
30140 छुट्टो वि. समूहबाट अलग्गिएको; छुट्टा; एक्लो; फुट्टो।
30141 छुट्टयाइ ना. छुट्टिने भाव, क्रिया वा प्रक्रिया।
30142 छुट्ट्याइनु क. क्रि. छुट्ट्याउन लाइनु।
30143 छुट्ट्याउनु प्रे. क्रि. १. अलग पार्नु; भिन्न तुल्याउनु।
30144 छुट्ट्याउनु प्रे. क्रि. २. रोग वा दोष खुट्ट्याउनु।
30145 छुत ना. अस्पृश्य वस्तु छुँदा लाग्ने दोष; संसर्गबाट लाग्ने दोष।
30146 छुतछात ना. छुवाछुत; छातछुत; लसपस।
30147 छुतछात ना. हे. छु।
30148 छुताइ ना. छुतिने वा कोराभित्र पस्ने क्रियाप्रक्रिया।
30149 छुताछुत वि. छुन हुने र नहुने (रोग, व्यक्ति, पशु आदि); छुवाछुतको ख्याल गर्नुपर्ने; छुत र अछुतको भेदभाव गर्ने।
30150 छुतारु ना. जुठो, सूतक पुरै लाग्ने सपिण्डभित्रका दाजुभाइ, दासाहा दाजुभाइ, तेह्रदिने भैयाद।