Dictionary

All Word

30351 छेद ना. ३. प्वाल; टोड्को।
30352 छेदक वि. १. कुनै पनि वस्तुलाई सिङ्गो अवस्थाबाट टुक्य्राउने; गिँडुवा; छिनाल्ने; कुड्क्याउने।
30353 छेदक वि. २. नाश गर्ने; सर्वसंहारी; सर्वनाशी।
30354 छेदन ना. काट्नु; टुक्य्राउनु; गिँड्नु; चुँडाल्नु।
30355 छेदनीय वि. छेदन गर्न योग्य; छेड्नुपर्ने।
30356 छेदाइ ना. छेद्ने क्रिया वा प्रक्रिया।
30357 छेदाइनु क.क्रि. छेद्न लगाइनु।
30358 छेदाउनु प्रे. क्रि. छेद पार्नु; छेद्न लगाउनु।
30359 छेदिनु अ.क्रि. १. छेद पर्नु।
30360 छेदिनु अ.क्रि. क.क्रि. २. छेद्ने काम गरिनु।
30361 छेदी वि. छेदक।
30362 छेद्य वि. काट्न, चुँडाल्न वा टुक्रयाउन सकिने; काट्नुपर्ने;चुँडाल्न वा टुक्रयाउन उचि।
30363 छेना ना. रसभरी, चमचम आदि मिठाई बनाउन दुध फटाएर बनाइएको छोक्रा।
30364 छेनापानी ना. दुध फटाएर छेना बनाइसकेपछि बचेको पानी; दुध फाट्दा छोक्राजति छुट्टिएको पानी; पुनः छेना बनाउन दुधमा मिसाएर दुध फटाउने पानी।
30365 छेप्नु स.क्रि. हे. छ्‌याप्नु।
30366 छेपन ना. १. जसरीतसरी बिताउने वा कटाउने काम; सिद्ध्याउने काम; कालकटनी;बसिबियाँलो।
30367 छेपन ना. २. आक्षेप; गाली; छेड; व्यङ्ग्य; उपहास।
30368 छेपारी ना. कुर्कुच्चामाथि र पिँडुलामुनिको कठोर मांसखण्ड।
30369 छेपारी हाड ना. कुर्कुच्चा र पिडौँलाका बिचको, गोलीगाँठाभन्दा पछिल्तिर पर्ने उठेजस्तो देखिने कडा नसो।
30370 छेपारे वि. छेपाराका चालको; अपत्यारिलो।
30371 छेपारे अठोट / भोलि ना. कार्यान्वित हुन सक्तैन भनी सबैले अगावै चाल पाएको कसैको प्रतिज्ञा वा सङ्कल्प।
30372 छेपारो ना. घाँटीमा माल र टाउकामा कुखुराका भालेको जस्तो सिउर हुने, प्रकाशमा विभिन्न रङ्गमा बदलिएको देखिने माउसुलीभन्दा केही ठुलो र त्यस्तै चारवटा खुट्टा भएको अण्डज वर्गको घस्रेर हिँड्ने जीव।
30373 छेभडेल ना. पुरानो समयमा सरकारी भवन वा कार्यालय, पाटी, धर्मशाला, देवालय आदि मर्मत गर्ने वा नयाँ निर्माण गर्ने अड्डा।
30374 छेम ना. १. सुख; सयल; आनन्द।
30375 छेम ना. २. कल्याण; मङ्गल।
30376 छेमकुशल ना. सुख-आनन्द; कुशलमङ्गल; निकानन्द; सन्चो-सुबिस्ता; भलाकुसारी।
30377 छेर्नु अ.क्रि. १. अपच भएर वा कुनै बिरामीका कारणले पातलो दिसा लाग्नु; तरल दिसा हुनु।
30378 छेर्नु अ.क्रि. २. डराउनु; दुरदुहाई हुनु।
30379 छेर्नु अ.क्रि. ३. कसैको मालधन पहिले लिएर पचाउन नसकी फिर्ता गर्नु;पचाउन कोसिस गरे पनि नसक्नु; फिर्ता गर्नु।
30380 छेर्नु अ.क्रि. ४. काबु हुनु; विवश हुनु; लुरुक्क पर्नु।
30381 छेर ना. पेटको कुनै रोग आदिका कारणले पातलो भएको दिसा; पखाला।
30382 छेरपटी ना. १. छेराउटी; पखाला।
30383 छेरपटी ना. २. हैजा; उपरतली।
30384 छेरभालु वि. १. कुनै भयानक वस्तु वा घटनादेखि त्रस्त भएको; डरले आत्तिएको; काबु भएको।
30385 छेरभालु वि. २. कायल भएको।
30386 छेरा ना. चौँरीगाईको पुच्छरका रौँबाट बुनेको राडी;चमरका भुत्लाबाट तयार गरिएको लम्पट; लिउ; लेउ।
30387 छेराइ ना. छेर्ने किसिम, क्रिया वा भाव।
30388 छेराइनु क.क्रि. छेर्न लाइनु; छेर्ने पारिनु।
30389 छेराउटी ना. १. पेटका कुनै गडबडीले लगातार पातलो दिसा लाग्ने रोग; हैजा; पखाला; छेरौटी।
30390 छेराउटी ना. २. गोठालाले गाईबस्तुलाई वा गाली गर्नेले गाली खानेलाई भन्ने शब्द।
30391 छेराउनु स.क्रि. / प्रे. क्रि. १. डरमा पार्नु; काबुमा ल्याउनु; वश गर्नु।
30392 छेराउनु स.क्रि. / प्रे. क्रि. २. पचाउन खोजेको धनसम्पत्ति फिर्ता गर्न लाउनु।
30393 छेराउनु स.क्रि. / प्रे. क्रि. ३. छेर्न लाउनु; पातलो दिसा गराउनु।
30394 छेरिनु क.क्रि. १. छेर्ने काम गरिनु।
30395 छेरिनु क.क्रि. २. पातलो दिसा गरिनु; पखाला झैँ दिसा गरिनु।
30396 छेरुन्जेल क्रि.वि. १. अपच हुने गरी।
30397 छेरुन्जेल क्रि.वि. २. भयभीत हुन्जेल।
30398 छेरुवा वि. १. छेरेको छऱ्यै गर्ने; धेरैपल्ट छेर्ने।
30399 छेरुवा वि. २. पेटको रोगी; छेर्ने रोग भएको।
30400 छेरुवा वि. ३. त्रस्त; डरछेरुवा; हुतिहारा; आँट नभएको।