Dictionary

All Word

30201 छुलछुल क्रि.वि. १. बारबार पिसाब लाग्ने गरी; तुरतुर।
30202 छुलछुल क्रि.वि. २. डरत्रासका कारणले आत्तिएर भयभीत हुँदै।
30203 छुलछुल क्रि.वि. ३. अस्थिर भएर; चकचक।
30204 छुलछुलाइ ना. छुलछुलाउने क्रिया वा प्रक्रिया।
30205 छुलछुलाइनु अ.क्रि. तुलबुल होइनु; चञ्चल होइनु।
30206 छुलछुलाउनु अ.क्रि. छुकछुके हुनु; चञ्चल हुनु।
30207 छुलछुली क्रि.वि. धमाधम पिसाब फेर्ने गरी।
30208 छुलछुले वि. १. थोरैथोरै पिसाब फेर्ने; छुलछुल पिसाब गर्ने।
30209 छुलछुले वि. २. छुकछुके; चञ्चले; चकचके।
30210 छुलछुल्याइ ना. छुलछुल्याउने वा छुलछुली पिसाब गर्ने क्रिया वा प्रक्रिया।
30211 छुलछुल्याउनु स.क्रि. छुलछुली पिसाब फेर्नु; थोरथोरै पिसाब गर्नु; छुल्क्याउनु।
30212 छुलछुल्याहट ना. छुलछुलिने भाव,क्रिया वा अवस्था।
30213 छुलबुल क्रि.वि. हे.चुलबुल।
30214 छुलबुलाइ ना. छुलबुलाउने भाव, क्रिया वा प्रक्रिया।
30215 छुलबुलाइनु अ.क्रि. चुलबुलाइनु।
30216 छुलबुलाउनु अ.क्रि. चुलबुलाउनु।
30217 छुलबुलाहट ना. चुलबुलाहट।
30218 छुलबुले वि. चुलबुले।
30219 छुलमा ना. काँडैकाँडा हुने र काँडाका टुप्पामा बाटुला फल फल्ने एक किसिमको बुटी।
30220 छुलुक्क क्रि.वि. थोरैथोरै पिसाब फेरेर; तुरुक्क।
30221 छुल्कनु अ.क्रि. थोरैथोरै पिसाब फेर्नु; अलिअलि गरेर पिसाब खुस्कनु।
30222 छुल्किनु अ.क्रि. अलिकति पिसाब हुनु; तुरुकतुरुक पिसाब झर्नु।
30223 छुल्के वि. १. छुलछुल गर्ने; तुरुकतुरुक पिसाब फेर्ने।
30224 छुल्के वि. २. चञ्चल;चकचके; छुलबुले।
30225 छुल्क्याइ ना. छुल्कने वा छुल्क्याउने क्रियाप्रक्रिया।
30226 छुल्क्याइनु क.क्रि. छुलछुली पिसाब गरिनु।
30227 छुल्क्याउनु स.क्रि. छुलुक्क पिसाब गर्नु; छुलछुली पिसाब फेर्नु;थोरथोरै तुर्क्याउनु।
30228 छुल्क्याहट ना. छुल्क्याउने भाव, क्रिया वा अवस्था।
30229 छुल्याइँ ना. भएनभएको कुरा लगाउने काम; चुक्ली; छुस्केरो।
30230 छुल्याहा वि. परस्परमा एक अर्काको कुरा लाएर बजाउने र फाटो पार्ने; छुल्याइँ गर्ने स्वभावको; चुक्ली लाउने; पोलाहा; छुस्कर।
30231 छुवा ना. उखुको चिनी बनिसकेर बाँकी रहेको काम नलाग्ने रस।
30232 छुवाइ ना. छुने भाव, क्रिया वा प्रक्रिया।
30233 छुवाइनु क.क्रि. छुन लाइनु।
30234 छुवाउनु प्रे. क्रि. छुन लाउनु; छुवाउनु।
30235 छुवाछुत ना. अस्पृश्यसितको लसपस; छातछुत; छुतछा।
30236 छुवाछूत ना. हे.छुवाछु।
30237 छुसछुस ना. १. छुस्केरो; छुकछुक; चकचक।
30238 छुसछुस ना. क्रि.वि. २. छिनछिनमा चलिरहने गरी; अस्थिर भएर।
30239 छुसछुसे वि. छुल्याइँ गरिरहने; दुःख दिइरहने; छुच्चो; छुस्कर।
30240 छुसी ना. १. गहुँका फलका टुप्पातिर र फेदतिर रहने टुँडो; झुस।
30241 छुसी ना. २. औँलाका बाहिरपट्टि प्रत्येक खण्डमा उम्रिने रौँ।
30242 छुसी ना. ३. सानोतिनो महत्त्वहीन कुरा; नगण्य वस्तु।
30243 छुसी ना. वि. ४. जाबो; तुच्छ।
30244 छुस्कर वि. १. कुरा लाएर दुःख दिने खालको; चुक्ली लाउने; छुल्याहा; पोलाहा।
30245 छुस्कर वि. २. चकचक गर्ने; छुकछुके; चञ्चल।
30246 छुस्के वि. छुकछुक गर्ने; छुल्याहा।
30247 छुस्केरो ना. १. छुस्करको काम; चुक्ली; छुल्याइँ।
30248 छुस्केरो ना. वि. २. छुल्याहा; छुस्कर।
30249 छुस्को ना. १. चुक्ली लगाउने काम; छुल्याइँ।
30250 छुस्को ना. २. चुबुर्को; छ्‌वास्स।